ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

वजेट खर्चमा कमजोर लुम्बिनी सरकार : ११ महिनामा ५० प्रतिशत मात्रै

४ असार २०८०, सोमबार
४ असार २०८०, सोमबार

बुटवल,४ असार । लुम्बिनी प्रदेश सरकार वजेट खर्चमा कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सरकारले ५० प्रतिशत मात्रै वजेट खर्च गरेको छ ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँ वजेट विनियोजन गरेको थियो । त्यसमध्ये जेठ मसान्तसम्म ११ महिनामा ५०.२७ प्रतिशत मात्रै खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका सूचना अधिकारी रविन्द्र अर्यालका अनुसार प्रदेशसभातर्फ चालु र पुँजीगत गरी चालु आर्थिक वर्षमा ३४ करोड ३७ लाख ६६ हजार मध्ये १७ करोड ८६ लाख ६८ हजार रुपैयाँ मात्रै खर्च गरेको छ ।
त्यस्तै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ९८ करोड ११ लाख ९५ हजारमध्ये ३७ करोड २७ लाख, आर्थिक मामिला मन्त्रालयले ४१ करोड ६१ लख ७ हजारमध्ये ९ करोड २८ लाख ६२ हजार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले १ अर्ब ९१ करोड ९४ लाखमध्ये ४७ करोड ६९ लाख ६१ हजार रुपैयाँमा मात्रै खर्च गरेको छ ।

त्यस्तै कृषि तथा भूमि व्यवस्था मन्त्रालयले २ अर्ब, ४७ करोड ९५ लाखमध्ये ९५ करोड ६५ लाख १९ हजार, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले ६३ करोड २ लाख ११ हजारमध्ये २९ करोड ९१ लाख ७३ हजार, वन तथा वातावरण मन्त्रालयले २ अर्ब २० करोड ७० लाख रुपैयाँमध्ये १ अर्ब५२ करोड १९ लाख खर्च गरेको अर्यालले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले १३ अर्ब ७४ करोड, १६ लाखमध्ये ७ अर्ब ३३ करोड ३८ लाख रुपैयाँ, खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयले ६अर्ब ९२ करोड २६ लाखमध्ये ३ अर्ब ५७ करोड २३ लाख, सामाजिक विकास मन्त्रालयले ३ अर्ब ७३ करोड ५० लाख मध्ये १ अर्ब ५६ करोड ५६ लाख र स्वास्थ्य मन्त्रालयले ४ अर्ब ५८ करोड, १६ लाख ५९ हजारमध्ये २ अर्ब २५ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।

प्रदेशले यही असार २४ गतेभित्र चालु आर्थिक वर्ष २०७९–०८० को भुक्तानी निकास गरिसक्न सार्वजनिक सूचना जारी गरेको छ । यसअनुसार लुम्बिनी प्रदेशलाई २१ दिनमा २१ अर्ब २० करोड खर्च गर्नुपर्ने छ । तर समय अभावले उक्त वेट खर्च हुने देखिंदैन ।

सूचना अधिकारी कोष नियनत्रक अर्यालका अनुसार असार २४ सम्म २० देखि २५ प्रतिशत वजेट खर्च गर्न सकिन्छ । यदि २५ प्रतिशत वजेट खर्च भएको खण्डमा कुल ७५ प्रतिशत वजेट खर्च हुनेछ । बाँकी २५–३० प्रतिशत रकम फ्रिज हुने सम्भावना रहेको कोष नियन्त्रक अर्यालले बताए ।
यसअघि कुल प्रसाद केसी नेतृत्वको सरकारले आर्थिक वर्ष २०७८।७९ मा ७१.१४ प्रतिशत मात्रै वजेट खर्च गर्न सकेको थियो । त्यसअघि नेकपा एमाले नेतृत्वको सरकारले भने ८०देखि ९० प्रतिशतसम्म बजेट खर्च गर्न सफल भएको थियो ।

पुर्व आर्थिक मामिला मन्त्री वैजनाथ चौधरीले माओवादी कांग्रेस गठबन्धनको सरकारसंग वजेट कार्यान्वयनको क्षमता , दक्षता र योग्यता केही पनि नभएकाले वजेट कार्यान्वयन हुन नसकेको बताउंछन् । ‘वजेट खर्च गर्न सरकारको नेतृत्व र मन्त्रीको योग्यता क्षमता चाहिन्छ, कर्मचारीलाई विश्वासमा लिन सक्नुपर्छ तर यो सरकारले यी सब गर्न चुकेको छ’– चौधरीले भने–‘ठूला आयोजनाहरुमा वजेट कटौति गरेर खुद्रे योजनामा रकम छरेपछि वजेट कार्यान्वयनमा असर पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?