ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

नेपाली काग्रेसको देशभर प्रर्दशन

१६ श्रावण २०७५, बुधबार
१६ श्रावण २०७५, बुधबार

दाङ सरकारको काम कारवाहीप्रति असन्तुष्टि जनाउदै आएको नेपाली काग्रेसले देशभर प्रर्दशन गरेको छ । सरकारको अधिनायकवाद विरुद्धको प्रमुख प्रतिपक्षि कांग्रेसले सडक आन्दोलन सुरु गरेको जनाएको हो ।
दाङ सहित ७७ वटै जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले मंगलवार विरोध गर्दै सरकार बिरुद्ध नाराबाजी गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार नेपाली कांग्रेस दाङले घोराहीमा बिरोध ¥याली निकाल्दै सरकारको विरोध गरेको छ । ¥यालीमा मूल्य बृद्धी फिर्ता गर, संबिधान बिरोधी क्रियाकलाप बन्द गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लगाउदै बजार परिक्रमा गरेका थिए । घोराहीको ट्राफिक चोकबाट सुरुभएको बिरोध ¥यालीले बजारको परिक्रमा गर्दै तुलसीपुर चोकमा पुगेर कोणसभा गर्दै सरकारलाई खबरदारी गरेको छ । नेपाली कांग्रेसका नेता, पूर्ब सांसद तथा जिल्ला स्तरका नेताहरुले सरकार स्वइच्छाचारी ढंगबाट अघि बढ्न खोजेको आरोप लगाएका छन् । साथै नेपाली कांग्रेसले दाङले डा गोविन्द केसीसँग भएको सहमति अक्षरस कार्यान्वयन गर्न दवाव दिने बताएको छ । संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भागवण्डा लगायत विभिन्न १५ बुँदे मागमा सरकारलाई दवाव दिन भन्दै कांग्रेसले बिरोध गरेको जनाएको छ ।
कोणुभालाई सम्बोधन गर्दै नेपाली काग्रेसका युवा नेता योगेन्द्र चौधरीले कसैको ईच्छा पुरा गर्नको लागि आन्दोलन नभएको भन्दै सरकारलाई खबरदारी गर्न सडकमा उत्रिनु परेको बताए । वर्तमान केपी ओली नेतृत्वको समाजबाद छताछुल्ल अबस्थामा पोखिएको टिप्पणी गर्दै उनले आफैले बनाएको सविधान विरुद्ध नीति नियमहरु निर्माण गर्न थालेको बताए । प्रदेश सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले सरकारले जनताको ढाड सेक्ने गरी लगाएको करको दायरा तत्काल फिर्ता गर्न आग्रह गरे ।
‘बरु काग्रेसका सांसदलाई तलव भत्ता चाहिदैन तर जनतालाई मार पर्ने गरी कर लगाउन पाईदैन, यो तुरुन्त फिर्ता गर्नुपर्छ’ चौधरीले भने । कार्यक्रममा काँग्रेसका नेता तथा पुर्व सांसद राजु खनालले लामो परिवर्तन पछि बनेको दुई तिहाईको सरकारले देशमा राहत र परिवर्तनको महसुस गराउने गरी विकास गर्छ भन्ने जनताको अपेक्षामा कुठाराघात गरेको बताए । सरकारले उल्टै दुई तिहाईको दम्भ देखाएर अधिनायकबादी चरित्र देखाउन सुरु गरेको नेता खनालको आरोप छ । ‘अधिनायकबाद एकै पटक आउने हैन, यो विस्तारै आउछ, अहिले सरकारले जे जस्ता क्रियाकलापहरु गरीरहेको छ त्यो अधिनायकबादकै चरित्र हुन’् खनालले भने ।
