© २०२३
प्रदेश नं ५का आन्तरिक मामिला तथा कानून मन्त्री कुल प्रसाद केसीले प्रदेश ५ मा छिट्टै सूचना केन्द्र निर्माण हुने बताएका छन् ।
भदौ महिना सम्म प्रदेश सरकारले टेलिभिजन सञ्चालनको लागि अनुमती प्रदान गर्ने गरी कार्य अगाडी बढाएको बताएका हुन । मिडियाको हवको रुपमा रुपन्देहीलाई विकास गर्नको लागि प्रदेश सकरार लगेको भन्दै पत्रकार महासंघ प्रदेश नम्बर ५ ले अन्य प्रदेशमा भन्दा नमुना काम गर्नको लागि पनि आग्रह गरे ।
सरकार र मिडियाले साझा मिसन बनाएर अघि बढ्नुपर्ने भन्दै उनले समयमा नै आम संचार ऐन निमार्ण गरी मिडियालाई नियमन गरिने बताएका हुन ।
रिपोर्टर्स क्लव प्रदेश नम्वर पाचको कार्यालय बुटवलमा आयोजित साक्षात्कार तथा पत्रकार महासंघ प्रदेश नम्वरका नवनिर्बाचित कार्यसमिति सम्मान कार्यक्रममा बोल्दै केसिले पछिल्लो समय केही मिडियाहरुले अप्रशांगिक विषयहरुलाई बढी स्थान दिएको बताएका हुन ।
‘मिडिया भित्रका समस्याहरुको विषयमा सरकार जानकार रहेको भन्दै मन्त्री केसिले त्यसको दीगो समाधानका लागि पत्रकार महासंघ लगाएतका निकाय संग समन्वय गरिने बताए । मन्त्री केसीले भने–—‘पत्रकारिता आर्कषक क्षेत्रको रुपमा बिकास गर्नुपर्छ सरकारले यहि ढंगले अघि बढेको छ । प्रदेश ५ मा १२ वटा सुचना केन्द्र बनाउने र प्रादेशीक टेलिभिजन बनाउने गरि काम शुरु गरिने समेत बताएका हुन ।
पूर्व सभासद तथा पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष विनोद पहाडीले प्रदेश सरकारबाट पत्रकारहरुका लागि अध्ययन अनुसन्धान केन्द्र निमार्णकालागि उचित बजेट विनियोजन गर्नुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश पाचका अध्यक्ष मौसम रोकाले श्रमजीवि पत्रकार ऐन लागू गर्न गराउन लागि पर्ने बताएका थिए ।