ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

द्वन्द्वपीडितले बनाए शान्ति स्मारक

१५ श्रावण २०७५, मंगलवार
१५ श्रावण २०७५, मंगलवार

त्रिवेणी गाउँपालिका वडा नं. ८, ९ र १० का द्वन्द्वपीडितहरुले शान्ति स्मारक निर्माण गरेका छन् । साविक पेउघा गाविसमा पर्ने उक्त क्षेत्रमा द्वन्द्वको समयमा तत्कालीन द्वन्द्वरत पक्षहरुबाट मारिएका पाँच जना व्यक्तिहरुको सम्मान र सम्झनामा पेउघाको पेदीखेतमा उक्त स्मारक निर्माण गरिएको हो ।त्रिवेणी गाउँपालिका, साविक पेउघा गाविस र हरप्लेस नेपाल रुकुमको सहयोगमा उक्त स्मारक निर्माण गरिएको पेउघा गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चका संयोजक शेरमान खड्काले बताए । त्रिवेणी गाउँपालिकाले एकलाख ५० हजार र साविक पेउघा गाविसले १० हजार रकम सहयोग गरेको र हरप्लेसले मार्वलमा मृतकहरुको नामावली लेखाएर सहयोग गरेको उनले जानकारी दिए ।
स्मारकमा साविक पेउघा गाविसबाट ज्यान गुमाएका व्यक्तिहरु भीमबहादुर रावल, भीमबहादुर खड्का, खिमलाल खड्का, दुर्गाबहादुर बुढा र दुर्गा पुनको नाम उल्लेख गरिएको छ । स्मारक बनेपछि मृतकका आफन्तहरुले आफ्नो पीडामा थोरै भएपनि राहत मिलेको र उहाँहरुको सम्झना आईरहने बताएका छन् । मृत्यु भएको तिथि मितिमा यहाँ पुगेर उहाँहरुलाई श्रद्धाञ्जली व्यक्त गरेर आत्म शान्तिका कामना गरिने उनीहरुको भनाई छ ।
स्मारकको माथिल्लो भागमा शान्तिको प्रतीक परेवाको प्रतिमा राख्न बाँकी रहेको बताईएको छ । उक्त प्रतिमा बनाउने काम भईरहेको र सकिएपछि त्यसलाई राखेर कामलाई पूर्णता दिईने मञ्चका संयोजक खड्काले बताए । । आगामी दिनमा बजेट व्यवस्था गरेर स्मारक निर्माण गरेको यस ठाउँमा पार्क समेत निर्माण गर्ने योजना रहेको खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?