© २०२३
काठमाडौं,४ साउन । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले विमानस्थलबाट बरामद भएको करिब एक क्विन्टल सुनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता भएको आरोप लगाएका छन् ।
राष्ट्रियसभा बैठकमा बोल्दै उनले गृहमन्त्री श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत जोडिएको बताए । सांसद भट्टराई रुपन्देहीका हुन् । उनी नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।