ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

पर्यटकीय स्थल घुम्दै, रम्दै बिदाको सदुपयोग

कतिपय ओझेलमा परेका पर्यटकीय, धार्मिकस्थलको पहिचान, प्रचारप्रसार गर्ने राम्रो अवसर चाडपर्वको बिदा भएको हुँदा पर्यटन प्याकेजसहितको योजना बनाउनुपर्ने देखिन्छ । नेपालमा पर्यटन प्रवद्र्धनको कारण एक ठाउँको स्थलका पर्यटकलाई अर्को स्थानमा रमौ, घुमौ भन्ने भावना विकास गर्न सफल भए पनि आफ्नो ठाउको उत्पादन पर्यटनलाई चिनाउन सक्ने र सोचेजस्तो आर्थिक विकास गर्न सकिएको छैन । पर्यटकहरुलाई खर्च गराउने गरी पर्यटन उत्पादन तयार गर्नुपर्ने पर्यटन विज्ञहरुको सुझाव छ ।
१३ कार्तिक २०८०, सोमबार
१३ कार्तिक २०८०, सोमबार

बुटवल, १३ कात्तिक ।

बुटवल चिडियाखोलाका पाँच जना युवाहरु दसैको टिका सकेसंगै भोलिपल्ट घुम्न हिंडे । ढोरपाटन लक्ष्य लिएका उनीहरु पाल्पा रानीमहल हुँदै घुमे । प्रत्येक वर्षजस्तो उनीहरुको समूह पर्यटकीय स्थलको भ्रमण गर्ने गर्छन् । स्थानीय गोपाल प्रधानको नेतृत्वमा अमित क्षेत्री, गोपाल कुमार प्रधान, अर्जुन आचार्य, रमेश कुमार सारु, कृष्ण केसरी आन्तरिक पर्यटन प्रवद्र्धन गर्न हिंड्दा यसअघिको यात्रामा हिड्ने बुद्धिराम राना मगर भने छुटे । ‘हाम्रो अहिले ३ दिने भ्रमण हो’—यात्रा टोलीका अमितले भने । पहिलो दिन बुटवलबाट रानीमहल हँुदै रिडि, बुर्तिबाङ ढोरपाटन पुगे ।

यसैगरी बाग्लुङ, कुश्मा, पोखरा हुँदै बुटवल फर्किएर यात्रा सकियो । कात्तिक १० गते शुरु भएको यात्रा १२ गते घर फर्किएर सकिएको छ । यही टिम गतवर्ष खोटङको हलेसी महादेव, ताप्लेजुङको पाथीभरा माता दर्शनको ७ दिने भ्रमण गरेको थियो । टिम आफ्नै दुई पाग्रे सवारी साधन लिएर घुम्न रुचाउँछन् । यात्राको क्रममा धेरै अविस्मरणीय क्षणहरु भोगेको गोपाल प्रधान बताउँछन् । कतिपय पर्यटकीय स्थानहरुमा न्युनतम आवश्यकताका कुरा भेट्न समेत कठिन हँुदा पर्यटक रमाउन नसकेको दुखेसो गर्छन् । आधारभुत आवश्यकता पुग्ने ब्यवस्था सरकारले गरे नेपालको पर्यटनबाट स्थानीय र समग्र आर्थिक सबल हुनसक्ने सम्भावना रहेको उनको दाबी छ । देशभित्रका अधिकांश पर्यटकीय स्थानमा मोटरसाईकल पुग्नेसम्मको बाटाघाटा, पिउने पानी, बासस्थानको ब्यवस्था हुनुपर्ने उनको तर्क छ । सुखदुख गरेर यात्रा रमाइलो बितेको उनी बताउँछन् ।

नेपालकै उत्कृष्ट गन्त्ब्य स्थलका रुपमा ढोरपाटन परिचित छ । ढोरपाटन शिकार आरक्षण बाह्य पर्यटकको रोजाईमा पर्ने गर्दछ । ढोरपाटनमा ३ हजार ९ सय मिटरको उचाईमा रहेको दह खर्क एउटा महत्वपूर्ण हाईकिङको रोजाईमा पर्छ । योगीकुटीका भुमी सापकोटा र गुरुदत्त पौडेलको ९ जना सदस्यहरु भएर यस वर्ष दशै बिदा ढोरपाटन मनाए । समुन्द्री सतहबाट २ हजार ८ सय ९५ मिटर उचाईको पाखाथर पुगे । तराईको गर्मी छलेर उनीहरु हिउँ खेल्न पुग्दा छुट्टै आनन्द आएको बताउँछन् । कात्तिक ९ गते हिडेका उनीहरु पहिलो दिन नै बुटवलबाट बुर्तिबाङ हुँदै ढोरपाटन पुगे । ‘बुर्तिबाङबाट ढोरपाटनसम्मको ३५ किलोमिटरको यात्रा अलि कठिन छ’—उनले भने ।

