ट्रेंडिंग:

>> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा
फेरिएको लाईसेन्स कार्यालयः

हप्ता दिनमा ‘सवारी लाईन्सेन्स’

विचौलिया मार्फत काम नगर्नको लागि विहान देखि साँझसम्म माईकिङ्ग, सेवाग्राहीका लागि सहयोगी कर्मचारीको व्यवस्था समेत गरिएको छ । भद्रगोल अवस्थामा रहेको बुटवलको सवारी चालक अनुमती पत्र कार्यालय बेलबासमा सरेपछि सुधारहरु देखिन थालेका हुन ।
९ जेष्ठ २०८०, मंगलवार
९ जेष्ठ २०८०, मंगलवार

बुटवल, जेठ ।
कुनै दिन थिए सवारी चालक अनुमती पत्र (लाईसेन्स)का लागि बर्षौसम्म पनि आवेदन खुल्दैनथियो, खुल्योकी सर्भर डाउन, निश्चित कोटा मात्रै खुल्ले गर्दथ्यो । आवेदन दिएको बर्षौ सम्म पनि परिक्षा मिति आउने थिएन, परिक्षा भएपनि भद्रगोल, सयौंको संख्यामा एउटै हलमा हुलेर परिक्षा, परिक्षा भएको महिनौसम्म पनि नतिना नआउने, लिखित परिक्षा पास गरेको महिनौं पछि मात्रै प्रयोगात्मक परिक्षा(ट्रयाल), अनी बल्ल सवारी चालक अनुमती पत्र ।

तर अहिले यो सबै एकादेशको कथा जस्तो हुन थालेका छन् । यातायात क्षेत्रमा भएको सुधारको कारण अहिले सुधारका संकेतहरु देखिन थालेका हुन । पछिल्लो समयमा प्रत्येक हप्ता परिक्षा हुन्छन्, त्यै पनि निश्चित कोटामा, अनी परिक्षा आफ्नै कार्यालय परिषरको हलमा, परिक्षा भएको हप्तामा प्रयोगात्मक परिक्षा, हप्ता दिन भित्रै सवारी चालक अनुमती पत्र ।

पछिल्लो समयमा युवा नेतृत्व, केही नयाँ गर्ने हुटहुटीका साथ नियुक्ती भएका केही उर्जावान कर्मचारीको कारण अहिले सेवा प्रवाह फेरिएका हुन ।
सरकारी कार्यालय परिषरमा भित्र पिउने पानी, फ्रि वाईफाई जोन, कार्यालय भित्र विचौलिया लाई प्रवेश निषेध, सवारी चालक अनुमती पत्रको आवेदन दिएको १५ दिनमा सवारी चालक अनुमती पत्र हातमा पर्ने । यो अहिले बुटवल–१३ बेलबासमा रहेको ‘सवारी यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालय’को सुधार हो ।
यति मात्रै होईन, कुनै पनि विचौलिया मार्फत काम नगर्नको लागि विहान देखि साँझसम्म माईकिङ्ग, सेवाग्राहीका लागि सहयोगी कर्मचारीको व्यवस्था समेत गरिएको छ । सरकारी कार्यालयमा सरी सुधार भएको करिव एक महिनादेखि हो । पहिला भद्रगोल अवस्थामा रहेको बुटवलको सवारी चालक अनुमती पत्र कार्यालय बेलबासमा सरेपछि केही सुधारहरु देखिन थालेका हुन ।
अहिले लाईसेन्सका लागि ट्रयाल परिक्षा दिनको लागि दैनिक कोटा निर्धारण गरिएको हुन्छ । कार्यालय प्रमुख महेश पाण्डेका अनुसार अहिले दिनमा जम्मा ६ सय जनाको मात्रै ट्रयाल दिने गरी कोटा निर्धारण गरिएको छ । लिखित परिक्षा पास भएका सेवा ग्राहीहरुले हप्ता दिन भित्र ट्रयालमा सहभागी हुन पाउछन्, ट्रायल दिएको सोही दिन नै सवारी चालक अनुमती पत्रको प्रमाण पत्र प्राप्त गर्दै आएका छन् ।
कार्यालय प्रमुख पाण्डेले सरकारी कार्यालयलाई नमुना बनाउनका लागि आफुले हदै सम्मका कामहरु गर्दै आएको बताउँछन् । आफु कार्यालय प्रमुख भएर आएको एक महिनामा सेवा ग्राहीहरुका लागि अनलाईन प्रणालीमा सुधार गरी प्रत्येक दिन नै आ

वेदन दिन मिल्ने व्यवस्था गरिएको उनले जानकारी दिए । विगतका बर्षहरुमा सवारी चालक अनुमती पत्रका लागि महिनौं, बर्षौंसम्म हुनुपर्ने अवस्था रहेको थियो ।
सवारी चालक अनुमती पत्र कार्यालयका प्रशासन शाखाका श्रीराम पाण्डेका अनुसार सेवा ग्राहीहरुको सहजताका लागि कुर्ची सहितको प्रतिक्षालय समेत निर्माण गरिएको छ । पहिला महिनौ सम्म पनि परिक्षा नहुने गरेकोमा अहिले आफ्नै भवनमा प्रत्येक हप्ता परिक्षा हुदै आएको छ ।

