ट्रेंडिंग:

>> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि
स्थानीय सरकार

चुरेको पहिरो रोक्ने कि डोजर चलाउने ?

१० जेष्ठ २०८०, बुधबार
१० जेष्ठ २०८०, बुधबार

बुटवल, जेठ । हरेकबर्ष बर्षायामको शुरुआतसँगै बुटवलको माथिल्लो भेगका बासीन्दा ज्योतिनगरको पहिरो सम्झेर चिन्तित हुने गर्दछन् । बुटवल उपमहानगरपालीका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर, लक्ष्मीनगर, बमघाट, गोलपार्क, मिलनटोल, संगमटोलका सयौं घर ज्योतिनगरको पहिरोबाट पीडित छन् । पानी पर्न थाल्यो कि माथि पहिरोतिर हेर्ने, झर्न थाल्यो कि पोका पुन्तुरा बोकेर भाग्ने गर्दछन् ।
यहाँका जनता दशकौंदेखि उक्त पहिरोजन्य समस्याको समाधान पर्खेर बसेका छन् । स्थानियका अनुसार बर्षेनी लाखौं रुपैयाँ पहिरो नियन्त्रण तथा रोकथामका लागि लगानी भैरहेको भएपनि नतिजा प्रभावकारी ढंगको आउन सकेको छैन । यसबर्ष मात्रै झण्डै ८५ लाखको काम भएको छ भन्दा सायदै कसैले पत्याउला । हुन त यहाँका ५७ जना पहिरो पिडितलाई तत्कालिन नगरपालीकाले २०५७ सालमा बुटवल १२ तामनगरमा स्थानान्तरण गरिएको थियो ।
बर्षेनी दर्जनौं घरमा क्षति पुराउने सो पहिरोको दिर्घकालिन समाधान खोज्न सरकारसँग पिडितहरुले माग गरेका छन् । हरेकबर्ष बर्षायाममा बुटवलका हजारौं जनताको लागि अभिसाप बन्दै आईरहेको ज्योतिनगरको पहिरो नियन्त्रणका लागि प्रयाप्त मात्रामा प्रयासहरु नभएको भन्दै स्थानियले चिन्ता ब्यक्त गरेका छन् । ठुलो बाढीसहितको पहिरो आउने ढुंगा मुडा काठसहित बगाएर आउदा बालबच्चासहित भाग्नु परेको स्थानियहरु बताउछन् ।


उनिहरुका अनुसार बुटवल उपमहानगरपालीका वडा नम्बर ३ र ४ मा पर्ने ज्योतिनगर, लक्ष्मीनगर लगाएतका स्थानहरु पहिरोको उच्च जोखिममा रहेको भएपनि यसको रोकथाम र नियन्त्रणका लागि भैरहेका प्रयासहरु प्रभावकारी बन्न सकिरहेका छैनन् । यद्यपी पहिरो प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्यहरु गर्ने प्रयास भैरहेको वडा सदस्य अमृत खड्काको भनाई छ । यो बर्ष दुईस्थानमा ८५ लाख बराबरको काम भैरहेको भन्दै सदस्य खडकाले बजेट कम भएकाले पहिरो नियन्त्रण तथा रोकथामको काम प्रभावकारी हुन नसकेको बताउछन् ।
बर्षेनी करोडौंको धनमालको क्षति गर्ने सो पहिरो नियन्त्रण र रोकथामका लागि चेकड्याम लगाएतका आवश्यक कार्यहरु भैरहेको बुटवल उपमहानगरपालीका वडा नम्बर ३ का अध्यक्ष बिष्णुप्रसाद ढकालले बताएका छन । पहिरो नियन्त्रण तथा रोकथामका लागि बर्षेनी करोडौं रुपैयाँ बजेट खर्च भैरहेको उल्लेख गर्दै स्थानिय तहको बजेटले मात्र संभव नभएकोले प्रदेश र संघमा समेत माग गरि पहिरो नियन्त्रण तथा रोकथामको काम भैरहेको अध्यक्ष ढकालको भनाई छ । पहिरोको माथिल्लो भेगबाट नाला बनाएर पानीको बहावलाई उत्तरी क्षेत्रबाट चिडियाखोला तर्फ निकास दिइएको र तल्लो भेगमा ढुंगामाटो हटाउने र पर्खाल लगाउने कार्य भैरहेको उनले जानकारी गराएका छन ।
चुरे क्षेत्रमा हेक्साभेटर डोजर लगाएत मेसिन प्रयोग गर्न नहुने निति बिपरित पहिरोको माथिल्लो भेगसम्मै मेसिन पुराएर उत्खनन् ब्यबस्थापन गर्ने कार्य भैरहेको भन्दै कतिपय बुद्धिजिवीहरुले चिन्ता ब्यक्त समेत गरेका छन् । यसबारेमा बुटवल उपमहानगरपालीका र वडा कार्यालय भने बेखवर रहेको बताइएको छ । मेसिन प्रयोग गरिएको बारे आफुहरुलाई थाहा नभएको उपमहानगर र वडा कार्यालयले जनाएको छ ।
नगरप्रमुख खेलराज पाण्डेले भने—“स्थानिय आवश्यक्ता र बाध्यताको अवस्था सिर्जना भएका कारण निर्माण ब्यबसायीहरुले स्थानिय पहिरो पीडितहरुको सहयोगमा मेसिन प्रयोग गरिएको हुनसक्छ । वातावरणिय अनुकुलनका हिसावले प्रयोग गर्न नमिल्ने हो तर स्थानिय र निर्माण ब्यबसायीको सहमतीमा वा स्थानियको दवावमा प्रयोग भएको हुन सक्छ । हामीले मेसिन प्रयोग गर्न स्विकृती दिएका छैनौं । प्रयोग गरेका खण्डमा कानुन बमोजिम कारबाही हुन्छ ।”
त्यसो त ज्योतिनगर पहिरो रोकथाम र नियन्त्रणका लागि बर्षेनी दर्जनौं बैठक, छलफल, गोष्ठि सेमिनारहरु पनि नभएका हैनन् । तिनै तहका सरकार र सरकारी निकायबाट गरिने यस्ता कार्यक्रमबाट खासै उपलब्धी नदेखिएको स्थानियहरु बताउछन् । सरकारी प्रतिनिधीका अनुसार काम भैरहेको छ तर प्रभावकारी काम नहुदा समस्या जहाँको तही छ । बर्षेनी दर्जनौं घरमा क्षति पुराई करोडौंको धनमालको क्षति गर्ने सो पहिरो नियन्त्रणको लागि स्थायी र दिर्घकालिन समाधान खोज्न सरकारसँग पिडितहरुले माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?