ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

लुम्बिनीका मुख्यमन्त्रीलाई १७ बुँदे शैक्षिक सुझाव

८ पुष २०७८, बिहीबार
८ पुष २०७८, बिहीबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीलाई शिक्षाको अवस्था सुधार गर्नका लागि १७ बँुदे ध्यानाकर्षण पत्र बुझाइएको छ । ध्यानाकर्षण पत्रमा कोरोना भाइरसको महामारीमा शिक्षा अधिकार सुनिश्चितता गर्न समेत आग्रह गरिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपाल, लुम्बिनी प्रदेश समिति, शिक्षा पत्रकार समूह, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति कपिलवस्तु र रुपन्देहीले संयुक्त रुपमा उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणको विषम परिस्थितिमा शिक्षा क्षेत्र प्रभावित हुन सक्ने भएको हुदा, प्रतिकुल अवस्थामा समेत शिक्षा क्षेत्रको उन्नयनका लागी शिक्षा क्षेत्रमा बार्षिक रूपमा छुट्याउने बजेटका अतिरिक्त थप बजेट छुट्याउन प्रदेश सरकार एवं विभिन्न निकायहरू समेतलाई माग गरिएको छ ।

ध्यानाकर्षण पत्रका कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत तथा कुल ग्राहस्थ उत्पादनको ६ प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्ने नेपाल सरकारको अन्तराष्ट्रिय मंचहरुमा घोषित नीति र प्रतिवद्धता विपरित शिक्षा बजेट क्रमशः घट्दै जादा यसवर्ष १०.९३ प्रतिशत विनियोजन भएकाले राष्टिय तथा अन्तराष्ट्रिय नीति तथा प्रतिवद्धता कार्यान्वयनमा जोड दिन आव्हान गरिएको छ । त्यसैगरी दिगो विकास लक्ष्य ४ ले लिएका उद्देश्यहरु पुरा गर्न प्रदेश सरकारले शिक्षा नीति तर्जुमा गरी कम्तीमा २० प्रतिशत बजेटको सुनिश्चितता गर्न माग गरिएको छ ।

आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क रुपमा बालमैत्री वातावरणमा पाउने अधिकारको रुपमा अंगिकार गरेकोले सोको प्रभावकारी सुनिश्चितता गरियोस् समेत भनिएको छ ।

त्यसैगरी अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ तत्काल कार्यान्वयन गरी विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थीबाट कुनै पनि शिर्षकमा कुनै पनि प्रकारको शुल्क असुल उपर गर्न नपाइने व्यवस्था कार्यन्वयन गर्न तीनै तहका सरकारसंग जोडदार माग गर्दछौं ज्ञापन पत्रमा भनिएको छ । सार्वजनिक शिक्षाका लागि लगानी बृद्धि गर्न प्रगतिशिल कर प्रणालीलाई स्थानीय तहमा लागू गर्ने व्यवस्था मिलाउनुपर्ने र प्रदेश तहमा प्राप्त हुन सक्ने शैक्षिक लगानीका श्रोतहरुको पहिचान र व्यवस्थापनमा तदारुकता देखाउन अनुरोध गर्दछौं ।

अनलाइन तथा प्रविधिको नाममा शिक्षाका निजी क्षेत्रको अनावश्यक संलग्नता अझ बढ्दै जाने देखिन्छ । यसले समाजमा आर्थिक तथा सामाजिक खाडल सिर्जना गर्ने, अल्पसंख्यक तथा सिमान्तकृत समुदायका बालबालिका शिक्षाको पहुँचबाट टाढै रहन सक्ने र अन्ततोगत्वा संविधानले सुनिश्चित गरेको समाजवाद उन्मुख गुणस्तरीय, समावेशी, समतामूलक र निःशुल्क शिक्षा प्राप्त गर्ने मौलिक अधिकारमाथि थप चुनौति थप्ने हुँदा सबै तहका सरकारहरुलाई सजग रहन ध्यनार्कषण गराएको छ ।

प्रदेश तहमा हुने फजुल खर्च कटौती गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार कुल बजेटको कम्तीमा २० प्रतिशत सम्म शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर शिक्षामैत्री बजेट निर्माणका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री कार्यालय संयुक्त टोलीले १७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । सार्वजनिक शिक्षाको सुदृढीकरणका लागि विश्वव्यापी अभियानको नेपाल च्याप्टरको रूपमा सन् २००३ मा शिक्षा अभियन्ताहरूले गठन गरेको शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल (एनसिई–नेपाल) शिक्षा क्षेत्रमा काम गर्ने नागरिक समाजका संगठनहरूको सुपरिचित सञ्जालले ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा संविधानको धारा ५७ अनुसूची ६ मा प्रदेश सरकारलाई शिक्षा सम्बन्धी अधिकारहरु स्पष्ट रुपमा उल्लेख गरिएको भन्दै नगरिक समाज एवम् शिक्षा क्षेत्रमा व्रिmयाशील शिक्षाकर्मी, अभिभावक, पत्रकार तथा सरोकारवालाले संयुक्त रुपमा सबै बालबालिकाहरूले निर्वाध र विना भेदभाव शिक्षा पाउने अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व हो भन्ने कुरालाई जोड दिई यस कार्यमा सबै तहका सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता सहित तपसिलका बुँदाहरुमा प्रदेश सरकार समक्ष आह्वान गर्दछौँ ।’ भनिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा शिक्षा पत्रकार समूह केन्द्रिय उपाध्यक्ष कृष्ण मल्ल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल प्रदेश समिति, लुम्बिनी (संयोजक) हरि अधिकारी, शिक्षा पत्रकार समूह, प्रदेश समन्वय समिति लुम्बिनी (संयोजक) मनोज पौडेल, रिर्पोर्टस क्लब लुम्बिनीका अध्यक्ष रामकुमार क्षेत्री, शिक्षाका लागि राष्ट्यि अभियान जिल्ला समन्वय समिति रुपन्देहीका सुमित्रा शर्मा, शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति कपिलवस्तु–दुर्गा अर्याल सिद्धार्थ सामाजिक विकास केन्द्र (अध्यक्ष) सूर्य कुमारी शाही, कालिका स्वावलम्बन सामाजिक विकास केन्द्र (कार्यकारी निर्देशक अर्जुन थापा लगायतको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?