© २०२३
बुटवल,२९ असार । नेकपा एमालेले आफूहरुको कारणले मिटरब्याज सम्बन्धी विधेयक रोकेको भनेर सरकारले भ्रम छरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले आज विधेयक किन नल्याएको भन्दै प्रश्न गरे ।
उनले गृहमन्त्रीलाई प्रश्न गर्दै भने, आज उपप्रधान तथा गृहमन्त्रीजी पनि देखिनुभएन, सत्तापक्षले एमालेले सदन अवरुद्ध गरेर मिटरब्याजी विरोध विधेयक रोक्यो भनेर आरोप लगाएर बाहिर भ्रम छर्ने प्रयास भयो । तर, आज हामीले हाउस रोकेको छैन । कहाँ गयो विधेयक ?’
उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।