© २०२३
नवलपरासी, २९ साउन। जिल्लाको सुस्ता गाउँपालिका स्थित गण्डक (नारायणी) नदीको विच विचमा थुप्रिएर टापुको स्वरुप बन्दै गएकोले त्यसलाई गण्डक टापु पार्कको स्वरुप दिन सके पर्यापर्यटन बढाउन सक्ने सम्भावना स्थानियले देख्न थालेका छन् । भारतिय पक्षद्धारा गण्डक क्षेत्रमा गण्डकको खत्तरा न्युनिकरण गर्दै काम गर्न थाले पछि सो क्षेत्र खत्तराबाट अब अवसरमा बदल्ने सम्भावना स्थानियले देख्न थालेका हुन् ।
हाल गण्डक नदी नियन्त्रण गर्नका लागि खत्तरा रहेको गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध र नेपाल बाँधको उचाई अग्लो बनाउने कार्यले जोखिम हट्ने सम्भावना पनि बढदै गएको र बाँधको चौडाई पनि बढदै जादा सडक पुर्वाधारमा पनि उपयोगी हुने हुदा गण्डक बाँध क्षेत्रलाई पर्यापर्यटन तथा धार्मिक पर्यटनसँग जोडेर विकास अवधारणा बनाउनु पर्ने स्थानिय लुख्खु यादवको छ ।
नदीको बिच विचमा थुप्रिएका ति ढिस्कोहरुमा रुख विरुवा हुर्कदै ससाना टापु बन्दै गएका छन्, उनले भने, तर त्यसको उचित प्रयोग हुन सकेको छैन् । त्यसलाई यदि पर्यापर्यटनको रुपमा विकास गर्ने हो भन्ने त्यो पनि गण्डक क्षेत्रमा आमदनीको स्रोत बन्न सक्छ । तर दुई देशको सिमामा पर्ने हुदा केही कठिनाईहरु रहेका छन्, उनले थपे,तर निकसाका लागि भु आर्जन तथा सम्पर्क कार्यालय मार्फत सो भारतिय पक्षसँग त्यसबारे कुरा राख्न सकिन्छ । नेपाल भारत दुई देशको सिमा भए पनि उपयोगहिन गण्डक टापुहरुलाई पर्यटनमा ल्याउदा त्यसमा खासै समस्या देखिएको छैन् । इच्छा शक्ति देखाउन पर्यो, पहलकदमी लिन पर्यो, उनले भने, त्यसका लागि यहाँका स्थानियबाट पनि पहल गर्न सकिन्छ ।
त्यसै गरि गण्डकको बाँध अग्लो बनाउदै विस्तारै दुई लैनको सडक बन्यो भन्ने आवतजावत गर्नका लागि पनि सहयोगी हुने हुदा लुम्बिनी प्रदेशमा पर्ने अनोमाघाट (ठाढीघाट) र गण्डकी प्रदेशमा रहेको गजेन्द्र मोक्ष धामलाई बाँधले नै जोड्दै छ । बौद्ध धर्मालम्बीका लागि नेपालको बोधगया भनेर चिनिदै आएको बौद्धतिर्थ स्थल हो भने गजेन्द्रमोक्ष धाम हिन्दुहरुको पवित्र नेपालको हरिद्धार भनेर चिनिदै आएको पवित्र तिर्थ स्थल हो । पौराणिक इतिहास अनुसार बाल्मिकी आश्रम तथा इस्लामिक महत्व बोकेको मदारबाबा समेत यसै क्षेत्रसँग जोडिएको हुदा धािर्मक सम्मिलन हुने खालको धार्मिक पर्यटनलाई पनि आकर्षित गर्ने खालको संरचना रहेको छ । यसका लागि अवधारण गाउपालिकाले बनाई अगाडी बढुन पर्ने उनको भनाई थियो । राजनीति तहबाट पनि सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय गर्नका लागि पनि पहलसँगै बढाउनुपर्ने उनले औल्याएका थिए ।
स्थानियको चाहना र भावना अनुसार नै गाउँपालिकाले काम गर्दै आएकोले त्यसबारे सम्बन्धित पक्षसँग कुरा राख्ने सुस्ता गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए । पर्यटन क्षेत्रको विकास गर्ने अवधारणा र सोच ठूलो छ,तर गाउँपालिकाको सिमित साधनस्रोतले मात्र पुग्दैन् उनले भने, यसमा प्रदेश सरकार र संघ सरकारको पनि लगानी हुन उत्तिकै आवश्यक देखिन्छ । स्थानिय स्तरबाट पर्यटन पुर्वाधार तथा प्रचार प्रसारका काम हुदै आएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यसका लागि सुस्ताका सबै नागरिकको सोच र चिन्तन एउटै हुनु पर्छ,उनले भने,त्यही सोच र चिन्तन अनुसार ब्यवहारिक काम पनि गर्नु पर्छ । अवधारणा र अवसर देखाई दिने बाहिरका विज्ञ हुन सक्छन्,तर ब्यवहार परिवर्तन गरि पुस्तामा नयाँ संस्कार हस्तानान्तर गर्न स्थानिय नागरिकहरुले अगाडी सर्नु पर्ने उनको भनाई थियो । गण्डक चुनौती मात्र होईन्,पहिचान गर्न सकियो भन्ने ठूलो अवसर पनि हो ।
विदेशमा पर्यटन उद्योग फस्टाउने यस्तै प्राकृतिक स्रोत जलासय,समुद्र नदीहरुकै किनारा हो । गण्डक नदी बिचको स साना टापु पार्क बनाउन खासै लगानी पर्दैन,उनले भने,तर पार्कमा शुरक्षित तरिकाले पर्यटक लैजाने उनीहरुको गास बासको उचित ब्यवस्थान र शुरक्षा ब्यवस्था चुनौती हो । त्यसका लागि नागरिकको तर्फबाट प्रतिवद्धता आए गाउपालिकाले नै गण्डक टापुपार्कलाई ब्यवस्थित गरि पर्यापर्यटनको विकासका लगानी गर्न सक्छ । यो क्षेत्र पर्यापर्यटनसँगै धार्मिक पर्यटनसँग पनि जोडिएको छ,अधिकृत पौडेलले भने, लाखौ लाख तिर्थयात्री आउने गरेका छन्,तर उनीहरुको बसाई लम्बयाउने योजना बन्न सकेको छैन् ।
गण्डक भित्र सुस्ता गाउपालिकासँग जोडिएका स साना थुप्रै ढिस्काहरु भए पनि प्रमुख रुपमा ६ वटा ढिस्काहरु ठूलो क्षेत्रफलको रहेको छ । गुगल नक्साको प्रयोग गरि ति ढिस्काहरुको नाप लिदा क्रमशः उत्तरबाट पहिलो ढिस्का कुल १ सय ५० हेक्टर अर्थात ५.६५ बर्गकिलोमिटर क्षेत्रफल रहेकोछ । त्यसै गरि दोश्रो ढिस्को ४६ हेक्टर अर्थात ३.४१ बर्ग किलोमिटरको छ, तेश्रो ढिस्को पनि ६३.७५ हेक्टर अर्थात ४.३४ बर्गकिलोमिटरको छ । चौथो ढिस्को ६४.५२ हेक्टर अर्थात ३.२३ बर्गमिटरको छ, पाँचौ ढिस्कोको क्षेत्रफल १ सय १६ दशमलव ३० हेक्टर अर्थात ४.९६ बर्गमिटरको रहेको छ । छैठौ ढिस्को ९९.४२ हेक्टर अर्थात ५.०२ वर्गमिटरको छ ।