दोस्रो दिन बिहानैबाट हिडाई शुरु भयो । हातमा लाठी लिएर हिडेका उनीहरु ३ हजार १ सय मिटरको उचाईसम्म सजिलै पुगे । त्यसभन्दा अगाडीिबढ्न कठिन भएपछि त्यस क्षेत्रमा रहेको पुरातात्विक मन्दिर, म्युजिमहरु घुम्ने, फराकिलो फाट, घोडचरी गरी दिन बिताए । युवा उमेरका छोराहरु भने अझ अगाडि बढे । १५ वर्षका सम्राट सापकोटासहित शैलेस पौडेल, सुस्मिता पौडेल भने दह खर्कसम्म पुगे । नेपाल चिनाउन यात्रा फलदायी भएको उनी बताउँछन् । आन्तरिक पर्यटनमा हिड्ने, घुम्ने थलो धेरै भएपनि बाटोको समस्या रहेको उनी बताउँछन् । यहाँबाट धवलागिरीसहित अन्नपुर्ण हिमालहरु देखिने हँुदा पनि घुमाई रोमान्चल भएको उनी बताउँछन् । तराईको गर्मीबाट एक्कासी चिसो ठाउँमा पुग्दा अर्कै आनन्द भएको उनले बताए । ‘रमाउन विदेश जान पर्दैन’—उनले भने । गाउँले परिवेशमा बस्ने र खानका लागि राम्रै ब्यवस्था हुँदा पनि सजिलो भएको उनले बताए । यसअघि अन्नपूर्ण बेसक्याम्प घुमेका उनी यो नया गन्त्ब्यमा घुम्दा फरक अनुभव भएको बताउँछन् ।

यता, बुटवल र भैरहवाका केही युवाहरु भने आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित शनिबार एक दिने बुटवलदेखि पाल्पाको साईकल यात्रा गरे । बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठको नेतृत्वमा ९ जना साइक्लिस्टहरु पाल्पा दोभानमा रहेको मिनी रानीमहल पुगेका हुन् । लुम्बिनी प्रदेशका धेरै पर्यटकीय स्थलको पहिचान, प्रचारप्रसार गर्न सके यसले आर्थिक समृद्धि हुने श्रेष्ठको दाबी छ । नेपालका धेरै साहसिक पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्न सकिने उनी बताउँछन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) का लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बिदामा घुम्ने रमाउने बानीको विकास हँुदै गएको बताउँछिन् । वर्षभरि कामको बोझमा रहेकाहरु घुम्दा ब्यक्तिगत रुपमा मानसिक स्वास्थ्य ठिक हुने र काममा फर्कदा सफलता मिल्ने उनी बताउँछिन् । नयाँ पुस्तालाई बिदाको सुदपयोग गर्दै देशभित्रका पर्यटकीय स्थलहरु चिन्ने रमाउने वातावरण सृजनासमेत भएको छ जसले आन्तरिक पर्यटक बढ्ने र आर्थिक समृद्धिमा सफलता मिल्ने उनको दाबी छ ।

‘नेपालमा आन्तरिक पर्यटकहरु बढ्दा आर्थिक रुपमा चलायमान हुन्छ’—उनले भनिन् । नेपालमा पर्यटन प्रवद्र्धनको कारण एक ठाउँको स्थलका पर्यटकलाई अर्को स्थानमा रमौ, घुमौ भन्ने भावना विकास गर्न सफल भए पनि आफ्नो ठाउँको उत्पादन पर्यटनलाई चिनाउन सक्ने र सोचेजस्तो आर्थिक विकास गर्न नसकिएको उनले दुःखेसो गरिन् । पर्यटकहरुलाई खर्च गराउने गरी पर्यटन उत्पादन तयार गर्नुपर्ने उनको सुझाव छ । हजारौ पर्यटकहरु बुटवल आउँदा यहाँका के उत्पादन बिक्री भए भन्ने त्यो कुरा ओझेलमा रहेको उनी बताउँछन् । समयसापेक्ष अब पर्यटकको चाहना अनुसार उत्पादन गर्न र पहिचान दिन जरुरी रहेको उनले बताईन् ।

दसैँ बिदाको बेला देशका धेरै पर्यटकीय स्थलमा चहलपहल बढेको छ । दसैँसँगै धेरैजना घुम्न निस्किएका छन् । धेरै स्कुल, क्याम्पस तिहारसम्म बिदा हुने भएकाले यो बेला घुम्न निस्कनेमा विद्यार्थी र शिक्षकको सख्या बढी छ । अधिकांश पर्यटकीय स्थलहरुमा पर्यटकको घुइँचो लागेको छ ।

बुद्धजन्मस्थल लुम्बिनी, धार्मिक पर्यटकीय स्थल मुस्ताङ, ‘पहाडकी रानी’ उपनामले परिचित पर्यटकीय क्षेत्र बन्दीपुर, ताप्लेजुङको कञ्चनजङ्घा, चितवनको सौराहा, कास्कीमा रहेको विश्व प्रख्यात मर्दी पदयात्रा, अन्नपूर्ण आधार शिविरको पदमार्गमा अहिले आन्तरिक पर्यटकको लर्कोे लागेको छ । पदमार्गको अन्तिम गन्तव्य अन्नपूर्ण आधार शिविरका साथै पदमार्गका पर्यटन बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?