ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

संस्कृति प्रदर्शनमा होड

बसाइँसराइँ गरी तराइ झरेकाहरू सम्पर्क समाजहरूले पछिल्लो समय लोपोन्मुख संस्कृति प्रदर्शन गर्न थालेका छन । बाग्लुङको सोरठी, अर्घाखाँचीको भैरव नाच, सराय नाँचहरू वर्षेनी बुटवलमै पनि देख्न पाइन्छ ।
२६ कार्तिक २०८०, आईतवार
२६ कार्तिक २०८०, आईतवार

बुटवल, २६ कार्तिक ।  देबिनगरमा शुक्रबार राति सोरठी नाच प्रर्दशन भयो । पछिल्लोसमय विभिन्न कार्यक्रममा बाल कलाकारहरूले प्रदर्शन गर्ने सोरठी नाच भन्दा यो भिन्न र आकर्षक थियो । बाटामा हिँडेका बटुवाहरू रोकिएर नाच हेरिरहेका थिए । सेतो पटुका, फरियासहित थोगे फूलका मालाको पहिरनमा कलाकारहरू सजिएका थिए । कोही लोक बाजाहरू मादल, कोही खैचडी बजाउँदै र कोही गाउँदै आफ्नै तालमा नाचे । लयबद्घ तरिकाले सिता, राम, गोपिनीहरूको कथालाई विभिन्न तालमा प्रदर्शन गरे । झुमरा, ठुली, मारुनि नाच्दा धेरैले दर्शकहरू आनन्दित भए ।

बाग्लुङ जिल्लाको दगाटुन्डाडामा नाचिने सांस्कृतिक सोरठीले धेरैको मन जित्यो । त्यहाँ रहेका नयाँ युवा पुस्तासँगै पहाडबाट बसाइँसराइँ धेरैले एकआपसमा आफ्नो गाउँठाउँको झल्को मिलेको अनुभूति साटासाट गरे । दगा टुन्डाडा—रूपन्देही सम्पर्क समाजको आयोजनामा बाग्लुङकै कलाकारहरू ल्याएर रूपन्देहीमा शुक्रबारदेखि ३ दिनसम्म सो नाच प्रदर्शन गरेको हो । पहाडमा चाडपर्वमा देखाउने लोपोन्मुख संस्कृतिलाई बचाउन अभियान थालेको समाजका सल्लाहकार बेल बहादुर सलामीले बताए । बाग्लुङका ८२ वर्षिय दुर्गा बहादुर भुजेलको नेतृत्वमा १४ जना कलाकारहरूले नाच देखाएका छन । अग्रजहरूले देखाउँदै आएको नाचलाई बडिगाउका कलाकारबाट प्रदर्शन गरिएको छ । उनी यो नाचमा अहिले परिपक्क कलाकार भएको उनले बताए । यो पुस्ताको कलालाई नयाँ पुस्तामा पुस्तान्तरण अबको अभियान भएको उनले बताए । पहाडी भेगमा नाचिने विभिन्न लोकसंस्कृतिहरू जर्गेनाका लागि नयाँ युवाहरूलाई समेत समावेश गरेर सिकाउन थालिएको उनी बताउँछन । बि.सं. २०७९ मा स्थापना भएको समाजमा १ सय ४६ जना घरधुरी सदस्यहरू छन ।

तिलोत्तमा नगरपालिकामा कार्यालय सामाजिक कार्यहरूमा अग्रसर रहेका छन । कलासंस्कृति जगेर्नामात्र नभई सामाजिक काममा समेत यो समाज लागेको छ । अहिले यो ३ दिने नाचबाट संकलन भएको आर्थिक सहयोगबाट तिलोत्तममा बनबाटिकामा जेष्ठ नागरिक केन्द्र तथा वृद्धाश्रम बनाउने लक्ष्य रहेको समाजका कोषाध्यक्ष बेल बहादुर थापाले बताए । सामाजिक कार्यमा सहयोगको लागि भैलेनी खेलाएको उनले बताए । एकातर्फ लोकसंस्कृति संरक्षण र अर्कोतिर सामाजिक हित हुने गरि कार्यक्रम गरेको उनले बताए । पहिलो देविनगरस्थित एमाले चोकमा देखाइएको नाच शनिबार गजेडीबाट रानीबगिया सेरोफेरो र आईतबार सखुवानीबाट बुटवलसम्मको सेरोफेरोमा देखाउने तयारी रहेको उनले बताए ।

