ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा
सम्पादकीय

विश्व हात्ती दिवसः हात्ती जोगाउनै सकस

२९ श्रावण २०८०, सोमबार
२९ श्रावण २०८०, सोमबार

हरेक बर्षको अगस्त १२ तारिखमा विश्व हात्ती दिवस मनाउने गरिन्छ । नेपालमा पनि शनिवार हात्ती दिवस मनाइएको छ । हात्तीको बारेमा सचेतना फैलाउन यो दिवस मनाउने गरिन्छ । यो वर्ष ‘दिगो भविष्यको लागि हात्तीको वासस्थानको संरक्षण गरौं’ भन्ने मूल नाराका साथ हात्ती दिवस मनाईएको छ ।

विश्वकै ठूलो जनावर हात्ती दिवस मनाउँदै गर्दा भने नेपालमा हात्ती दिवस औपचारिकतामै सीमित भएको छ । त्यसो त हात्ती दिवसको इतिहास खास लामो छैन । यो दिवस मनाउन सन् २०१२ बाट मात्र सुरु गरिएको हो । हात्ती संरक्षण चुनौतिको बिषय बन्दै गएको छ । नेपालमा मानव र हात्तीबीच त्यति राम्रो सम्वन्ध छैन । निकुञ्ज किनारका बस्तीमा अहिलेपनि हात्ती आतंक छ । निकुञ्ज वरपरका बासिन्दा प्रत्येक बर्ष हात्तीको उपद्रवबाट आजित भएका छन । एक तथ्याँक अनुसार नेपालमा बितेको दुई दशकमा २७५ जनाको ज्यान हात्तीले लिइसकेको छ । यस हिसाबले भन्ने हो भने मानव र हात्तीबीचको द्वन्द्व नेपालमा धेरै ठूलो छ । उता विश्व वन्यजन्तु कोषको तथ्यांक अनुुसार भारतमा मात्र हरेक वर्ष एकसय जना मानिसको ज्यान हात्तीको आक्रमणबाट जाने गरेको छ ।

हात्ती र मानवबीच लामो समयदेखि द्वन्द्व हुँदै आएको छ । बिडम्वना भनौं बाघको संख्या बढिरहँदा हात्तीको संख्या विश्वबाटै घटिरहेको छ । त्यसकारण अवका दिनमा मानव र हात्तीबीचको द्वन्द्व कम गर्ने र हात्तीको बासस्थानको संरक्षणको प्रयास गर्नु जरुरी छ । हात्तीको बासस्थान साँघुरिदै गएको छ । विश्वमा वन जंगलको बिनास भैरहँदा यसको बासस्थान पनि संकटमा पर्दै आएको छ । तसर्थ यो वर्ष हात्ती दिवसको नारा पनि दिगो भविष्यका लागि बासस्थानको संरक्षण गरौं भन्ने रहेको छ । नारा जस्तै काममा पनि अव हात्ती संरक्षण गर्ने हो भने बासस्थानको संरक्षण गर्नु जरूरी छ । उनीहरूलाई मानव वस्तीबाट धेरै टाढा तथा मानव वस्तीमा आउन नसक्ने गरि वासस्थान संरक्षण गर्नुपर्दछ । एक तथ्याँक अनुसार बितेका तीन दशकमा करिब ६२ प्रतिशत वासस्थान विनाश भएको छ ।

हात्तीको दिगो व्यवस्थापन नभएकै कारण मानव र हात्तीवीच द्वन्द्व बढेकोले अवका दिनमा बासस्थान संरक्षणमा ध्यान दिनु जरूरी छ । हात्ती संरक्षणका लागि सन् २०२२ मा काठमाण्डौंमा भएको बैठकले संयुक्त घोषणापत्र जारी गरेको थियो । हात्तीको विचरण हुने क्षेत्रका १३ वटा देशहरू बंगलादेश, भुटान, कम्बोडिया, चीन, भारत, इन्डोनेशिया, लाओस, नेपाल, श्रीलंका, म्यानमार, मलेसिया, थाइल्याण्ड, भियतनामका प्रतिनिधिको संयुक्त बैठकले सन् २०२२ मा काठमाडौं घोषणापत्र जारी गरी हात्तीको वासस्थान लगायत सबै अवयवहरूको संरक्षण गर्ने सामूहिक प्रतिबद्धता जनाएका थिए । तर, त्यसयता भने ती देशहरूले प्रतिवद्धता जनाउनु बाहेक थप अरू केही काम गर्न सकेका छैनन् ।

हात्ती संरक्षण मानव जीवनका लागि अत्यन्त महत्वपूर्ण छ । पारिस्थितिक प्रणालीलाई नियमित राख्न यसको ठूलो भूमिका छ । पृथ्वीमा भएकामध्ये जमिनमा बस्ने सबैभन्दा ठूलो जनावर हात्ती हो । हात्ती आज संकटपूर्ण अवस्थामा पुगेको छ । यो जनावर संकटमा पर्नुका कारणमा ठूलो जीउ, धेरै खानुपर्ने, लामो आयु र धेरै वजन हुन । यसको बासस्थानमा प्राकृतिक प्रकोपको आक्रमण भइरहने लगायतका कारणले हात्तीको संख्यामा गिरावट आइरहेको छ । योसँगै मानवीय आक्रमणले पनि हात्ती संकटापन्न अवस्थामा पुगेको छ । विश्वभर यसलाई संरक्षित जनावरको सूचीमा राखिएको छ । संसारमा हात्तीका तीनवटा मात्र प्रजाति छन् ।

आज मानव र हात्तीबीच द्वन्द्व बढ्दै गएपनि कुनैसमय हात्ती मानवका लागि ठूलो सहारा हुन्थ्यो । शिकार खेल्न जाँदा होस् या नदी तर्दा वा अन्य कामको लागि एउटा भरपर्दो यातायातको साधन थियो । तर, आज यो संकटापन्न अवस्थामा पुगेको छ । अवका दिनमा हात्तीको संरक्षण गर्ने हो भने यसको बासस्थानको संरक्षण गरौं । हात्ती दिवस मनाउनेमात्र होइन संरक्षणमा पनि सरकार र सम्वन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?