सभालाई सम्बोधन गर्दै निबर्तमान सांसद सुशिला चौधरीले महिलाहरुको अधिकार खोस्ने, जनतालाई मार पार्ने गरी कर लगाउने, अपराधीलाई छोड्ने र माफियाहरुको संगत गर्ने सरकारबाट समृद्धिको आशा गर्न नसकिने बताईन् । कार्यक्रममा नेता कमलकिशोर घिमिरेले दलाल र माफियाहरुलाई काखी च्यापेर बसेको सरकारले जनताबाट कर अशुल्नमा कुनै कसर बाँकी नराखेको बताए । कार्यक्रममा बोल्ने सहभागीहरुले कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कार देखि दुर्गा प्रसाईको काण्डको जिम्मेवार सरकार रहेको भन्दै आक्रोस ब्यक्त गरेका थिए । कार्यक्रमका नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले सरकारले आफ्ना कदमहरु नसच्याए कडा आन्दोलन गर्न बाध्य हुने बताएका छन्

पाल्पाः
नेपाली काग्रेसका जिल्ला सभापती तथा प्रदेश सभा सदस्य वीर वहादुर रानाले वर्तमान सरकार संविधान अनुरुप सञ्चालन नभएको बताएका छन् ।
सभापती रानाले नेपाल कम्यूष्टि पार्टिको वहुमतको सरकार शक्ती पृठकीकरण विरुद्ध सञ्चालन भएको वताउदै नेपाली जनताले खेफ्न नसक्ने वृद्धि दैनिक उपभोग्य वस्तुमा मूल्य र राजश्व वृद्धिको वाहानामा कर बढाएको आरोप लगाए । सरकारले नै ठूला ठूला तस्करी र भष्ट्राचारी लाई प्रश्रय दिएको र आम जनतालाई सुरक्षाको प्रत्याभूत नगराएका कारण सरकारको लोकप्रियता घट्दै गएकोले प्रतिपक्षले होइन? अब जनताले नै सरकारलाई सडकमा ल्याउने सभापती रानाले बताए ।
नेपाली कांग्रेस द्धारा मंगलबार आयोजीत विरोध सभालाई सम्वोधन गर्दै पार्टीका पूर्व केन्द्रिय सदस्य राजन प्रसाद पन्तले वर्तमान सरकारको आलोचना गर्र्दैै , सरकारको नेतृत्व गर्ने दल नै माफिया र तस्करको जालोमा फसेको बताउदै सरकारका मन्त्री प्रधानमन्त्री नै हवादारी राम र व्यवहारमा लागेको बताए ।
तानसेनको पार्टि कार्यालय बाट निस्कीएको पार्टिका नेता तथा कार्यकर्ता सहितको जुलुस आन्दोलन चोकमा पुगेर सभामा परिणत भएको थियो । विरोध सभालाई पार्टिका जिल्ला सचिव अजयमान कर्मचार्य, पूर्व जिल्ला सचिव माधव नेपाल महिला संघको सभापती गंगा पौडेल, नविसंघका केन्द्रिय सदस्य हरिवोल भट्टराई , तरुणदल का सभापती मेनर सि के.सी लगायतका वक्ताहरुले सरकारको आलोचना गरेका थिए ।

गुल्मीः– नेपाली काँग्रेसका केन्द्रिय सदश्य एवं युवा नेता गुरु घिमिरेले कम्यूनिष्ट विचार मानव सभ्यताको कलंक भएको आरोप लगाएका छन् । कम्यूनिष्टहरुले कहिल्यै पनि जनतालाई अधिकार सम्पन्न गराउने काम गर्दैनन् र उनीहरुले शासन संचालनका क्रममा जनतालाई सास्ती वाहेक केही पनि नदिने भन्दै नेता घिमिरेले वर्तमान सरकारको कडा आलोचना गरेका छन् । नेपाली काँग्रेस गुल्मीले चर्को मुल्य वृद्धिको विरोधमा मंगलवार सदरमुकाम तम्घासमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता घिमिरेले उक्त आरोप लगाएका हुन् ।
उनले वर्तमान सरकार दुई तिहाईको दम्भका कारण आफ्नो दम्भर अहंकार प्रर्दशन गर्न लागेको आरोप लगाए । ‘आफ्नै अहंकार र दम्भका कारण भगवानको पालामा पनि कंस, रावण र कौरवहरु नाश भएर गए, ‘यस्तै दम्भ र अहंकारका कारण मोहन समशेर र राजा ज्ञानेन्द्रको ईतिहास समाप्त भयर गयो, यदि वर्तमान सरकारले पनि यस्तै दम्भ र अहंकार प्रर्दशन गर्दै गयो भने उनीहरुको पनि त्यस्तै ईतिहास हुन्छ’ नेता घिमिरेले भने ।
कम्यूनिष्टहरुले सपनाको व्यापार गरेको भन्दै नेता घिमिरेले वर्तमान सरकारले जनतालाई झुटा सपनाहरु बाढेर नागरिकहरुलाई अल्मलाई रहेको आरोप लगाए । ‘संसार भर कुनै पनि प्रजातन्त्रवादी सरकारले जनतालाई लड्काउँने र होच्याउने काम गर्दैन तर वर्तमान सरकारले जनताले उठायका जायज मागहरुलाई लड्काउने र आफ्नो दम्भ र अहंकार देखाउने काम प्रर्दशन गरिरहेको छ,’ उनले भने । नेता घिमिरेले वर्तमान सरकार जनताको विश्वासलाई तोड्न र प्रजातन्त्रलाई पनि कमजोर बनाउने दिशातर्फ उन्मुख हुन लागेको भन्दै त्यसैको खबरदारीका लागि काग्रेसले वर्तमान सरकारको विरुद्धमा राष्ट्रव्यापि विरोध अभियान शुरु गरेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले वर्तमान सरकारले चर्को मुल्यवृद्धि गरेर आम नागरिकहरुको ढाड सेक्ने काम गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । विरोध सभा शुरु हुनु अघि गाउँगाउँदेखि आएका सयौं काँग्रेस कार्यकर्ताहरुले विभिन्न नारा र प्लेकार्डहरु सहित विरोध प्रर्दशन गर्दै बजार परिक्रमा समेत गरेका थिए ।

कपिलवस्तुः प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अधिनायकबाद तर्फ उन्मुख भएको भन्दै कपिलवस्तु सदरमुकाम तौलिहवामा बिरोध प्रदर्शन गरेको छ । सरकार लोकतान्त्रिक मुल्य मान्यता विपरित अधिनायकवादी बाटोमा अघि बढेकाले खबरदारी गर्न कांग्रेसले देशका ७७ वटै जिल्लामा प्रदर्शनको आयोजना गरेको हो । संसदमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने भए पनि अहिले एकै दलका सभामुख र उपसभामुख रहेका, महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको तथा संवैधानिक अंगमा हस्तक्षेप गरेको ठहर गर्दै आन्दोलन गरेको जनाईएको छ । बिरोध प्रदर्शनमा काँग्रेस र काँग्रेसमा भातृ संगठनका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । सो अवसरमा बोल्दै संघिय साँसद तथा पार्टी केन्द्रिय सदस्य अतहर कमाल मुसलमानले वर्तमान सरकार अधिनायकबाद तर्फ उन्मुख हुदै गएको र जनतालाई प्रत्यक्ष भार पार्ने गरि कर थोपर्दै गएको आरोप लगाए । बर्तमान सरकारको अधिनायकबाद बिरुद्ध आफुहरुले कडा प्रतिबाद गर्ने उनले चेतावनी दिए । सरकारको अधिनायकबादी शैलीले लोकतन्त्रलाई नै खतरामा पार्न थालेको संघिय साँसद अभिषेक प्रताप शाहले बताए । सरकार दमनकारी शैली बिरुद्ध आफुहरु प्रतिबाद गर्न तयार रहेको उनले बताए । सो अवसरमा बोल्दै पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले जन बिरोधी काम गरेको बर्तमान सरकारको कार्यशैली नफेरिए आफुहरुले आन्दोलनको कार्यक्रमलाई यथावत राख्ने बताए । जनतालाई चर्को कर र महगाई बर्तमान सरकारले उपहार दिएर असफल नेतृत्वको उदाहरण दिएको आचार्यको आरोप थियो । यस अघि बिरोध प्रदर्शनमा सहभागी नेता कार्यकर्ताले नगर क्षेत्रको परिक्रमा गरि जिल्ला प्रशासन चोकमा आयोजित कोणसभामा सहभागी भएका थिए । ¥यालीमा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र नेकपा नेतृत्वको सरकार बिरुद्ध चर्को नारावाजी गरेका थिए ।

नवलपरासी ः नेपाली काँग्रेसले सरकार विरुद्ध जिल्ला प्रशासन कार्यालय अगाडी प्रदर्शन गरेको छ । सरकारी निर्णयहरुले चरम महगी बढेको,दोहरो तेहरो कर बढाएर नेपाली जनता माथि करको भार थुपारेको आरोप लगाउदै नेपाली काँग्रेसका कार्यकर्ताहरुले नाराबाजी र प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निस्केको जुलुस नाराबाजी गर्दै लोकतान्त्रिक चोक,बुद्धचोक र महेशपुर चोक हुदै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको थियो । केही बेर प्रशासन कार्यालयको प्रवेशद्धारमा नाराबाजी गरेका थिए । कोणसभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व गृहराज्यमन्त्रि देवेन्द्रराज कण्डेलले सरकारको चर्को आलोचना गरेका थिए । दुई तिहाईको दम्भले कम्युनिष्ट सरकारमा दण्डहिनता,भष्टाचार मौलाउदै गएको र मानवअधिकार हननका घटना बढदै गएको बताएका थिए । त्यसको विरोधमा नेपाली काँग्रेसले अझ शसतm भएर आन्दोलनको आधेबेरी ल्याउन सकिने चेतावनी समेत दिएका थिए ।
तर पार्टीले तयार गरेको नारा र सुचीमा स्थानिय तहहरुले समेत कर थुपारेको भए पनि उल्लेख गरेको थिएन ् । स्थानिय तहमा नेपाली काँग्रेसबाट जितेका कार्यकर्ताले समेत स्थानिय स्तरमा कर बढाएको भए पनि त्यसबारे कुरा उठाइएको थिएन् ,। रामग्राम,सुनवल,सरावल लगायतका गाउपालिकाले समेत दुई सय प्रतिसतसम्म कर वृद्धि गरेका छन् । ति निकायमा नेपाली काँग्रेसकै उमेदवार विजयी भएर स्थानिय तह सञ्चालन गर्दै आएका छन् । प्रदर्शनमा तिनै कर लगाउने मेयरहरुको समेत उपस्थिती देखिएको थियो ।

सल्यान ः वाम सरकार सर्वसत्तावाद उन्मुख भएको भन्दै सरकार विरुद्ध नेपाली काँग्रेस सल्यानले मंगलबार खलंगामा सल्यानमा पनि विरोध प्रर्दशन गरेको छ । कम्युनिष्ट सरकारले देखाउन थालेको अधिनायकवादी चरित्र, गैर जिम्मेवार व्यवहारका विरुद्ध नेपाली काँग्रेसले विरोध सभा तथा ¥याली गरेको जनाएको छ ।
विरोध सभामा बोल्दै महासमिति सदस्य तथा पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र शाहले वर्तमान सरकारको अधिनायकबादलाई परास्त गर्न सडकमा आउन बाध्य हुनु परेका बताए । सरकारले आफ्नो अराजक हरकत नसुधारे आन्दोलनको आँधीबेहरी सृर्जना गर्ने बताए । उनले भने, ‘नेपाली काँग्रेस लोकतान्त्रिक मुल्य मान्यताको रक्षार्थ जुन सुकै कदम पनी चाल्न तयार छ ।’
बहुमतको दम्व देखाएर अधिनायकबाद र संविधान विरोधी गतिविधिका विरुद्ध नेपाली काँग्रेस डटेर लागी पर्ने बताए । यस्तै जिल्ला सभापति गणेश चन्दले संघीय व्यवस्थाको भावनामाथि वाम सरकारले कुठाराघात गरेको बताए । खलंगा टुडिखेलबाट सुरु भएको विरोध ¥याली पुरानो बसपार्क, ठन्डीसडक, गणेशस्थान, नयाँ बसपार्क, हुदै पुरानो बसपार्क पुगी विरोध सभामा परिणत भएको थिए ।

अर्घाखा“चीः कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलले सरकार तानाशाह र अधिनायकवादतर्फ उन्मुख भएको दावी गरे । उनले प्रधानमन्त्री केपी ओलीले संविधानलाई कुल्चने र जनविरोधी गतिविधि गरेकाले बाध्य भएर सडकमा उत्रनु परेको बताए ।