शुक्रबार नै राजमार्ग चौराहमा भैरवा नाच प्रदर्शन गरिएको छ । श्री नेवा सेवा समितिको आयोजनामा अर्घाखाँची जिल्लामा देखाईने आएको धार्मिक, ऐतिहासिक, सांस्कृतिक नाचलाई प्रचारप्रसार र जगेर्ना गर्ने लक्ष्यसहित बुटवलमा प्रदर्शन गरिएको समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले बताए । कम्तीमा ६ र बढीमा १२ वर्षमा यो नृत्य देखाउने परम्परा रहेको भन्दै बुटवलमा विभिन्न संघसंस्थाहरूको सहयोगमा ठाउँठाउँमा नाच देखाउँदै आएको उनले बताए ।

भैरव नाचका संयोजक तथा नेवा समाज अर्घाखाँची–रूपन्देहीका अध्यक्ष बाबुराम श्रेष्ठले देशमा रहेका सबै जातजाती, धर्मसंस्कृतिको आफ्नै महत्व रहेको भन्दै यी कलासंस्कृतिलाई जगेर्ना गर्दै पर्यटनसँग यसलाई जोड्ने गरि लाग्नुपर्ने बताए । विश्व सम्पदा सुचिमा सुचिकृत गर्ने गरि आवश्यक पहल भैरहेको उनले बताए । शिवपुराणमा उल्लेख भएको पौराणिक नाचका रूपमा यो रहेको उनी बताउछन । राक्षसहरू सधै मानव जातीको हित बिपरित लाग्ने गर्ने गरेको कथा पाउछौ । यसैबीच पोखरीमा विष हालेको खबरले महादेवले चालपाई त्यो विष सेवन गरि निलकण्ठ भएको र मानव जातीलाई बचाएको कथा रहेको छ ।

वाणासुरलाई मार्न महादेव कालभैरवको रूपमा महादेव र सहायक रक्त भैरव, स्वत भैरवको रूपमा गणेशले लिएको मानिन्छ । यसैक्रममा दंकिनीबाट प्रेमजालमा लिएर वाणासुरलाई मार्न सफल भएको किंवदन्ती रहेको उनले बताए । रोगब्याधी अन्त्य गरि शान्तिको कामना गरि यो नृत्य प्रदर्शन गर्ने प्रचलन रहेको उनले बताए । संस्थागत रूपमा लाखे, बाघ र भैरव नाचजस्ता विशेष महत्वका नाचहरू संरक्षणको अभियान चलाउदै आएको उनले बताए । यस नाचका नर्तकलाई भगवानको प्रतिकका रूपमा पूजा गरिन्छ ।

समाजसेवी नवराज श्रेष्ठ भाषा, संस्कृति र रहनसहजबाट मानिसको पहिचान मिल्ने बताए । पर्यटकिय सम्भावना बोकेको रूपन्देहीमा हाम्रो धर्म, संस्कृतिको संरक्षण र पर्यटनको पाटोको रूपमा विकास गर्न सकिने बताए । समितिका सहसचिव लक्ष्मण श्रेष्ठले भैरवको मन्दिर निर्माण गर्ने पवित्र लक्ष्यका साथ एक महिने कार्यक्रम गरिएको बताए । दशै सकिएलगत्तै देविनगर, जितगढी र होटल पौवामा समेत सराय नाच देखाइएको थियो । पछिल्लोसमय परम्परा, संस्कृतिलाई ब्यवसायिक रूपमा लिँदा यो थप आकर्षण र परिमार्जन भएको छ ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission