ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा
फ्रन्टपेज

खोला स्वार्थ खोज्दै जनप्रतिनिधि

जिससले स्टक देखाएको देवदहको नदीजन्य पदार्थ जनप्रतिनिधिको मिलोमतोमा गायब
१८ जेष्ठ २०८०, बिहीबार
१८ जेष्ठ २०८०, बिहीबार

बुटवल,  जेठ
आर्थिक वर्ष २०७७/२०७८ मा देवदह नगरपालिकाका ७ वटा खोलामा ठेक्का लाग्यो । जसमा चरङे बीच खोलामा श्रेष्ठ टे«डिङ ट्रेड सप्लायर्स श्रेष्ठ कन्स्ट्रक्सन, रोहिणी खोलामा आचार्य बिल्डर्स, भलुही खोलामा लुम्बिनी देवदह कन्स्ट्रक्सन, घोडाहा सरन खोलामा कुशव निमार्ण सेवा, घोडाहा पुलदेखी टटेरामा खनाल कान्छा सप्लायर्स, घोडाहा दाउन्ने खोलामा बज्रगुरु महालक्ष्मी जेभी र घोडाहा दाउन्ने खोलामा एसियाटिक रिजाल जेभीको ठेक्का लाग्यो । जेठको पहिलो हप्ता उनिहरु काम थाले । समय परिस्थिती भने फरक भयो । नदीजन्य पदार्थ निकाल्ने शुरुवातमा कोभिड संक्रमणको विपद आईपर्यो । जसोतसो खोलाबाट नदीजन्य पदार्थ निकालेका ठेकेदार कम्पनीहरु माल बेच्ने र स्टक गराउन लागे । खोलाबाट निकालिएको नदीजन्य पदार्थ एक वर्षसम्म स्टक भयो । यसबिचमा स्थानिय निर्वाचन सम्पन्न भयो । नया जनप्रतिनिधि निर्वाचित भए । जिल्ला समन्वय समितिबाट २०७८/२०७९ भन्दा अघिसम्मको आर्थिक वर्षहरुमा ठेक्का सम्झौता भई संकलन स्थानमै रहेको स्टक सामग्री अनुगमन र नापजाप गरि २०७९ भदौ २ गते समितिका प्रमुख उमाकान्त चपाईको अध्यक्षतामा बसेको बैठकको परिणाम एकिन गर्यो । यही आधारमा नगरले सुचना प्रकाशित गर्यो । विभिन्न खोला ठेक्काबाट निकालिएर डम्पिङ साईडमा तोकिएको परिणामको नदीजन्य पदार्थ एक हप्ताभित्र कागज पेश गरि उठाउन देवदह नगरपालिकाको वातावरण तथा विपद ब्यवस्थापन शाखाले २०७९ भदौ ११ गते सुचना प्रकाशित गर्यो । योसंगै ठेकेदार कम्पनीहरुले तोकिएको जरिवाना तिरेर स्टकका सामानहरु बिक्री गर्ने तरखर गरे ।

देवदह नगरपालिका वडा नं १० स्थित चरङे खोलामा ठेक्का लिएका श्रेष्ठ कन्सट्रक्सनले १ करोड ५१ लाख रुपैयामा खोला ठेक्काको टेन्डर बुझाएको थियो । कम्पनीको सम्झौैता बमोजिमको ७ लाख ५ हजार ४ सय ११ घनफिट परिणाम हुने र स्टकमा २ लाख ५४ हजार ७ सय ८५ घनमिटर जिससको अनुगमनमा देखिएको छ । ‘हामीले तोकिएको परिणामको राजश्व तिरेका छौ ।’–ठेकेदार मधु श्रेष्ठले भने ।

लगानी गरेको ठेक्काबाट आम्दानी हुने मुख्य समयमा भने लकडाउन र चरङे सडक निमार्णकै कारण ठेकेदार कम्पनीलाई काम गर्न कठिनाई भयो । खोला ठेक्का लिएका हरि कुमार श्रेष्ठ नदीजन्य पदार्थ बिक्री गर्न नसकेको बताउछन । ‘कोभिड संक्रमण र पहुचमार्गको समस्याको कारण स्टक गरिएको सामाग्री उठाउन सकिएन ।’–उनले भने । ढिलाई भएको कारण पालिकाबाट जरिवाना ५ लाख ६४ हजार ३ सय ३० रुपैया तिरेको उनले दाबी गरे । राजश्व तिरेपछि सामान उठाउन जादा वडाअध्यक्षले बिक्री आदेश नभएको भन्दै प्रहरी बोलाएर ८० हजार रुपैया जरिवाना तिराएको छ । यो अवधिमा बिक्री आदेश लिनकै लागि नगरपालिका र वडा धाउदा जनप्रतिनिधिहरु नै स्टकको नदीजन्य पदार्थ बेच्नेतिर लागेको उनको आरोप छ ।

