ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

एकैपटक तिन विधेयक पारित

१५ श्रावण २०७५, मंगलवार
१५ श्रावण २०७५, मंगलवार

 प्रदेश सभामा पेश भएको झण्डै चार महिनामा परिमार्जन सहित प्रदेश ५को मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सहितको तीनवटा विधेयक सोमवार पारित भएको छ ।
ति तिनै वटा विधेयक वैशाख १४ गते प्रदेश सभामा दर्ता भएपछि मुख्यमन्त्रि शंकर पोखरेलले वैशाख २१ गते संसदमा प्रस्तुत गरेका थिए ।
सोमबार बसेको प्रदेश सभा बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी विधेयक र प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
सरकारले मुख्य मन्त्रि र मन्त्रिहरुको चाडपर्व खर्च प्रस्ताव सहित मुख्यमन्त्री र मन्त्रीहरुको पारिश्रमिक र सुविधा सम्वन्धी विधेयकको प्रस्ताव गरेको थियो । तर सांसदहरुले आफूहरुलाई पनि चाडपर्व खर्च चाहिने भन्दै संसदमा आवाज उठाएपछि चाडपर्व खर्च हटाईएको हो । उक्त विधेयकमाथी भएको शैद्धान्तिक छलफलमा सांसदहरुले ‘मन्त्रिहरुलाई मात्र दशैतिहार आउने अरुलाई नआउने’ भन्दै प्रश्न उठाएका थिए ।
मुख्य मन्त्रि तथा मन्त्रिहरुले पाउने पारिश्रमिकको एक महिना वरावरको रकम चाडपर्व खर्च दिने प्रस्ताव गरिएको थियो । सोमवारको वैठकमा विधेयकमाथी उठेको प्रश्नको जवाफ दिदै आन्तरिक मामिला तथा कानुनमन्त्रि कुल प्रसाद केसीले सेवा सुविधालाई जिविको पार्जनको रुपमा लिन सांसदलाई आग्रह गरे । उनले प्रदेश सरकारले वितव्ययी निति अपनाउने तर जिविकोपार्जन सहजहोस भन्ने सोही अनुसार सेवा सुविधा प्रस्ताव गरिएको बताए । उक्त विधेयकमा सांसद तुल्सी प्रसाद चौधरीले भाग लिएका थिए ।
त्यसैगरी प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी विधेयकमा इन्द्र प्रसाद खरेल र तुलाराम घर्तिले आफ्नो धारणा व्यक्त गर्दे संशोधन पस्ताव गरिअनुसार सवै संशोधन नभएको तर सन्तुष्ट रहने आधार भेटिएको बताए । उक्त विधेयकमा सांसदहरुले वैठक भक्तालाई ७ सयबाट वृद्धि गरी एक हजार, फर्निचर खर्च ४५ हजार र स्वकिय सचिवको व्यवस्था गरिनु पर्ने सहितको संशोधन प्रस्ताव गरेका थिए । परिमार्जन सहितको उक्त विधेयकमा सांसदको माग सम्वोधन गरिएको छ ।
त्यसैगरी प्रदेश सभा सचिवलायमा कार्यरत सम्पूर्ण कर्मचारीलाई प्रोत्साहन भत्ता दिने गरी प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । कर्मचारीहरुले प्रोत्साहन स्वरुप एक महिनाको तलव वरावर प्रोत्साहन भत्ता पाउनेछन । आइतबारको बैठकबाट पारित गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण आइतबार ती विधेयकमाथि छलफल हुन सकेको थिएन ।
आइतबार बसेको प्रदेशसभा बैठकमा विपक्षी नेपाली कांग्रेसले उठाएको प्रश्नको मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले जवाफ दिएका थिए । उनले कांग्रेसको माग राजनैतिक नभई संवैधानिक भएकाले अदालतको निर्णय अन्तिम निर्णय हुने बताए । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने विषय अदालतमा विचाराधीन रहेको जानकारी गराउदै अदालतको फैसलाअनुरुप प्रदेश सरकार अगाडि बढ्ने बताए । प्रदेशको नामाकरण र स्थायी राजधानीको विषयमा प्रदेश सरकारपनि छिटो होस भन्न चाहेको बताउदै मन्त्रि केसीले त्यो सांसदहरु मिलेरै गर्ने काम भएको बताए ।
सोमबार बसेको प्रदेश सभाको बैठकमा विशेष समय लिएर राष्ट्यि जनता पार्टी की सांसद कल्पना पाण्डेले हिंसा बिरुद्ध कडा कानून बनाउन समेत माग गरेकी थिईन । त्यसैगरी रिना नेपालले सांसद विष्णु पन्थीको भनाईको खण्डन गर्दे प्रतिनिधि सभा सदस्य अभिशेष प्रताव शाह लोकप्रिया नेता भएको बताईन । किसानलाई मल नपुगेको अवस्थामा प्रहरीको समेत मिलेमतोमा युरिया मल प्लाउड फेक्ट्ीमा पुरा¥याईको र त्यसको विरुद्धमा वोल्दा लाल्छना लगाएको भन्दै गम्भिर ध्यानकर्षण भएको बताईन ।

मुख्यमन्त्रि र मन्त्रिको चाडपर्व खर्च अस्वीकृत, स्वकीय सचिव पाएपछि सांसद दंग, सचिवालयका कर्मचारीलाई प्रोत्साहन भत्ता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?