ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा
पुल नहुँदा पाँच गाउँका विद्यार्थी प्रभावित

हिउँदमा स्कुल, बर्खामा भर छैन

११ जेष्ठ २०८०, बिहीबार
११ जेष्ठ २०८०, बिहीबार

चन्द्रौटा(कपिलवस्तु),  जेठ ।- कपिलवस्तुको विजयनगर गाउँपालिकाको एक विद्यालयका विद्यार्थी जोखिमपूर्ण यात्रा गर्नबाध्य भएका छन् । वडा नम्बर–१ अवस्थित आधारभूत विद्यालय थरौलीका विद्यार्थी जोखिम मोलेर विद्यालय आवतजावत गरेका छन् ।
हिउँदको समयमा जेनतन विद्यालय जाने विद्यार्थीहरु बर्खाको समयमा भने विदालय जानबाट बञ्चीत हुदै आएका छन् । कतिपय विद्यार्थीहरुले ज्यान नै जोखिममा राखेर खोला तरी विद्यालय जाने गरेको भएपनि अधिकांस सानो उमेरका बालवालिकाहरुभने बार्खामा विद्यालय नै जादैनन ।
चिरई खोलामा पुल नभएकैकारण बालबालिका विद्यालय जाँदा बर्खाको उर्लिदो विद्यार्थी जोखिम मोलेर खोला तर्छन् । वड नम्बर–५, ६ दालपुर, नौरंगया, छुट्पाटि, खजानिया, उज्ज्वलपुरका बालबालिका छुट्पाटी–थरौलीघाट जोड्ने पुल नहुँदा जोखिम यात्रा गर्ने गरेको स्थानीय बताउँछन् । कक्षा ६ मा अध्ययनरत अर्का विद्यार्थी बन्दना पालले चिरई नदीकै कारण कैयौं पटक कक्षामा उपस्थित हुन नसकेको उनी बताउँछिन् । “नदी तर्दा कहिले काहिँ त पाठ्यपुस्तक नै लगायत बग्ने, भिज्ने गरेको छ’ ः उनले भनिन् ।
पटकपटक पुल माग गर्दा समेत सम्बन्धित निकायको ध्यान नदिँदा वर्षातको समयमा खोला तर्न जोखिम मोल्नु परेको बाध्यता रहेको शिक्षिका जसमती यादवले बताइन् । उनले भनिन् ः “पुल नहुदाँ विद्यार्थीहरूको पठनपाठन नै प्रभावित हुने गरेको छ ।“ यादवले थपिन ः “ पुल नहुदाँ विद्यार्थीहरुले जोखिम मोलेर खोला पार गर्छन, कहिले काहीँ पढाइ सुरु भैसकेपछि मात्रै विद्यालयमा उपस्थित हुन्छन्, जसले गर्दा उनीहरुलाई अध्ययनमा समस्या हुने गर्दछ ।“
खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या हुना थालेको छ । अधिकांश विद्यार्थी खोला तरेर विद्यालय पुग्ने गर्छन् । वर्षौदेखि पुल नहुँदा स्थानीयले ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता रहेको छ । हिँउदको समयमा जोखिम कम हुने भएपनि बर्षातको भेलमा खोला तर्न निकै सकस हुने गरेको स्थानीय कृष्ण पौडेल बताउँछन् ।
खोलाकै कारण बालबालिकालाई विद्यालय पठाउन समेत समस्या हुने गरेको अभिभावक अनिल थारुले बताए । विद्यार्थीहरु मात्रै होइन्, यहाँका स्थानियहरुले पनि घाँस दाउरा, मेलापात चिरई नदि तरेर गर्नुपर्ने बाध्यता छ’ उनले भने । बर्षातको समयमा आधा बढी विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेको उनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक तुल बहादुर सारुले भौगोलिक रुपले खोलाको किनारमा रहेको बताउँदै यस क्षेत्र दुर्गममा रहेको दावी गरे । उनका अनुसार विद्यालयमा करिब ५ सय विद्यार्थी अध्ययन गर्न आउने गरेको छन् । जसमध्ये २ सय ६५ विद्यार्थी पारीबाट वारी विद्यालय आउने गरेको छन् ।उक्त खोलामा पुलकालागि पटकपटक सम्बन्धित निकायमा ढोका ढकढक्याउन पुगेको स्थानीय बताउँछन् । तर यसतर्फ स्थानीय, प्रदेश तथा केन्द्र सरकारको खासै ध्यान नगएको गुनासोसमेत गरेका छन् । यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले पुल निर्माण खर्चिलो भएको हुनाले प्रदेश र केन्द्र सरकारसँग पहल गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?