© २०२३
प्रदेश नम्वर ५ को प्रदेश सभाको बैठकमा दुई विधेयक र एक विधेयकसँग सम्बन्धित विषयगत समितिको प्रतिवेदन पेश भएका छन् ।
बिहिबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश अन्र्तगतका स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुबिधा सम्वन्धि ऐन संशोधन गर्न बनेको बिधेयक र प्रदेश अन्र्तगतका गाउ तथा नगर सभाको कानुन निर्माण प्रक्रिया सम्वन्धि ऐन संशोधन गर्न बनेको बिधेयक पेश गरेका हुन् ।
त्यसैगरी बिहिबारकै बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा र अन्य सर्तका सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकसँग सम्वन्धित प्रदेश मामिला तथा कानुन समितिको प्रतिवेदन समितिका जेष्ठ सदस्य भोज प्रसाद श्रेष्ठले पेश गरे ।
प्रतिवेदन पेश गर्नुअघि नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रदेश सभा नियमावलीको नियम ९९,१०७ र ११० निलम्वन सम्वन्धि पेश गरेको प्रस्ताव सभाले पारित गरेको थियो ।
यसअघिका बैठकमा बिशेष समय लिएर बोल्ने नेपाली काग्रसकी सांसद रिना नेपाल बिक र राजपाकी कल्पना पाण्डेले उठाएका प्रश्नको जवाफ दिदै आन्तरीक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले सांसदहरुले एक अर्कालाई आरोप लगाउदा सांसदको गरिमालाई ख्याल गर्नुपर्नेमा जोड दिए ।
बिहिबारकै बैठकमा बिशेषाधिकार समितिमा रहने सदस्यहरुको मनोनयन गर्ने कार्यसुचि रहे पनि सो दलहरु बाट सो समितिमा रहने सदस्यहरुको नामवली प्राप्त नभएको भन्दै सभामुख पुर्ण बहादुर घर्तिले तेस्रो नम्बर कार्यसुचि बाट हटाएका थिए ।
प्रदेश सभाको बिहिबारको बैठक २५ मिनेटमै सकिएको थियो । अर्को बैठक साउन २० गते आइतबार दिउसो १ बजे बस्ने छ ।