© २०२३
नवलपरासी केही बर्ष मै औद्योगिक हब बन्ने उद्योग बाणिज्य महासंघका प्रदेश नं.५ का संयोजक गुणनिधी तिवारीले बताएका छन् । उद्योगपतिहरुले लगानी गर्ने जिल्ला मध्ये पहिलो रोजाई नवलपरासी हुने हुदा दुई चार बर्ष भित्र औद्योगिक हब बन्ने उनले दाबी गरेका हुन् । दुई बर्ष भित्र जिल्लामा २७ वटा ठूलो उद्योग थपिएको जानकारी गराउदै उनले यो बर्ष पनि दर्जनौ उद्योग आउने पाईपलाईनमा रहेको जनाए । आर्थिक बर्ष २०७३÷०७४ मा १४ वटा उद्योग थपियो, उनले भने,गएको आर्थिक बर्ष २०७४÷०७५ मा १३ वटा ठूला लगानीका उद्योग थपिएका छन् । तिवारीका अनुसार ति बर्षमा क्रमशः १३ वटा उद्योग खुल्दा १ अर्ब ७८ करोड ७० लाख र १४ वटा उद्योग खुल्दा ९ अर्ब १० करोड ६८ लाख लगानी गरेका छन् । चालु आर्थिक बर्षमा पनि अर्बाैको लागनी थपिने उनको भनाई थियो । औद्योगिक लागनी नवलपरासीमा आकर्षित भएको जनाउदै उनले जिल्लामा उद्योग थपिए पछि यसले रोजगारीलाई बढावा दिइने र आर्थिक कारोबार बढने उनले दाबी गरे ।
अहिले सरकारले महेशपुर भन्सारलाई मुल भन्सारको रुपमा सञ्चालन गर्ने निर्णय गरे पछि औद्योगिक लगानीकर्ता झन उत्साही भएका छन्, संयोजक तिवारीले थपे, भैरहवा भन्सारले मात्रै उद्योगका लागि आवश्यक कच्चा पदार्थ,उपकरण लगायतका मालबस्तु ढुवानी गर्दा महिनौ सुनौली नाकामा आएर थन्किने गरेको जस्ता समस्या देखिएको छ । महेशपुर भन्सारले भारत कलकत्ता बन्दरगाह देखी सबै भन्दा नजिकको नाका हुने हुदा पनि उद्योगमा लगानीकर्ताको आकर्षण बढेको तर्क उनले प्रस्तुत गरे । सुनौली नाका भन्दा महेशपुर नाका धेरै प्रभावकारी हुने जनाउदै संयोजक तिवारीले महेशपुर नाकाबाट नेपालमा प्रवेश गरे पछि सुनौली जस्तो एउटा मात्र सडक भएको अवस्था नरहेको बताए । महेशपुर नाकाबाट भारतबाट मालबाहक गाडी प्रवेश गरे पछि महेशपुर —त्रिवेणी,महेशपुर —चिसापानी,महेशपुर — भुतहा, महेशपुर — मनरी हुदै बाँसा र महेशपुर — जिल्ला सदरमुकाम परासी हुदै सुनवल जुन सुकै सडक भएर पनि पुर्व पश्चिम राजमार्गसंग जोडिन पुग्ने सडक संजाल भएको हुदा सहज हुनेछ ।
ति सबै सडक वरिपरि औद्योगिक कोरिडोरको रुपमा पनि विकास भएर जाने छ । महेशपुर भन्सारले मात्रै नभई भैरहवा स्थित गौतम बुद्ध अन्तराष्र्टि«य विमान स्थल एक दुई बर्ष भित्र सञ्चालनमा आउने र दुई बर्षसम्म काठमाडौ स्थित त्रिभुवन अन्तराष्र्टि«य विमान स्थल बन्द भएर मर्मत सम्भार हुने हुदा रुपन्देही मात्रै नभई पश्चिममा कपिलबस्तु र पुर्वमा नवलपरासीमा समेत होटल ब्यवसाय,उद्योगधन्दा बढेर जाने उनले जनाए । महासंघले भारत विहार प्रदेशसंग पनि पहल गरेर नवलपरासीसंग जोडिएको बाल्मिकीनगर(भैसालोटन) को गण्डक ब्यारेज भएर सिधा विरगंज जोड्ने पारवहन सम्झौताको प्रस्ताव पनि लैजाने सोचमा रहेको बताए । यसले गर्दा नवलपरासी जिल्ला भारतको उत्तर प्रदेश र विहार प्रदेशसंग सिमा जोडिएको हुदा औद्योगिक हबको रुपमा विकास भएर जाने तिवारीले तर्क प्रस्तुत गरे । अब जिल्लाबासी पनि सकारात्मक भएर सहयोग गर्नु पर्छ, उनले थपे, जिल्लामा रहेको गण्डक जलविद्युत केन्द्रलाई पुर्ण क्षमतामा उत्पादन बढाई विद्युत आपुर्ति ब्यवस्था सरकारले सहज बनाईदिएमा औद्योगिक हब बन्नमा थप बल मिल्ने उनले जनाए ।
१५ मेगावाट क्षमताको विद्युत केन्द्र कम होईन,तिवारीले भने, पुर्ण क्षमताको उत्पादन गरे सिधा उद्योगलाई सप्लाई दिन सकिने र केन्द्र सञ्चालनका लागि सरकारले सम्झौता गरि लागनी पनि लिन चाहने हो,भने महासंघ त्यसका लागि लविगँ गर्न तयार रहेको सुनाए । नवलपरासीमा ठूला लगानीका उद्योगसंगै साना लागनीका उद्योग,घरेलु तथा साना उद्योग र लघु उद्यम पनि तिब्र रुपमा थपिदै गएको नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताए । जिल्लामा उद्योग थपिदै गएको हुदा अब संघले सञ्चालन गर्दै आएको तालिम केन्द्रलाई सक्रिय गराई उद्योगसंग कुन प्रकृतिको कस्तो कामदार आवश्यक छ ? त्यो अनुसारको जनशतिm उत्पादनका लागि शिप सिकाउने र स्थानिय स्तरबाटै उद्योगलाई कामदार आपुर्ति गर्नका लागि पनि पहल गर्ने भण्डारीको भनाई थियो । यसले जिल्लाबासीलाई ठूलो रोजगारीको पनि अवसर मिल्ने अध्यक्ष भण्डारीले जनाए ।