ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

‘सामुदायबाट वन कुनै पनि हालतमा खोसिदैन’–मन्त्री गिरी

१९ श्रावण २०७५, शनिबार
१९ श्रावण २०७५, शनिबार

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नम्बर ५ को बुटवलमो प्रथम अधिवेसन सुरु भएको छ । अभिवेसनको शुक्रवार प्रदेश ५ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे । कार्यक्रममा बोलदै मन्त्री नेपालमा वन को विकासको लागि सामुदायले महत्पूर्ण योगदान दिएको भन्दै समुदायबाट कुनै पनि हालतमा वन फिर्ता नहुने बताएका थिए । उनले कार्यक्रममा बोल्दै भने–‘सामुदायबाट वन खोसिन्छकी भन्ने कुनै पनि भ्रममा नपर्नको लागि म सबै संग आग्रह गर्दछु ।’ नेपालमा समुदायमा वन हस्तान्तरण भएपछि विश्वलाई नै नमुनाको रुपमा देखाउने गरी नमुना वन संरक्षण भएको बताउदै मन्त्री गरीले वन संरक्षणमा समुदायको हात सबै भन्दा ठुलो रहेको धाराणा राखे । वन संरक्षणको दायित्व सबैको भएको भन्दै मन्त्री गिरीले सबैको साझा पहलबाट मात्रै वन संरक्षण हुने बताएका थिए । उनले सरकार एक्लैले वन, बनपैदवार र वन्य जन्तुको संरक्षण गर्न नसक्ने भन्दै उनले समुदायीक वनले समुदायमा रहेका उपभोक्ताहरुको जीवनस्तर समेत माथि उठाउन सहयोग गरेको धारणा राखेका थिए ।
‘तीन वटै सरकार उत्तीकै महत्वका छन, कसैले कसैमाथि शासन गर्ने होइन, उनले भने–‘कानुन निर्माणमा पनि यो दृष्टिकोण आवश्यक छ ।’ संघले प्रदेश, प्रदेशले स्थानीय तहमाथि शासन गर्ने भन्ने बुझाई गलत रहेको भन्दै उनले कानुन निर्माणमा सही नीति अवलम्बन गर्न संघीय सरकारलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष गणेशबहादुर कार्कीलेस्थानीय तहमा बन इकाई गठन गरी सामुदायिक र अन्य बन व्यवस्थापनको काम हुनुपर्ने माग गरे । बन र विकास परस्पर बिरोृधी हुन नहुने भन्दै उनले समुदायको विकासमा सामुदायिक बनले महत्वपूर्ण काम गरेको बताए ।
बनलाई डिभिजन वा निर्देशनालयका रुपमा राख्नै नहुने भन्दै उनले त्यसो गरिए आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘बनको पुरानै संरचनालाई जिबित राख्ने प्रयत्न भएका छन्, यो गम्भिर कुरा हो, उनले भने,–‘बनमा पनि गणतन्त्र र संघीयताको अनुभूति हुनुपर्छ ।
बनलाई संबिधानभन्दा बाहिरबाट व्यवस्थापन गर्न खोजिएको भन्दै त्यसो गरिए नेपालको बन एक दशकमै सकिने महासंघले चेतावनी दिएको छ । बनको दिगो व्यवस्थापनका लागि हाल भइरहेको बैज्ञानिक बन व्यवस्थापन सामुदायिक बन नीति अनुरुप आएको महासंले जनाएको छ । बैज्ञानिक बन व्यवस्थापनका नाममा जंगल मास्ने र अनियमितता गर्ने काम भइरहेको आरोप छ ।
बन उपभोक्ता महासंघले प्रादेशिक संरचना तयार गर्दै २२ हजार समूहलाई सरकारले ल्याउन थालेको डिभिजन सम्बन्धी नीति विरुद्ध आन्दोलनमा उतार्ने चेतावनी दिएको छ । प्रदेश नम्बर २ र ३ पछि प्रदेश नम्बर ५ मा अधिवेशन गरिएको हो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा तुल्सीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे, प्रदेश ३ का अध्यक्ष बिनोद सापकोटा, प्रदेश २ का अध्यक्ष शोम शर्मा, महासंघका केन्द्रीय सल्लाहकार अप्सरा चापागाई, उपाध्यक्ष भीम प्रकाश खड्का, महासचिव भारती पाठक, सचिवालय सदस्य बसन्ती अधिकारी, ठाकुर भण्डारी लगायतले बोल्दै बन जोगाउने जिम्मा समुदायमा छाड्न आग्रह गरे ।
बुटवलमा भएको प्रदेश ५ को अधिवेशनले नया नेतृत्व चयन गर्नेछ । प्रदेश ५ मा ३ हजार नौ सय ८९ सामुदायिक बन छन् । ती बनबाट करिव ६ सय ७० प्रतिनिधि अधिवेशनमा सहभागि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?