ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

दाइ इकोन दिनुहोस् न !

१२ भाद्र २०८०, मंगलवार
१२ भाद्र २०८०, मंगलवार

दाङ, १२ भदौ ।

घोराही– १३ की २२ वर्षकी महिलाको गर्भका बच्चा बस्यो । उनलाई अहिले नै बच्चा जन्माउने मन नभएकाले नजिकै रहेको मेडिकलबाट आकस्मिक रुपमा प्रयोग गर्न मिल्ने पिल्स ‘ईकोन’किनेर खाइन् र बच्चा आफै बाहिर आयो । यसरी परिवार नियोजनको साधन प्रयोग गर्नुको साटो इकोन प्रयोग गर्ने महिलाको संख्या दिनदिनै बढेको छ ।

शारीरिक सम्पर्कका बेला सावधानी अपनाउँदा अपनाउँदै पनि गर्भ रहने शंका लाग्यो भने आकस्मिक रुपमा प्रयोग गर्न मिल्ने पिल्स हो ‘ईकोन’ । यो चक्की असुरक्षित शारीरिक सम्पर्क भएको ७२ घण्टा अर्थात तीन दिनभित्र खाइसक्नुपर्छ । आपतकालीन रुपमा प्रयोग गर्ने भएकाले नै यसलाई आकस्मिक गर्भनिरोधक चक्की भनिएको हो । त्यो भन्दा ढिलो भएमा यसले काम गर्दैन । त्यसैले धेरैले यसलाई गर्भ निरोधक साधनका रुपमा प्रयोग गर्ने क्रम बढेको छ । दाङमा इकोनको प्रयोग गर्नेको संख्या दिनदिनै बढेको छ ।

इकोन चक्कीलाई हप्ता वा महिनामा सेवन गर्न थालियो भने यसले स्वास्थ्यमा हानी पुर्याउने अध्ययनले देखाएको छ । “गर्भ रोक्न दिनहुँ पिल्स खान झन्झट मानेर तीन दिनको फरकमा यसको सेवन गर्ने क्रम बढेको छ” महिला रोग विशेषज्ञ डा. अमित लाम्गादेले भने, “यो एकदमै गलत काम हो । यो एक हाइडोज हर्मोन हो, धेरै खाएमा पाठेघरलाई धेरै असर गर्छ ।” गर्भनिरोधक साधन नभई गर्भ रहनबाट रोक्न आकस्मिक रुपमा प्रयोग गर्न मिल्ने इकोन चक्की अस्पताल, मेडिकलहरुमा सजिलै पाईनु स्वाभाविक हो । जुनसुकै पसलहरुमा पनि सजिलै पाउन थालेपछि यसको दुरुपयोग अझ बढेर गएको छ ।

पहिले पहिले कण्डम बिक्थ्यो अहिले इकोनले बजार पाएको मेडिकल संचालकको भनाई छ । इकोन अविवाहित, किशोरी, युवतीहरु दुबैले किनेर लैजाने गरेको उनको भनाई छ । असुरक्षित यौन सम्पर्क गर्नेहरुले सुरक्षाका लागि इकोन सेवन गर्नेहरु धेरै छन् । औषधि पसलहरुमा गर्भनिरोधक औषधिहरु बढी बिक्री हुन्छन् । प्रयोगकर्ताहरुलाई ईकोन किन्न डाक्टरको पुर्जा चाहिँदैन । सहजै किन्न पाइने, यौन सम्पर्कको बेला कण्डम प्रयोग गर्न झन्झट मान्नेहरुले इकोन रोज्ने गर्छन् । ‘अहिले यसको प्रयोग चकलेट जस्तो भएको छ, गाउँघरतिरका किराना पसलमा पनि पाईन थालेको छ, डा.लाम्गादेले भने, यसलाई अन्य गर्भनिरोधको साधन जसरी नियमित प्रयोग गरियो भने हर्मन अनियन्त्रित बनाउने र पछि बाँझोपनको समस्या देखिने प्रवल सम्भावना हुने गरेको छ । यसले कालान्तरमा प्रजनन स्वास्थ्यमा असर गर्छ । शरीरमा सिस्ट हुन सक्छ । गर्भ अवरोध गर्न सक्छ’ उनले भने, ‘यसकै कारण क्यान्सर, एचआईभी जस्ता अरु घातक रोग लाग्ने जोखिम हुन्छ ।’

एउटा आकस्मिक चक्कीको डोज १० वटा पिल्स बराबरको हुन्छ । नेपाल परिवार नियोजन संघ दाङ शाखा प्रबन्धक बसन्त खनालले भने ‘१० दिनमा खाने खाना एकै दिनमा खायौं भने कस्तो हुन्छ होला ? त्यसले शरीरलाई फाइदा गर्छ र ? पक्कै गर्दैन । यसरी नै इकोन चक्कीले महिनावारीमा समस्या ल्याउने भएकाले प्रजनन् क्षमता कमजोर बनाउँछ । बच्चा बस्न र जन्माउनमा समस्या हुन सक्छ, अझ भनौँ बाँझोपन हुन सक्छ ।’