कांग्रेस अर्घाखा“चीले सन्धिखर्कमा विरोध ¥यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले चुनाव जित्न जनतालाई झुटा आश्वासन दिएको र सरकारमा गएपछि मुल्यवृद्धि, महंगी, भ्रष्ट्रचार बढेको, शेरबहादुर देउवा सरकारले विधिवत गरेका नियुक्तीहरु गैरकानूनी तवरले खारेजी, सरकार अधिनायकवादतर्फ लागेको बताए ।
पानी जहाज ल्याउछु, रेल ल्याउछु भनेर हल्ला मात्रै गरेर जनतालाई भ्रममा पार्नेका ओलीले गरेको बताए । पौडेलले कांग्रेस, बुद्धिजीवि र पत्रकारलाई गाली गरेर र उखानटुक्का हालेर देश नबन्ने बताए । गफाडी ओलीले देसलाई अन्धकारतर्फ लैजादैछन । सबैभनदा बढी कर लगाउने देश नेपाल भनेर चिनिने भयो । पहिला संविधानको कमा पनि परिवर्तन हुदैन भन्ने ओलीले दुई तिहाई पु¥याउन संविधान पुनःलेखन गर्नुपर्छ भन्ने उपेन्द्र यादवस“ग साठगा“ठ गर्नु षडयन्त्रमुलक भएको उनले बताए । हरेर परिवर्तित आन्दोलनको नेतृत्व कांग्रेसले गरेको छ । संविधान सुशील कोइरालाको नेतृत्वमा बन्यो, कार्यन्यवनको लागि चुनाव शेरबहादुर देउवाको नेतृत्वमा भयो, अहिले कार्यन्यवन गर्ने पालामा ओली प्रधानमन्त्री छन, उनी असफल भैसके, उनले भने ।
देउवा सरकारले गरेका विधिवत नियुक्ती असंवैधानिक भए, ओली प्रधानमन्त्री भएको पनि असंवैधानिक छ । मुख्यमन्त्रीले सपथ खुवाउने असंवैधानिक भए, मुखयमन्त्री कसरी संवैधानिक भए, उनले प्रश्न गरे । जनताको छोरो गोविन्द केसीले उठाएका मागलाई वेवस्ता गर्दा आन्दोलनले ओली सरकार घुडा टेक्न बाध्य भएको उनको दावी छ । कुनैबेला माओवादी हत्यारा हुन भन्ने ओली र एमाले दलाल भन्ने पुष्पकमल दाहाल अहिले एकै ठाउ“ छन । हत्यारा र दलाल मिलेर मनपरी गर्ने, संविधान विपरित काम गर्न नरोकेमा राजा, राणा, पञ्चायत फालेको कांग्रेसले ओली सरकार फाल्न केही गाह्रो नभएको पौडेलले तर्क गरे । संघीयतालाई कार्यन्यवन गर्नमा पनि सरकार गंभिर छैन । संविधानमा सभामुख र उपसभामुख एउटै पाटीको नहुने व्यवस्था छ, त्यहा पनि संविधान उल्लघंन भएको उनले बताए । गृहमन्त्री रामबहादुर थापाले ठेकेदारलाई तर्साउने काम मात्रै गरेको उनले बताए ।
कार्यक्रममा कांग्रेस पूर्वजिल्ला सभापति कमलप्रसाद भुसालले सरकारको गलत कामको विरुद्धमा सडक आन्दोलनमा उत्रनु परेको बताए । प्रदेस सांसद निर्मला क्षेत्रीले सरकार नसुध्रित सडक र सदन आन्दोलन चर्काइने बताइन । तरुण तलका अध्यक्ष नारायण खडकाले सरकारले जनताको ढाड सेक्ने गरी महंगी, मुल्यवृद्धि र वृद्धभत्तामा कर लगाउने कुरा लाजमर्दाे भएको बताए ।पाटी कार्यालयबाट निक्केको जुलुस सन्धिखर्क, चुत्रावेशी परिक्रमा गरी शान्ति बगैचमा पुगेर कोणसभा भएको थियो । सभामा पूर्वजिल्ला सभापति पिताम्बर शर्मा, क्षेत्र १ का सभापति केशव कुवर, २ का सभापति एवं पाणिनि गाउ“पालिका अध्यक्ष अच्युत गौतम, शीतगंगा नगरपालिका प्र्रमुख सुर्यप्रसाद अधिकारी, छत्रदेव गापा अध्यक्ष लेखनाथ पोखरेल, उपाध्यक्ष तुल्सीदेवी श्रेष्ठ, जिल्ला सचिव विष्णुप्रसाद भुसाल, जिल्ला सदस्य कृष्ण खनाल, तरुण नेता पिताम्बर खनाल लगायत नेताको उपस्थित रहेको थियो । लोकतन्त्र र पाटीमा महत्वपूर्ण योगदान गरेका व्यक्तिलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