यता देवदह नगरपालिका वातावरण तथा विपद ब्यवस्थापन शाखाका ईन्जिनियर रबि पाण्डेले नगरमा स्टक गरिएका नदीजन्य सामाग्रीहरु बैद्य र अबैद्य गरि दुइ प्रकार रहेको बताए । कार्यपालिका बैठकबाट बैद्य रुपमा स्टक गरिएका ठेकेदारहरुलाई राजश्व तिर्न ताकेता र अन्तिम समयमा कालोसुचिमा राख्नेसम्मको सुचना जारी गरेको बताए । गैरकानुनी रहेकालाई जफत गर्ने वा आफनो योजनाहरुमा हाल्ने गरि वडास्तरमा जिम्मा दिईएको उनले बताए । जरिवाना तिरेका ठेकेदार कम्पनीहरु कानुनी र बैद्य भएको उनि बताउछन ।

स्टकको नदीजन्य पदार्थमा वडाअध्यक्षको मस्ती

चरङे बीच खोलाको ठेक्काको स्टक गरिएको शान्ति टोलको नदीजन्य पदार्थ बुधबार देवदह नगरपालिकामा वडा नं १० का वडाअध्यक्ष एकबहादुर सुनारले जेसिभी, ट्रिपर र टयाक्टर प्रयोग गरेर निकाल्दै गरेको भेटिए । जिससको अनुगमनबाट पुष्टि भएर नगरपालिकामा स्टकको रकम बुझाएको नदीजन्य पदार्थ नै वडाअध्यक्षले बेच्न लागेको आरोप ठेकेदार कम्पनीको छ । देवदह नगरपालिका वडा नं १० स्थित चरङे खोलामा २०७८÷२०७९ मा श्रेष्ठ कन्सट्रक्सनले १ करोड ५१ लाख रुपैया बराबर मुल्यमा ठेक्कामा २ लाख ५४ हजार ७ सय ८५ घनफिट स्टक रहेको जिससको अनुगमनमा देखिएको छ । तोकिएको परिणामको राजश्व तिर्दा पनि माल उठाउन नपाएको ठेकेदार कम्पनीका केशव रोक्काले बताए । जनप्रतिनिधि विकासको नाममा आम्दानी गर्नेतर्फ जोड दिने गरेको देखिन्छ ।

देवदह नगरपालिकाको मुख्य राजश्वको श्रोतका रुपमा खोला ठेक्का रहेको पाउछौ । नगरमा संचालन भएका योजनाहरुको नाममा नदीजन्य सामग्री बेच्नेसम्मको काम भैरहेको स्थानिय बासिन्दाहरुको गुनासो छ । रकम तिरेको स्टक सामान योजनाको नाममा उठाउदै गरेको अवस्थामा बुधबार वडाअध्यक्ष सवारीसाधनसहित पक्राउ पर्नु एउटा उदाहरण हो । वडाअध्यक्षले वडाको बैठकबाट निमार्ण कार्यमा जफत गरिएको नदीजन्य सामान लगाउने निर्णय गरेको भनेपनि आवश्यक कागजी २ घण्टासम्म ल्याउन नसकेको रोक्काको दाबी छ ।

प्रहरीको रोहबरमा पक्राउ परेका एउटा जेसिभी, २ वटा टयाक्टर वडा कार्यालय रामनगरमा ल्याएको केही समयमा नै नगरप्रमुख ध्रुव खरेलको आदेशमा छोडिदिएको छ । ठेकेदार कम्पनीका नवराज थापाले बैद्य स्टक गरिएको नदीजन्य सामाग्री वडाअध्यक्षले बेच्न खोजेको आरोप लगाए । ‘हामीले राजश्व तिरे बराबरको स्टकको सामान पाउनुपर्छ ।’– उनले भने । राजश्व तिरेको स्टकको सामान अवैध नहुने उनको तर्क छ ।

वडाअध्यक्ष एक बहादुर सुनार जफत भएको माल भएको दाबि गर्दै कार्यपालिकाबाट खाल्टाखुल्टी पुर्ने निर्णय भएको बताए । वडामा समेत निर्णय भएको उनले बताए। पालिकाबाट सुचना जारी भए अनुसार राजश्व तिरेर केही कम्पनीहरुले माल उठाएको बताए। वडामा सिज भएका मालहरु भलुहीको बयरडाडा, शान्तिचोक र चिसापानीमा समेत रहेको दाबी गरे ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%