ट्रेंडिंग:

>> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा

न्यायिक समितिमा मुद्दाको चाङ

२० श्रावण २०७५, आईतवार
२० श्रावण २०७५, आईतवार

संविधानको धारा २१७ बमोजिम न्यायिक समितिमार्फत अधिकार प्रत्यायोजन गरेपछि यतिबेला स्थानीय तहहरुमा मुद्धाका चाङ लागेका छन् । स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ८ मा न्यायिक कार्य सम्बन्धी व्यवस्थानुसार दफा ४७ मा विवाद निरुपणको अधिकार न्यायिक समितिलाई दिएपछि स्थानीय निकायमा मुद्धाका चाङ बढेका हुन् । दफा ४७ को उपदफा १ मा १३ प्रकारका मुद्धामा न्यायिक समितिलाई निरुपण गर्ने अधिकार दिएको छ ।
शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुका अनुसार यी मुद्धामा मेलमिलाप गराउने कोशिस गरिन्छ । मेलमिलाप हुन नसकेमा फैसला गर्ने अधिकार प्रत्यायोजन गरेको उपप्रमुख थारुले बताइन् । उपदफा १ अनुसार शिवराज नगरपालिकामा एक आर्थिक वर्षमा २५ मुद्धा दर्ता भएको उनले जानकारी दिएकी छन् । जसमा १२ मुद्धामा मेलमिलाप भएको उनले जनाइन् । दुई वटा मुद्धा भने मेलमिलाप केन्द्रमा पठाइएको उनको भनाई छ । अन्य बाँकी मुद्धा प्रक्रियामा रहेको उपप्रमुख थारुले बताइन् ।
त्यसैगरी स्थानीय सरकार संचालन ऐन २०७४, परिच्छेद ८, धारा ४७ को उपधारा २ मा ११ प्रकारका विवादमा मेलमिलापको माध्यमबाट मात्र विवाद निरुपण गर्ने अधिकार दिएको छ । उपधारा २ अनुसार न्यायिक समितिमा ४८ मुद्धा दर्ता भएको न्यायिक समिति संयोजक एवं उपप्रमुख थारुले बताएकी छन् । उपदफा २ बमोजिम दर्ता भएका कूल मुद्धामध्ये २३ मुद्धा फछ्र्यौट भइसकेको थारुले बताइन् । यस अन्तर्गत दर्ता भएका मुद्धामध्ये ७ ओटा मुद्धा मेलमिलाप केन्द्रमा पठाइएको थारुको भनाई छ । यस प्रकारका मुद्धा मेलमिलाप हुन नसकेमा न्यायिक समितिलाई फैसला गर्ने अधिकार नरहेको उनले बताइन् ।
उपप्रमुख थारुका अनुसार दफा ४७ उपदफा १र २ अनुसार न्यायिक समितिमा आर्थिक वर्ष २०७४।०७५ मा कूल ७३ ओटा मुद्धा दर्ता भएका छन् । जसमध्ये आर्थिक वर्षको असारसम्म कूल ३५ मुद्धामा मेलमिलाप भइसकेका छन् । कूल दर्ता मुद्धामध्ये १० मुद्धा मेलमिलाप केन्द्रमा पठाइएको न्यायिक समिति संयोजक थारुको भनाई छ । न्यायिक समितिमासाँध मिचेको मुद्धा सबैभन्दा बढी आउने गरेको संयोजक थारुले बताएकी छन् । यस्तै झै झगडा, गाली गलौज, लेनदेन, महिला हिंसा, पुरुष पीडित, महिला पीडित जस्ता मुद्धा आउने गरेको उनले जनाइन् । यस बाहेक निवेदनको भरमा ९ ओटा मुद्धा स्थलगत रुपमै मिलापत्र गराएको उनले जनाएकी छन् । दफा ४७, उपदफा १ र २ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने क्षेत्राधिकारका विषयवस्तु बाहेक अन्य मुद्धालाई दर्ता गरिएको छैन – न्यायिक समिति संयोजक थारुले भनिन् ।
समितिमा परेको मुद्धा बादी प्रतिबादीबीच छलफलको माध्यमबाट मिलापत्र गराइने गरिएको उपप्रमुख शिवकुमारी थारुले बताइन् । विवाद र हिंसाबाट न्याय पाउन नसकेका तथा कानुनी प्रक्रियामा खर्चिलो र झन्झटिलो भएपछि स्थानीयहरु न्यायका लागि न्यायिक समितिमा आउने गरेका छन् ।
स्थानीय निकायमा मुद्धा दर्ता र मिलापत्र हुने भएपछि स्थानीयहरुलाई पनि केही सहज भएको जानकारहरु बताउँछन् । सामान्य विवादलाई पनि प्रहरीकहाँ जाँदा बढी झन्झटिलो भएपछि न्यायिक समितिमै उजुरी गर्नेहरुको सख्या बढेको हो । स्थानीय निकायको न्यायिक समितिले सिधै निर्णय गर्ने हँुदा सहज भएको स्थानीयको वुझाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission