ट्रेंडिंग:

>> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट >> रमन श्रेष्ठलाई बार अध्यक्ष मिश्रको चुनौती : तपाईँ तयार हो भने सबै वकिलको दलीय सदस्यता खारेज गरौँ >> संविधानको रक्षा गर्न गणतन्त्रवादी दल एक ठाउँमा उभिन सहमत >> पौरस्त्य समाज नेपालको पुनर्गठन >> मुख्यमन्त्री आचार्यद्वारा १० औं मणिमुकुन्द कप पुरुष भलिबल प्रतियोगिताको उद्घाटन >> युवा सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल रूपन्देहीले २३ सय ५० युवा काठमाडौ लैजाने  >> आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ? >> रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर >> बुटवलको बुद्धनगरमा गोली चल्यो >> तातोमा ‘लोहार दाई’ >> सातवटै वडामा उज्यालो समाजका लागि सार्वजनिक प्रतिबद्धता >> पर्यावरण मैत्री लघुकथा वाचनको एक दिन…… >> श्रीनगर घुमघाम र बिचरणको रोमाञ्चकता >> अराजकता नरोकिए शिक्षा प्रणाली ध्वस्तः मन्त्री तिमल्सिना >> रातीमा मणिमुकुन्द भलिबल >> ‘पैसा चुहिने’ भन्सारमा संसदीय समितिको निरीक्षण >> मध्यरातिसम्म प्रधानमन्त्री र सभामुखसँग शिक्षक महासंघको छलफल >> पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै >> लुम्बिनी कप महिला फुटबलमा आर्मीको विजयी सुरुवात >> रुपन्देहीमा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसिप सुरु >> नगरभित्र ट्राफिक व्यवस्थापनमा लचकता अपनाउन ट्राफिक प्रहरीलाई आग्रह >> दाङमा बस दुर्घटना: दुईजनाको मृत्यु >> मणिमुकुन्द भलिवल कप इन्डो नेपाल प्रतियोगिताको तयारी पूरा, उदघाटन खेलमा आयोजक र भारतीय टिम भिड्दै >> देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री >> देवदह र आयोजक वेष्ट्रन विजयी >> गभर्नरमा गुणाकरलाई रोक्न सर्वोच्चमा रिट, आइतबार पेसी >> लुम्बिनीको मासिना बाबा नरेन्द्रपूरी माध्यमिक विद्यालयमा नक्कलको भिडियो लिक >> १०२ ग्राम ब्राउन सुगर सहित दुई युवा पक्राउ >> टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु >> अमेरिकाले फालेका कागज पढेर चीनले निकाल्यो नुनबाट आणविक शक्ति >> सेयर बजार १.९४ प्रतिशतले बढ्यो >> कक्षा १२ को परीक्षा सारिएको छैन, भ्रममा नपर्न बोर्डको अनुरोध >> प्रचण्ड पुगे गौतम बुद्धले बाल्यकाल बिताएको तिलौराकोट क्षेत्र >> यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु >> इभि गाडीको चार्जिङ स्टेशनसंगै ‘द डेली ग्राइण्ड क्याफे’ सन्चालनमा  >> क्यान्सर पीडित धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने तयारी >> ६ महिनापछि पुनः चलायमान भयो हेटौँडा सिमेन्ट उद्योग >> चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउँछौंः प्रधानमन्त्री >> शिलन्यास बहिष्कार गरेकी रेणु अन्ततः भरतपुर सडकको उदघाटनमा >> दाउन्ने सडकखण्डमा एकतर्फी रूपमा मात्र गाडी चल्न थाले >> लुम्बिनी प्रदेश सरकारले ल्याउने बजेट घाटाविहीन, टुक्रे योजनाको अन्त्यतर्फ सरकार >> सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो >> सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि… >> राष्ट्र बैंकका निर्देशक गुणाकर भट्टले दिए राजिनामा >> भीमाको उपचारमा अस्तालको लापरवाही ठहर, १५ लाख क्षतिपुर्ति भराउन अदालतको आदेश >> लमही–कोइलावास सडकखण्डमा बस दुर्घटना, २१ जना घाइते >> दाल धेरै भयो वा बाँकी रहयो, उसो भए सजिलो तरिकाले पराठा बनाएर खानुहोस् >> आज राष्ट्रिय टोलीका तीन सदस्य सहित त्रिभुवन आर्मी क्लब मैदानमा उत्रिदै  >> बिराटनगर एमालेमा ओली पक्षधर क्लिन स्विप, ढकाल समुह बिजयी >> बारामा साढे तीन क्विन्टल बढी गाँजा सहीत ५ जना पक्राउ
सम्पादकीय

आयुर्वेद चिकित्सालयलाई अब्बल बनाऔं

३ श्रावण २०८०, बुधबार
३ श्रावण २०८०, बुधबार

बुटवल ११ देवीनगरमा रहेको प्रदेशकै पहिलो लुम्बिनी आयुर्वेद चिकित्सालयमा विरामी भर्ना गरेरै सेवा सञ्चालन गरिएको सुन्दा जो कसैलाई सुरुमा पत्याउनै गाह्रो पर्दछ तर चिकित्सालयले असार १ गतेदेखि नै बिरामी भर्ना गरेर सेवा सुरु गरेको छ ।

एक महिनाको बीचमा सयौं विरामीले भर्ना भएरै सेवा लिएका छन । लुम्बिनी प्रदेश सरकारको मातहत रहेको चिकित्सालयले १५ शैयाको अस्पताल सञ्चालन गरेपछि चिकित्सालय विरामीको भीड बढ्न थालेको छ । पछिल्लोसमय एलोपेथिकमात्रै होइन आयुर्वेदिक चिकित्सा र औषधीप्रति विरामीको विश्वास बढ्दै गएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालयले अहिलेसम्म बहिरंग सेवामात्रै प्रदान गर्दै आएकोमा पछिल्लोसमय विरामी भर्ना गरेर सेवा दिन थालेपछि आयुर्वेदप्रति विरामी आकर्षित हुनु स्वाभाविक हो ।

आयुर्वेद चिकित्सालयमा दैनिक एकसय बढी विरामी उपचारका लागि आउन थालेका छन । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसाधारण विरामीको आकर्षण बढ्दै जानु भनेको राम्रो पक्ष हो । आयुर्वेद चिकित्सालयमा प्रायः गरेर ज्वरो, रुघाखोकी, बाथ रोग, हाडजोर्नी सम्बन्धी नशा च्यापिएका, छालामा समस्या भएका, युरिक एसिड, निसन्तान, ग्याष्टिकबाट पीडितहरूको उपचार हुन गरेको छ भने चिकित्सालयमा बमन गराएर उपचार गराउनेदेखि बिरचनका साथै थेरापी गराई गर्ने उपचार जस्ता थुप्रै उपचार बिधि प्रयोग गरिएको छ । यसले चिकित्सालयप्रति बिरामीको चाप बढदै गएको छ ।

पछिल्लोसमय एलोपेथिक उपचारमा मानिसहरूको जति बिश्वास छ, अहिले आयुर्बेदिक उपचारमा पनि उत्तिकै बिश्वास बढदै गएको छ । खुसीको कुरा के छ भने चिकित्सालयमा नेपालबाट मात्रै होइन भारतबाट समेत विरामीहरू उपचारका लागि आउन थालेका छन । आर्थिक बर्ष २०७९/०८० मा १८ हजार ७ सय ९५ पुरुष र १३ हजार ३ सय ९५ महिला गरि करिव ४१ हजार विरामीले उपचार सेवा लिएका छन । आयुर्वेद अस्पतालले दिएको यो सेवा महत्वपूर्ण हो ।

चिकित्सालयमा पञ्चकर्म सेवा बिस्तार गरिएको छ भने नागरिक आरोग्य केन्द्र, जेष्ठ नागरिक घरदैलो सेवा, योग सेवा सहित एक सातामा बुटवलका विभिन्न ५ स्थानमा सामुदायिक केन्द्रमा गएर सेवा दिने व्यवस्था गरिएको छ । जेहोस चिकित्सालय प्रशासनले जसरी सेवालाई गुणस्तरीय बनाउने प्रयास गरेको छ, आगामी दिनमा पनि यस प्रकारको सेवामा घटोत्तरी नहोस् ।

एकातिर नेपालबाट हरेक वर्ष अमूल्य र दुर्लभ जडीबुटी ठूलो मात्रामा विदेश निर्यात भैरहेको छ । कर्णाली तथा सुदूरपश्चिम क्षेत्र मात्र हैन, मुलुकका अन्य भागहरूमा पनि त्यहाँको वातावरण सुहाउँदा जडिबुटीहरू पर्याप्त छन् । नेपालभित्र सिंहदरबार वैद्यखानालगायत अनेक प्रतिष्ठित र विज्ञ आयुर्वेद संस्थाहरूले प्राचीन स्वास्थ्य विज्ञानको महत्वपूर्ण विधालाई जीवन्त राखेका छन् । तर आधुनिक शिक्षा पद्धति र नीतिले आयुर्वेद चिकित्सा विज्ञानलाई तुलनात्मक रूपमा अत्यन्त कम महत्व दिएको छ ।

अहिलेपनि आयुर्वेदका क्षेत्रमा सरकारले अत्यन्त कम बजेट छुट्ट्याउने गरेको छ । नेपालमा रहेका अमूल्य जडिबुटी हामी नेपालीले चिन्न नसक्दा विदेश निर्यात भैरहेको छ । कौडीको भाउमा नेपालका जडिबुटी विक्री भैरहँदा हामी मुकदर्शकमात्रै बनिरहेका छौं । आयुर्वेदिक चिकित्सातर्फ आम जनतामा विश्वास जगाउन सकिरहेका छैनौं ।

अमूल्य जडिबुटीहरू तस्करी भैरहेको छ । जसका कारण मुलुकका आयुर्वेद प्रतिष्ठान र औषधालयहरू मारमा परेका छन् । बिडम्वना जंगल, जडिबुटी, जल र जमिनको उचित व्यवस्थापनको नारा दिए पनि जमिनबाहेकका सबै सम्पत्ति र स्रोतहरू नेपालको समृद्धिभन्दा विदेशको स्वार्थमा प्रयोग हुँदै गएको अवस्था छ । त्यसलाई मुलुककै हितमा प्रयोग गर्ने नीति र व्यवहार लागू नहुँदा मुलुकको लागि हानी पुगेको छ । नेपालका आयुर्वेदिक औषधीहरू विदेश निर्यात हुन सकेको छैन ।

अवका दिनमा नेपाली जडिबुटीको उपयोग नेपालकै आयुर्वेदिक अस्पताल र चिकित्सालयमा गरौं । पछिल्लोपटक लुम्बिनी आयुर्वेद चिकित्सालयले जसरी विरामीलाई भर्ना गरेर सेवा दिन सुरु गरेको छ, यसले आम बुटवलबासी र सिंगो लुम्बिनी प्रदेशकै जनतालाई खुसी बनाएको छ । हामी सवै मिलेर लुम्बिनी आयुर्वेद चिकित्सालयलाई अब्बल बनाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission