© २०२३
प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुल बहादुर केसीले प्रदेश सरकारको नारा समृद्धि प्रदेश सुखी जनताको नारालाई सार्थक बनाउन लागि परेको बताएका छन् ।
चालु आर्थिक बर्षको चौमासिकमा प्रदेशले सबै कानुन निर्माण गरिसकी जनतालाई विकासको महत्पूर्ण घडीमा लैजाने समेत बताए । उनले ५ बर्षमा प्रदेश ५ मा जनताले सुखिको अनुभुत गर्ने गरीको विकास योको मोडल सरकराले अगाडी बढाएको उनले बताएका छन् ।
लुम्बिनी टेलिभिजनको १२ औ स्थापना दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले छिट्टै नै प्रदेश सरकराले आम सञ्चार नीति र कानुन ल्याउने तयारी गरेको समेत जानकारी दिए ।
नेपाली कांगे्रस प्रदेश नम्बर पांचका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले निडर भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह गरे । उनले स्थानीय, प्रदेश र संघीय सरकारले गरेका गलत कामको सञ्चारकर्मीहरुले कलम नचलाए सरकारहरु निरंकुश हुन सक्ने बताए ।
प्रदेशसभा सांसद तथा लुम्बिनी टेलिभिजनका पूर्व अध्यक्ष विष्णु पन्थीले सूचना प्रविधिको विकाससंगै सञ्चारको भूमिका बढेकाले जनतालाई सचेत गराउन सञ्चारकर्मी र मिडियाहाउसहरु जिम्मेवार बन्नुपर्ने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले यहांका स्थानीय मिडियाहरु स्थानीयm सरकारका सञ्चार मन्त्रालयहरु भएको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले समाचारको गहिराईमा पुगेर सत्थतथ्य समाचार सम्पे्रष गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले गणतन्त्र स्थापना गर्न र समाजलाई सचेत गराउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए ।पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जीसीले सञ्चार क्षेत्रको विकाससंगै नयांनयां चुनौती अवसरहरु रहेकाले अवसरालाई आत्मसाथ गरेर अगाडी बढ्नु पर्ने बताए ।