ट्रेंडिंग:

>> गुल्मीमा नयाँ र प्रतिलिपि नागरिकता बनाउने बराबरी >> गर्मीमा काँचो आँप खानुका यी हुन ४ फाइदा >> श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  >> पाल्पामा जिप दुर्घटना : एकको मृत्यु ,चार घाइते >> विश्वको नक्सामा सन २०२७ सम्ममा नयाँ देश थपिने >> पलाँतामा ट्याक्टर दुर्घटना, चार जनाको मृत्यु >> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा
सम्पादकीय

अन्त्य गर गुटको राजनीति

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

नेपाली कांग्रेसमा पछिल्लोसमय गुटगत राजनीति बढ्दै गएको छ । नेपाल महिला संघको कतिपय जिल्ला नेतृत्व खारेजी र नेपाल बिद्यार्थी संघमा चार दिन अघि भएको केन्द्रिय सदस्य मनोनयनले कांग्रेसमा गुटको राजनीति छताछुल्ल भएको छ । गुटकै कारण नेविसंघका दुई गुटबीच बुधबार पार्टी केन्द्रिय कार्यालयमा झडपको अवस्था आएको छ । संस्थापन र इतर समूह अहिले दह्रोरूपमा एकले अर्कोलाई गिराउने दाउमा लागेका छन । कांग्रेसभित्र देखिएको पछिल्लो रडाकोले कांग्रेसका इमान्दार कार्यकर्तालाई चिन्तित बनाएको छ । कांग्रेसभित्रको विवाद उसको आन्तरिक बिबाद हो तर कांग्रेसको विवादले देशको राजनीतिलाई असर गर्न सक्छ । तसर्थ कुनै दल विशेषको भन्दा पनि त्यसले समग्र राजनैतिक स्थीरतामा प्रभाव पर्छ कि भन्ने चासो र चिन्ता हो ।

कतिपय दलहरू विघटन हुँदा पनि फरक परेको छैन । तर, कांग्रेस विभाजन हुँदा त्यसको असर देशले भोग्नुपर्ने अवस्था आउन सक्छ । तसर्थ यो केवल कांग्रेसका नेता कार्यकर्ताको चिन्ताको कुरा होइन, यो आम चासो बन्नु जरुरी छ । विगतको इतिहास साक्षी छ– कति तामझामका साथ एक भएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गठन गरेको नेपाल कम्युनिस्ट पार्टी तहसनहस भयो । करिब दुई तिहाइ शक्ति भएको यो पार्टी फुट्दा के बिग्रेको छ भन्दा पनि बिभाजनले ल्याएको फुटको असर देशमाथि परेको सवैलाई थाहा भएको कुरा हो । कांग्रेस एक नहुँदा के फरक पर्छ भन्ने प्रश्न आउन सक्छ तर त्यसको असर भोलिका दिनमा कस्तो पर्दछ भन्ने चासो र चिन्ताको बिषय हो । जसपाको मिलन र विग्रहको कुनै महिना वा बार छैन तैपनि देश र जनतालाई के असर परेको छ भन्ने हुनसक्छ । कांग्रेस रहनै पर्दछ भन्ने पनि के छ ? भन्ने पनि होलान् । तर, त्यो होइन ठूला राजनैतिक दलहरू देशका मेरुदण्ड हुन । कांग्रेस र एमाले देशका धरोहर हुन । यी पार्टीमा संकट आउनु भनेको देशमै संकट आउनु हो । तसर्थ पछिल्लोसमय कांग्रेसभित्र देखिएको विवाद समाधानमा नेताहरू गंभीर बन्नु जरुरी छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिमा युवाहरूको बाहुल्य हुनुपर्छ भन्ने माग उठेको धेरै भइसक्यो । निरन्तरको आवाजका कारण अहिलेको कांग्रेस केन्द्रमा युवाको संख्या पर्याप्त छ । युवाहरूले माथिल्लो पुस्तालाई आराम गर्न सल्लाह दिईरहेका छन । कांग्रस सभापति आफै ७५ बर्ष भैसके । अव सभापति शेरवहादुर देउवाबाट कांग्रेसको नैया पार लाग्दैन भन्ने आवाज बढ्दै छ । तर, त्यो आवाजलाई दवाउने काम भैरहेको छ । त्यही नाममा सभापति गुटले इतरलाई दवाउने काम गर्दै आएको छ । कांग्रेसभित्र देखिएको विवाद नेतृत्व पुस्तान्तरणको हो भन्दा अत्युक्ति हुँदैन । संस्थापन पक्ष अहिले भयभित देखिएको छ । त्यही नाममा इतर समूहलाई दवाउँदै आएको घटनाक्रमले देखाएका छन । त्यसो त कांग्रेसभित्र यो प्रवृत्ति विगत धेरै बर्षदेखि देखिदै आएको छ । अहिले त्यो बाहिर प्रकट हुन लागेको मात्र हो ।

कांग्रेसभित्रको गुटगट प्रवृत्ति केन्द्रमामात्रै होइन, त्यो जिल्लातहसम्मै फैलिएको छ । धेरै जिल्लाका कांग्रेसका इमान्दार नेता कार्यकर्ता गुटकै कारण पछि पर्नुपर्ने अवस्था छ । इमान्दार नेता पछि पर्ने र तिकडम गर्नेहरू माथि बढ्ने अवस्था देखिएको छ । कांग्रेसको भविष्यका लागि यो राम्रो भने अवश्य होइन । समय अझै छ । लोकतन्त्रको प्राण भनेको कांग्रेस र एमाले नै हुन । नेपाली जनताको ढुकढुकी नेपाली कांग्रेस र नेकपा एमाले नै हो । त्यसपछि माओवादी तेश्रो शक्तिको रूपमा उपस्थित छ । जेहोस विकास र समृद्धि दलहरूबाटै संभव छ । जनताको यो आस्था, विश्वास र भरोसालाई दलहरूले जोगाउने काम गरुन् । खासगरि नेपाली कांग्रेसभित्र देखिएको गुटगत विवाद समाधान गर्नेतर्फ नेताहरूमा सतबुद्धि फिरोस् । सवाल कांग्रेसको मात्र होइन, यो रोग अरू पार्टीमा पनि प्रवेश गर्ने चिन्ता हो । कांग्रेसमा गुट चलाउने परम्परा अन्त्य भएन भने त्यसले कांग्रेसलाई त हित गर्दैन, त्यसको सिधा असर देशमाथि पनि पर्छ भन्ने चेतना कांग्रेसका नेताहरूमा आओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?