ट्रेंडिंग:

>> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार

दाङको मावि रझेनामा विज्ञापन नगरी शिक्षकलाई हाजिरी

१० बैशाख २०८०, आईतवार
१० बैशाख २०८०, आईतवार

  घोराही,१० बैसाख । घोराही उपमहानगरपालिका १८ को मावि रझेनामा एक जना शिक्षकलाई विशेष अदालतले सफाई दिएपछि विद्यालयले तिनै शिक्षकलाई विज्ञापन नगरेर हाजिरी गराएको छ । बिद्यालयका प्रअ उद्धब न्यौपानेलाई कानुनलाई लत्याउदै हाजिरी गराइएको हो । तर, घोराही उपमहानगर शिक्षा महाशाखाले त्यो प्रकृयाले कानुनि मान्यता नपाउने जनाएको छ । महाशाखाका प्रमुख विनोद गौतमले विज्ञापन गरेर शिक्षक नियुक्त गर्नुपर्नेमा अख्तियारले विशेष अदालतमा मुद्धा चलाएको र अहिले विशेष अदालतले सफाई दिएपछि अस्थायि करारमा रहेका शिक्षकलाई विज्ञापन नै नखोलि हाजिरी गराउनु कानुन विपरीतको काम हुने बताए ।
‘विद्यालयले विशेष अदालतले सफाई दिएको कुरा महाशाखालाई जानकारी गराएको छ, विद्यालयमा अस्थायि करारमा रहेका शिक्षक गणेश केसिका विरुद्ध अख्तियारले मुद्धा चलाएको थियो, अहिले विशेष अदालतले सफाई दिएपनि डाइरेक्ट ल्याएर विद्यालयमा हाजिर गराउन मिल्दैन, त्यो कानुनि विपरीत हुन जान्छ, विज्ञापन अनिवार्य नै खोल्नुपर्ने हुन्छ’ महाशाखा प्रमुख गौतमले भने । विद्यालयका प्रअ न्यौपानेले महाशाखासंग कुनै समन्वय नगरेर र त्यसमा विद्यालय ब्यवस्थापन समितिको म्याद गएको वेला शिक्षक हाजिरी गराएको कुरा आएको छ, विज्ञापन नखोलि त्यस्तो काम गरेको पाईए महाशाखाले कानुनि दायरामा ल्याउने छ–गौतमले थपे ।
उनले अस्थायि करारमा रहेका शिक्षकहरुको १५ दिन अनुपस्थित रहे वा मुद्धा मामिला भए स्वत निलम्वनमा पर्ने भएकाले त्यस्तो अवस्थामा अनिवार्य विज्ञापन गर्नुपर्ने कानुनि प्राब्धान रहेको जानकारी दिए । विशेष अदालतले सफाई दिएको भए सोही शिक्षकले पनि नयाँ विज्ञापन खुलेमा आवेदन दिन सक्ने पनि उनले बताए । सिटिईभिटीमा भर्ना गरीदिने भन्दै विद्यार्थिवाट पैसा उठाउनेक्रममा अख्तियारले विद्यालयका शिक्षकलाई रङ्गेहात समातेको थियो । शिक्षा समितिका संयोजक राममणि पाण्डेले जुनसुकै विद्यालयमा विज्ञापन विना शिक्षक राख्न नमिल्ने बताए । उनले विज्ञापन विना शिक्षक राखेको भए महाशाखाले स्वत वदर गर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?