© २०२३
नवलपरासी, जेठ- जिल्लाको गण्डक क्षेत्रका भत्किएको बाँधको मर्मत तथा कटान रोक्ने कार्यमा भारतिय पक्षले ढिलो गरि काम शुरु गरेपछिस्थानियबासीले कामको गुणस्तर प्रति आशंका ब्यतm गरेका छन् । हिउँदभर काम नगरी बर्षायाम आउन एक महिना रहदा गण्डकको भत्किएको काम गर्न ठेकेदार आएपछि कामको गुणस्तर प्रति स्थानियवासीले आशंका ब्यक्त गर्न थालेका हुन् ।
ढिलो गरि काम शुरु गर्दा हतार हतारमा कमसल सामग्री प्रयोग गर्न पाईने र समाग्री नदीले बगाएर लगेको विभिन्न बहाना बनाउदै विल बनाउने कार्य मात्र हुने गरेको स्थायिनको आरोप रहेको छ । हरेक बर्ष जस्तै यो बर्ष पनि गण्डक क्षेत्रमा भारतिय पक्षद्धारा हुने कार्य ढिलो भएको छ,स्थानिय लख्खु यादवले भने,यसले भारतिय ठेकेदारले काम भ्रष्टाचारको बाटो रोजेका छन् । गण्डक बाँधको मर्मत सम्भार नहुँदा स्थानिय त्रसित छन् । बेला बेलामा स्थानियले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदै आएको भए पनि भारतिय ठेकेदारको रवैया उस्तै रहेको उनको भनाई थियो । कुन काम कति गर्ने हो ? त्यसको लगत स्टिमेट पनि स्थानिय वा सरोकारवाला निकायलाई थाहा छैन् । कुन समाग्रीकहाँबाट ढुवानी गरी ल्याउने हो ? त्यसबारे पनि उनीहरुले निक्र्यौल गरेका छैनन् । यसले गर्दा पनि उनीहरुको काम प्रति स्थानियको आशंका हुनु स्वभाविक भएको उनले बताए ।
गण्डक नदी नियन्त्रण संघर्ष समितिले पनि बेला बेलामा गण्डक बाँध सम्बन्धि भएको सम्झौता कार्यान्वयन गर्नका लागि आवाज उठाउने गरेको छ । तर सरकारी निकाय त्यस प्रति मौन नै रहने गरेका छन् । २०६५ सालमा गण्डक संघर्ष समितिद्धारा भएको एक महिने आन्दोलन पश्चात २१ बुदे सहमति भएको थियो । तर ति सहमति अनुसार अहिले पनि काम भई रहेको छैन् । सन २०१६ सालमा नेपाल भारत विच भएको गण्डक सम्झौता भारतिय ठेकेदारलाई कमाई खाने भाडो मात्र बनेको छ । जबकी गण्डक बाँध भत्किएमा नेपाल भन्दा कम क्षति भारतले ब्यहोर्नु पर्दैन् । गण्डक बाँध अन्तरगतको वि ग्याप बाँध,लिँक बाँध,नेपाल बाँध अति नै जोखिम अवस्थामा छ । ति बाँध भत्कियो भने नेपालको सुस्ता,प्रतापपुर र सरावल गाउँपालिका प्रभावित हुनेछ । जबकी भारतको महराजगंज,देवरिया,गोरखपुर बस्ती जिल्लासम्म प्रभावित बनाउने छ ।
यसप्रति भारतको गंगा बाँध नियन्त्रण आयोगले बेला बेला भारतिय प्राविधिक र ठेकेदारलाई चेतावनी दिदै आए पनि ठेकेदार र प्राविधिकहरुमा कुनै सुधार आएको छैन् । जहिले पनि काम ढिलो गर्ने,कमसल समाग्री र कम समाग्रीको प्रयोग गर्ने गर्ने गरेका छन् । नेपाली पक्षको कुरा परै जाओस भारतिय प्रशासनिक निकायले पनि अनुगमन गरि धेरै पटक चेतावनी दिई सकेको छ । केही बर्ष पहिला पनि आयोगले चार जना इन्जिनियरलाई निलम्बन गरि कारवाही समेत गरेको थियो । करोडौको बजेट ठूलो मात्रामा हुने घोटालाले प्राविधिक इन्जिनियरको मिलोमतोमा मोटो रकम हात पार्ने हुदा इन्जिनियरहरुले कारवाहीको उपेक्षा गरि रकम केन्द्रित हुने हुँदा पनि गण्डक बाँधको काममा समस्या हुने गरेको छ । हालसम्म १० अर्ब भन्दा बढि भारतले बाँध क्षेत्रमा लागनी गरेको बताउदै आए पनि सो बराबरको काम हेर्न सक्ने अवस्था छैन् । गण्डकमा लगानी बालुवामा पानी जस्तै भएको बताउदै उनले यस प्रति स्थानियबासी र स्थानिय तहका जनप्रतिनिधि र स्थानिय प्रशासनले नै चाँसो लिनु पर्ने बताए ।
नेपालको कुटनीति हैसियत असफल जस्तै छ,यसमा सामाजिक र स्थानिय स्तरबाट दवाव बढाउन सके मात्र गण्डक समस्या समाधानतर्फ जान सक्ने स्थानियबासीहरुको भनाई रहेको छ । ठेकेदारहरुले काम गर्न गण्डक बाँधमा छाप्रो बनाएर बस्न थालेका छन् । बाहिरबाट आउने अनुगमन निकायले एक छिन काम हेरेर मात्र फर्कने गर्छन् । फर्केपछि फेरी पनि ठेकेदारहरुको रवैया त्यही नै रहन्छ । यो समस्या जटिल नै रहेको हुदा गण्डक दिर्घकालिन रुपमा समस्या बन्दै गएको स्थानियबासीले महशुस गर्न थालेका छन् । स्थानियबासीलाई नै गुमराह पार्दै केही स्थानिय खोला माफियाहरुले गण्डक नदीकै बालुवा चोर्ने,बेच्ने र छडिक स्वार्थमा लागेको हुँदा उनीहरुलाई पनि नियन्त्रण गर्दै जिल्ला स्थित स्थानिय प्रशासन र जिससले काम गर्नु पर्ने स्थानियवासीले बताएका छन् ।