यसैगरी, कण्डमको प्रयोग गर्न छाडेर इकोनलगायत गर्भ निरोधको औषधि खाने क्रम बढेपछि एचआईभी सर्ने जोखिम पनि बढेको छ । औषधिले अवान्छित गर्भ रोके पनि एचआईभी तथा यौन रोगको जोखिम भने नरोकिने भएकाले संक्रमितको संख्या बढ्ने जोखिम देखिएको हो ।

पछिल्लो तथ्यांक अनुसार, दाङमा एचआइभी एड्स संक्रमितहरुको संख्या साढे ३ सय बढी छ । समुदाय स्तरमा समेत पुगेर एचआईभी संक्रमित पहिचान गर्न थालिएसँगै जिल्लामा संक्रमितहरु थपिने क्रम बढेको पाइएको हो । ‘अहिले त कण्डम बिक्न स्वाट्टै घट्यो’ घोराहीस्थित एक निजी अस्पतालका संचालकले भने, ‘कण्डम छाडेर ईकोनलगायत औषधि किन्नेको संख्या ८० प्रतिशतले बढेको छ ।’

नेपाल औषधी व्यवसायी संघ दाङ शाखा अध्यक्ष विष्णुप्रसाद पौडेलले जिल्लामा महिनामा कति ईकोन बिक्छ भन्ने यकिन तथ्यांक नभएपनि कण्डम २० प्रतिशत खपत हुँदा ईकोन ८० प्रतिशत प्रयोग हुने गरेको छ ।

उनका अनुसार, फार्मेसीमा आउनेहरुले दाई त्यो दिनुस् भनेर संकेत गर्दा ईकोन मागेको यकिन हुन्छ । यस्तो औषधि किन्नेमा युवादेखि विवाहित तर एक्लै बस्दै आएकाहरु धेरै हुने गरेका उनको भनाई छ ।

‘कहिले त ईकोन किन्नेहरु एकाबिहानै ढोका ढक्ढक्याउन आउँछन्’ घोराही १४ मा रहेको एक फार्मेसी संचालक भन्छन् ‘विशेषगरी विवाह गरेर पनि एकल रुपमा बस्नेहरु बिहानै इकोन खोज्न आईपुग्छन् । अविवाहितहरू दिउँसोको समयमा यस्तो औषधि किन्न आउँछन् ।’

आफूहरुले सकेसम्म यस्तो औषधिले एचआईभी र यौनरोग नरोक्ने भएकाले कण्डम प्रयोग गर्न सम्झाउने गरेको भएपनि व्यवहारमा आउन नसकेको देखिएको मेडिकल संचालकहरुको अनुभव छ । कण्डमभन्दा औषधि किन्न पनि सजिलो, प्रयोग गर्न पनि सजिलो र फ्याँक्न पनि सजिलो हुने भएकाले ईकोनको उपभोक्ता बढेको नारायणपुरमा रहेको एक मेडिकल संचालकको भनाई छ ।

‘एकैदिनमा १०–१२ ईकोन बिक्छ, कहिले त अझ धेरै बिक्छ, कण्डम किन्नेहरु अहिले ईकोन किन्ने भएका छन्’, ती संचालकले भने, ‘ दाङमा सयौँ चक्की ईकोन दैनिक बिक्छ होला ।’

यसरी क्षणिक मनोरन्जन र आनन्दका नाममा शरीरलाई नै क्षति हुने गरी ईकोन प्रयोग गर्नुभन्दा स्थायी बन्ध्याकरण सबैभन्दा भरपर्दो विकल्प रहेको नेपाल परिवार नियोजन संघका प्रबन्धक खनालको सुझाव छ । यसका लागि संघले स्थायी बन्ध्याकरण शिविरपनि संचालन गर्दै आएको छ ।

जिल्लाको घोराहीमा २ सय ३२ जना तथा तुलसीपुर क्षेत्रमा १ सय २९ जना गरी ३ सय ६१ जना संक्रमितहरुले एआरटी सेवा लिइरहेका छन् । ती मध्ये घोराहीमा १ सय १२ जना महिला, १ सय १६ पुरुष रहेका छन् भने तेश्रो लिङ्गी ४ जना रहेका छन् । तुलसीपुरमा ६५ जना महिला, ६४ जना पुरुष रहेका छन् । पहिचान भएका एचआईभी संक्रमितहरुलाई निगरानीमा राख्दै नियमित एआरभी सेन्टरबाट औषधी सेवन गराउनुका साथै मनोसामाजिक परामर्शको काम हुने गरेको छ । अरु थुप्रै कारणले एचआईभी संक्रमति भएपनि कण्डमको प्रयोग गर्न छाडेर औषधितिर लाग्नेको संख्या बढेसँंगै संक्रमितको संख्या पनि बढ्ने देखिएको छ ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?