ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

प्रदेश सरकारसँग अपाङ्ग महासंघका ३८ सुत्रीय माग

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ले संघीय, प्रदेश र स्थानीय सरकारहरुसंग अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समाबेशीकरण गर्दै लैजानका लागि प्रदेश नं ५ को प्रदेश सरकारलाई ३८ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
महासंघले शुक्रबार प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र बुझाएको हो । सधै अरुको सहायतामा जीवन यापन गर्नु पर्ने अति अशक्त र पुर्ण अशक्त अपाङ्गता भएका ब्यक्तिहरुको लागि प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता ज्यादै न्युन रहेको भन्दै महासंघले सामान्तय जीवन जिउन सहज हुने गरि क्रमश रु ६ सय बाट बृद्धि गरि रु ५ हजार र २ हजार बाट बृद्धि गरि 10 हजार बनाउन माग गरेको राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले जानकारी दिए ।
ज्ञापन पत्र बुझ्नै मुख्य मन्त्री पोखरेलले अपाङ्गताको क्षेत्रमा प्रदेश सरकार सकारात्मक भएको भन्दै यसमा ठोस योजना सहित प्रदेशमा यस्तो कार्य अगाडी बढाउनुपर्ने माग अपाङ्गता क्षेत्रबाट आउनुपर्नेमा बताएका थिए । उनले भने–‘हामी अपाङ्गताको क्षेत्रमा सकारत्मक रहेका छौं, ठोस योजना सहित तपाईहरु आउनुहोस्, हामी कार्य अगाडी बढाउनन तयार छौं । ’
यस्तै सर्बोच्च अदालतले २०६९ साल श्रावण २९ गते गरेको फैसलाको कार्यान्वयनको लागि पुर्ण अशक्त अपाङ्गता र बौद्धिक अपाङ्गता भएका ब्यत्तिहरुको सहयोगिको ब्यवस्था गर्न आबश्यक बजेट बिनियोजन गर्न र अपाङ्गता भएका ब्यक्तिहरुको रोजगारीमा अभिबृद्धि हुने गरि तालिम र रोजगारीको सुनिश्चितता सहित बिउ पुजी हुने गरि बजेट बिनियोजन गर्न माग गरेको छ ।
त्यसैगरी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा भएका व्यवस्थाहरूका आधारमा प्रदेश स्तरमा नीति तथा कार्यक्रम तय गरि आबश्यक बजेट विनियोजन गर्न र उनिहरुले आफै रोजगार हुने गरी व्यवसाय, संस्था, उद्योग, कम्पनी संचालन गर्दा दर्ता शुल्कमा पुर्ण छुट र अन्य व्यक्तिहरुलाई पनि रोजगारमा समावेश गर्ने भए ५० प्रतिशत छुट को व्यवस्था गर्न पनि माग गरेको छ ।
समावेशी शिक्षा नीति २०७३ लाई पूर्ण रूपमा लागू गराउन सबै विद्यालयलाइ अपाङ्गता बाल मैत्री बनाउन पहुँचयुक्त छात्रवासको व्यवस्था गर्ने,नविनतम प्रविधिको माध्यमबाट अध्ययन तथा अध्यापनको व्यवस्था , तालिमप्राप्त शिक्षक तयार गर्न र विद्यालयको शिक्षक,विद्यालयको भौतिक वातावरण पहुँच युक्त बनाउनुका साथै वि.स.२०६९ सालमा नेपाल सरकार मन्त्री परिषदबाट पारित भएको “अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त भौतिक संरचना, सूचना तथा सञ्चार सेवा निर्देशिका २०६९“ मा तोकिएका मापदण्डहरू अनिवार्य कार्यान्वयन गर्नुपर्ने माग गरीएको छ ।
प्रदेश तहमा निर्माण गरिने भौतिक, सामाजिक, आर्थिक ,सास्कृतिक, योजनामा अपाङ्गता भएका व्यक्तिका सवालहरूलाइ समावेश गराउने र यसको लागि योजना निर्माण देखी कार्यान्वयन र अनुगमनमा समेत अपाङ्गता भएका व्यक्तिका संस्थाहरूलाइ सहभागी गराउन र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरू लगायत बौद्धिक अपाङ्गता, अटिजम, मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापनाको लागि प्रदेश पुनस्र्थापना केन्द्र, दिवा सेवा केन्द्र आदि स्थापना गर्नुपर्ने लगायत ३८ सुत्रीय माग अगाडी सारीएको महासंघ प्रदेश नं ५ अध्यक्ष कल्पना ढकालले जानकारी दिईन् ।
ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेलले प्रदेश सरकार र स्थानीय तह अहिले नीति नियम बनाउने क्रममा रहेकोले प्रदेश र स्थानीय तहका नीति निर्माण गर्दा अपाङ्गमैत्री बनाउनका लागि महासंघले ७ वटै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी गराए । यसमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसि पनि सरात्मक रहेको जनाइएको छ ।
सम्मेलनमा महासंघका केन्द्रीय सदस्यद्धय शिव प्रसाद ज्ञवाली, रामरतन हरीजन प्रदेश नं ५ का संयोजक भावुकजंग थापाले बोल्दै आफुहरुले राखेका माग प्रति मुख्य मन्त्रीले सकारात्मक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?