भैरहवा : नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालर्कष्ण खांणले सरकारको चर्काे आलोचना गरेका छन् । उनले सरकारले तानाशाहि शैली लाद्न चाहेको भन्दै प्रधानमन्त्री केपी ओलीको दीयो छिट्टै निभ्ने दाबि समेत गरे ।सरकार बनेपछि जनताले निकै दुख पाएको भन्दै उनले ओली सरकार आएपछि बोली र गोली बाहेक अरु सबै महंगो भएको टीप्पणी गरे ।
नेपाली कांग्रेस रुपन्देहीले भैरहवाको मिलनचोकमा गरेको बिरोधसभामा बोल्दै उनले जनतामाथि निरंकुशता लाद्न खोज्ने राणा,राजाकै हालत अहिलेको सरकारको पनि हुने दाबि गरे ।
संसदीय दलको प्रमुख सचेतक समेत रहेका खांणले प्रधानमन्त्री ओलीलाई जथाभावी नबोल्न,महंगी नियन्त्रण गर्न ,अघिल्लो सरकारका निर्णय नउल्टाउन ,जथाभाबि निर्णय नगर्न र दम्भ नपाल्न आग्रह गरे ।‘सरकारले डा. गोबिन्द केसी अनसनमा बस्दा जुम्लामा अस्पतालमा गोली चलाउने ,चितवनमा ईरिक्सा चालक मजदुरमाथी गोली टोक्ने ,यो ठिक होइन जनताले पटक्कै रुचाएका छैनन ।’ उनले भने ।खांणले भने—‘कम्युनिष्ट सरकार मजदुर ,महिला,बालबालिका,किसान र ब्यबसायी बिरोधी देखिएको छ,सच्चिने भए सच्चिनुस् नत्र जनताले तह लगाउनेछन् ।’
प्रधानमन्त्री ओली जनताको मालिक बन्न खोजेको भन्दै खांणले उनलाइ जनताको सेवक बन्न सुझाब समेत दिए । खांणले भने—‘मकै भट्ट खाएझै दिनको चार पटक दबाइ खाइरहेका ओलीलाइ यहाभन्दा धेरै टीप्पणी गर्न चाहन्न,सिंगापुर,बैंकक,हङकङका औषधिले बर्बराउन हालेको होला ,छिटो स्वास्थ्य लाभ होस् । ’ कम्युनिष्टहरुले चुनाबका बेला जनतालाइ झुक्काएर अहिले पद पाएको टीप्पणी गर्दै अब जनता कहिलेपनि नझुक्कीने दाबि गरे ।
प्रतिनिधि सभाका सदस्य भरतकुमार शाहले सरकारको दिनगन्ती शुरु भएको बताए ।उनले संसारका कुनै देशमा सरकारले जनतालाइ यति धेरै दुख नदिएको स्मरण गर्दै उनले करबृद्धि नगर्न समेत अपील गरे ।प्रदेशसभा ५ का सदस्य रमा अर्यालले महिला माथि जथाभाबि बोल्ने,जनतालाइ दास जस्तो ब्यबहार गर्ने काम बन्द गर्न चेताबनी दिइन् ।उनले देउवा सरकारका सबै निर्णय उल्टाउने भए उनैले गराएको निर्बाचनबाट निर्बाचित प्रधानमन्त्री पनि बदर हुनुपर्ने तर्क गरिन् । सो अबसरमा कांग्रेस रुपन्देही सभापति तथा पूर्व राज्यमन्त्री अब्दुल रज्जाक,जिल्ला उपसभापति फडिन्द्र शर्मा,सचिब रामकृष्ण खांण लगायतले बोल्दै सरकारलाइ संबिधानको मर्म अनुसार चल्न आग्रह गरे ।झरीकाबीच पनि कांग्रेसले कार्यकर्तालाई सडकमा उतारेको थियो ।
कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायत माग गरेको छ ।कांग्रेसले भित्री सडक रोकेर कार्यक्रम गरेको थियो । बिरोधसभाका समयमा छिनछिनमा पानी पर्ने र घाम चर्किएपछि बक्ताहरुको नाम छोट्याइएको थियो । जिल्लाका बिभिन्न स्थानबाट आएका कार्यकर्ताहरु भैरहवाको बुद्ध चोकमा जम्मा भएर र्याली सहित नारायण चोक,प्रहरी टोली हुदै मिलनचोकमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?