ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

‘एक घर एक धारा’ नारामै सीमित

१३ जेष्ठ २०८०, शनिबार
१३ जेष्ठ २०८०, शनिबार

दाङ, १३ जेठ ।

लुम्बिनी प्रदेश सरकारले अघि सारेको ‘एक घर एक धारा’ अभियानले पूर्णता पाउन सकेको छैन । सरकारले ल्याएको यो कार्यक्रममा स्थानीय पालिकाले पनि साथ दिँदै आएपनि पूर्णता पाउन चुनौती देखिएको छ । अझै पनि खोल्साको पानी पिउनुपर्ने बाध्ता छ । दाङका १० वटा पालिकामध्ये अधिकांश पालिकामा अझै सहज खानेपानीको पहुँच पुग्न सकेको छैन । बजार क्षेत्रमा धारामार्फत खानेपानीको व्यवस्था गरिएपनि यो चौबिसै घण्टा उपलब्ध हुन सक्ने अवस्था छैन ।

घोराही –१ का नविना बुढाले पानीको जोहो गर्दागदै बिहान बित्ने गरेको बताउँछिन् । “घर नजिकै पानीको सुबिधा नभएका कारण पानीको लागि दिनमा एक घण्टाको समय लाग्ने गर्छ”– उनले भनिन् । गाउँले सबैको पानीखाने एउटामात्र जरुवा छ । चैत, वैशाखमा पानीको समस्या धेरै हुने गरेको उनले बताइन् । स्थानीय सरकारले पानीको बिस्तार गर्ने हो भने आफ्ना दुःख कम हुने आशा उनलाई छ ।

ग्रामीण क्षेत्रका बस्तीमा परम्परागत रुपमा प्रयोग हुँदै आएका ईनार, ह्याण्डपम्पबाट पानी उपलब्ध हुने भएपनि सुख्खा ठाउँमा जरुवा, खोल्सा, खोलाको पानी पिउनु पर्ने बाध्यता छ । जिल्लाको गढवा गाउँपालिकाको सीमावर्ती क्षेत्रका बासिन्दा पिउने पानीका लागि प्राय संघर्षरत छन् ।

उनीहरुलाई पानीका लागि खोल्सा, खोला, जरुवाको भर पर्नुपर्ने बाध्यता छ । केही स्थानमा मुहान संरक्षण गरेर पानीको व्यवस्था गरेका स्थानीयले भरपर्दो रुपमा बाह्रै महिना खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् । जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ९ का पहाडी क्षेत्रमा पनि अझै सहज रुपमा पिउने पानीको व्यवस्था हुन सकेको छैन । हिउँद र गर्मी मौसममा यस क्षेत्रका बासिन्दा खोल्साको जमेको पानी संकलन गरेर जीविकोपार्जन गर्न बाध्य हुन्छन् । आर्सेनिक मिसिएको तथा शुद्धीकरण नभएको पानी खानु उनीहरुको बाध्यता छ ।

लमही नगरपालिकाको वडा नम्बर ८, ९ का केही बस्तीमा पनि सहज रुपमा खानेपानीको उपलब्ध हुन सकेको छैन । श्रोतको पानी प्रयोग गर्दै आएका स्थानीयलाई हिउँद र गर्मी मौसममा पानीका लागि दुःख झेल्नुपर्छ ।

दाङका दुई उपमहानगरपालिकाका केही वडामा अझै पनि खानेपानी बिस्तार हुन सकेको छैन । घोराहीका विकट मानिएका वडा नम्बर १, २, ५, ११, १२, १९ का बस्तीहरुमा अझै सहज रुपमा खानेपानी बिस्तार हुन सकेको छैन ।

उता, तुलसीपुरका केही वडाबासी पनि खानेपानीकै लागि तड्पिनु पर्ने अवस्था छ । बंगलाचुलीको केही वडाहरु, दंगीशरणको वडा नम्बर २, ३, शान्तिनगरको केही बस्ती, बबईको वडा नम्बर १, २, ३, ७ का केही गाउँमा अझै खानेपानीको हाहाकार छ । केही ठाउँमा मुहान संरक्षण गरेर पाईपमार्फत पानी पुर्याउने प्रयास भएपनि सुरक्षित पानी उपलब्ध हुन सकेको छैन ।

दाङमा एक लाख ६२ हजार दुई सय ६६ परिवार छन् । ती मध्ये धेरै जसो परिवार खानेपानीको जोहो गर्नमै समय बिताउने गरेको छ भने पानी उपलब्ध हुने ठाउँमा पनि सुरक्षित पानी पाउन मुस्किल देखिन्छ ।

नागरिकले वर्षौदेखि पानीका लागि संघर्ष गरिरहँदा राज्यले यो क्षेत्रमा लगानी गरेको जस्तो गरे पनि उपलब्धि न्यून देखिएको छ । खासगरी, गर्मीको समयमा खोला र कुवा सुकेर काकाकुल बन्दै गर्दा समेत खानेपानीका सरकारी योजना पर्न सकेका छैनन् । परेका योजना पनि वर्षौंसम्म अधूरा छन् । यो पटक सरकारले उपलब्ध गराउने बजेट पनि सुनिश्चित हुन नसक्दा प्रकृयामा रहेका योजना पनि अलपत्रको अवस्थामा पुगेका छन् ।

प्राय कागजमा चल्ने अभियानले सार्थकता नपाएको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले पनि देखाएको छ । जिल्लामा ६५ हजार चार सय ८० परिवारले डिप बोरिङको र २५ हजार छ सय १८ ले कुवा, जरुवाको पानी खाने गरेको तथ्यांक छ ।

बाँकी परिवार ह्याण्डपम्प, जरुवा र खोलाकै भरमा आर्सेनिक मिसिएको तथा शुद्धिकरण नभएको पानी खान बाध्य छन् । खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख भोला थापाले खानेपानी योजनाअन्तर्गत डिप बोरिङ तथा खोला, जरुवाको पानीमा किटनाशक औषधि प्रयोग गर्ने गरेको जानकारी दिए । सतहको पानी प्रयोग हुने ह्याण्डपम्प र कुवाको पानी जमिनको माथिल्लो तहबाटै आउने भएकोले आर्सेनिक र खोलाको पानीमा शुद्धता नहुन सक्छ ।

खानेपानीका विकासका योजनालाई पूरा गर्न नसक्दा सुरक्षित खानेपानी पिउने सपनामा धक्का लागेको छ । दाङमा अझैपनि ट्युवेल र ह्यान्ड पम्पबाट पानी खाने परिवार १९ हजार छ सय ८१ छन् । कुवाको पानीमा आश्रित परिवार ४२ हजार चार सय ३६ छन् । जसमा नछोपेको खुला कुवाको पानी खाने परिवार १६ हजार छ सय १० छन् । चार हजार छ सय ७१ परिवार त थोपा पानीको भरमा छन् । नदी र खोलाको भरमा दुई हजार पाँच सय ६६ परिवार छन् । दाङमा जार र बोतलको पानी खाने परिवार पाँच सय चार मात्रै छन् भने अन्य स्रोतबाट पानी खाने एक हजार दुई सय १० परिवार छन् ।

काम पूरा भएका र अन्तिम चरणमा रहेका आयोजनाको भुक्तानी गर्न बजेट सुनिश्चित नहुँदा भुक्तानी दिन सक्ने अवस्था पनि नरहेको प्रमुख थापाले बताए । बजेट अभावमा थलिएका र कामै शुरु नभएका खानेपानी आयोजना जिल्लामा एक सय ४२ वटा रहेको खानेपानी डिभिजन कार्यालय दाङले जनाएको छ । जिल्लामा दुई सय ८६ खानेपानीका ठूला साना योजना र केही पुराना आयोजना सम्पन्न गर्ने लक्ष्य रहेकोमा सरकारले अति न्यून बजेट छुट्याउँदा क्रमागत योजनासमेत थला परेको कार्यालय प्रमुख थापाले जानकारी दिए । जसले गर्दा जिल्लाका धेरै जसो स्थानमा सहज खानेपानीको पहुँच पुर्याउने लक्ष्यमा धक्का लागेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?