© २०२३
देश निर्माणको लागि उर्जावान युवा शक्ति आवश्यक रहेको प्रदेश नम्बर ५ का योजना आयोग उपाध्यक्ष डा. श्रेष्ठेले बताएका छन् ।
रोट¥याक्ट क्लव अफ तिनाउ सिटीको तेस्रो पदहस्तान्तरण तथा धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष डा. श्रेष्ठले यसको लागि प्रदेश सरकार हातेमालो गरेर अगाडी बढ्ने बताएका हुन । रोट्रायक क्लव अफ तिनाउ सिटीको बर्ष २०१७÷०१८ का अध्यक्ष उमेश अधिकारीले बर्ष ०१८÷०१९ ले प्रकाश पराजुलीलाई पद हस्तान्तरण गरेका हुन ।
कार्यक्रममा बर्ष २०१७÷०१८ का अध्यक्ष उमेश अधिकारीले बर्षभरी गरेका कामको प्रगति प्रतिबेदन गरेका थिए । त्यस्तै पदहस्तान्तरण पछि बोल्दै क्लवका अध्यक्ष प्रकाश पराजुलीले समयको महत्वलाई बुझेर सामाजिक कार्यमा अग्रसर हुने बताए ।
कार्यक्रममा एसिस्टेन डिष्ट्रिक गर्भनर ३२९२ का राजेन्द्र ढकाल, रोटरी क्लव अफ बुटवल साउनका संस्थापक अध्यक्ष डा. आरसी आचार्य, रोट्रायाक क्लव अफ तिनाउ सिटिका संस्थापक अध्यक्ष ज्ञानेन्द्र गिरी, रोट्रायक क्लव अफ बुटवल साउनका बर्ष ०१८÷०१९ का अध्यक्ष प्रकाश पौडेल लगाएतले बोलेका थिए ।