लिखित परिक्षा पास गरी ट्रयाल (प्रयोगात्मक परिक्षा)का लागि महिनौं कुनुपर्नेमा अहिले परिक्षा पास गरेको एक हप्तामा नै परिक्षार्थीले प्रयोगात्मक परिक्षामा सहभागी हुन पाउने गरी व्यवस्था मिलाइएको छ । यसको अलवा एसएमएस प्रणाली मार्फत परिक्षामा सहभागीको नतिजा हेर्ने पाउने, ट्रायल तालिका र समय घरमा नै बसेस एसएमएस बाट गर्न सक्ने गरी व्यवस्था मिलाइएको प्रशासन शाखा श्रीराम पाण्डेले जानकारी दिए ।
विगतका बर्षहरुमा दिनभरी नै प्रतिकुल मौसममा ट्रायलको लागि लामो लाईन लाग्नुपर्ने कुर्नु पर्नेमा अहिले विहान ७ बजे देखि दिउँसो १२ बजे सम्ममा सबै परिक्षार्थीहरुको ट्रायल परिक्षा हुने व्यवस्था गरिएको छ । कोटा निर्धारण गरिएको कारण सहज भएको जनाइएको छ ।

कार्यालयका कम्प्युटर अप्रेटर विकास नेपालीका अनुसार अहिले दैनिक ६ सय मात्रै सेवा ग्राहीहरुले सेवा प्रवाह हुदै आएको हो । जसमा मोटरसाईकलको २००, स्कुटरको १०० वटा, गाडीको १०० वटा र अन्य ट्रयाक्टर, रिक्सा, मोपेड, लोडर, एक्साभेटर आदीको ५०÷५० गरी ६०० वटा को मात्रै ट्रायल हुदै आएको छ ।
विगतमा सयौंको संख्यामा लिखित परिक्षा पास भएकाहरु सहभागी हुँदा दिन भरी नै ट्रयाल गर्नुपर्ने अवस्था अन्त्य गरिएको छ ।
यसको साथै अहिले कार्यालयले मेडिकल शुल्क समेत घटाएको छ । कार्यालय परिषर भित्र नै मेडीकल गर्दा विगतका दिनमा १ सय ५० रुपैयाँ लिने गरेकोमा अहिले मात्रै १०० मा मेडिकल रिर्पोट दिने व्यवस्था मिलाइएको छ ।
विगतमा लिखितको परिक्षा बुटवलमा रहेको एक विद्यालयमा हुदै आएकोमा अहिले भने कार्यालय मा नै निर्माण गरिएको परिक्षा हल मा प्रत्येक हप्ताको विहिबार परिक्षा गरिदै आइएको छ । वि.स. २०७९ बैशाख महिनामा बेलबासमा कार्यालय सरेको थियो ।
आगामी आर्थिक बर्षमा मोवाईल एप्स मार्फत सेवा ग्राहीहरुले रकम बुझाउने देखि लिएर सवारी चालक अनुमती पत्रको आवेदन दिने, नविकरणका लागि आवेदन दिने लगायतका काम गर्ने गरी बजेट विनियोजन गरिएको छ । जसबाट सेवा ग्राहीहरुले सहज रुपमा सेवा प्रवाह हुने जनाइएको छ ।
स्थानीय सेवा ग्राही अरुण ठाकुरले कार्यालयमा धेरै सधार गरिएको कारण सहज भएको बताउँछन् । विगतका दिनमा घण्टौ लाईन लाग्नुपर्ने, परिक्षाका लागि कुनुर्पे अवस्था अहिले नभएको बताए । यस्तै अर्का सेवा ग्राही दिपक पाण्डेयले केही सुधारका काम भएको बताउँदै अझै व्यवस्थित गर्नुपर्ने बताए ।

यातायता व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र कार्यालयमा हाल सम्म नयाँ सवारीचालक अनुमती दर्ता ९५ हजार २ सय ५७ वटा रहेका छन् भने वर्ग थपका लागि अनुमती पत्र दर्ता ३१ हजार ५ सय ४८ रहेका छन् । यस्तै सवारीचालक अनुतमी पत्र नविकरण ३० हजार ६सय ९३ जनाले गरेका छन् ।

कम्प्युटर अपरेटर विकास नेपालीका अनुसार प्रतिलिपी ६ सय ६८ जनाले लिएका छन् भने नविकरण प्रतिलिपी ७ सय २१ जना, नयाँ सवारी चालक अनुतमी पत्र जारी ४४ हजार ५ सय ९४ जनाले गरेका छन ् । यस्तै वर्ग थप सहितको सवारी चालक अनुमती पत्र १३ हजार ६ सय ५४ जनाले प्राप्त गरेका छन् । यो आर्थिक बर्षमा कुल २ लाख १७ हजार १ सय ३५ वटा सवारी चालक अनुमती पत्र जारी भएका छन् । २४ करोड ६३ लाख ६ हजार ५ सय राजश्व संकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?