ट्रेंडिंग:

>> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार
बढ्यो गर्मी

भैरहवामा ४४,बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम

तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्‍याउने चिकित्सकहरु बताउंछन् ।
५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

बुटवल,५ बैसाख ।   बुटवल र भैरहवामा ह्वात्तै गर्मी बढेको छ । मंगलबार भैरहवा र नेपालगन्जमा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । दिउसो २ बजेर १८ मिनेटको तापक्रम मापन अनुसार भैरहवामा नेपालमै सबैभन्दा धेरै ४४ डिग्री र  बुटवलमा ४० डिग्री सेल्सियस तापक्रम छ ।  विश्वव्यापीरुपमा विश्वसनीय मानिने एक्कुवेदर डटकमका अनुसार बढ्दो तापक्रमका कारण बुटवलको हावाको गुणस्तर एकदमै खराब (नाजुक) देखिएको छ ।

यस्तै भैरहवा र नेपालगन्जको हावाको गुणस्तर अस्वस्थकर देखिएको छ ।
धनगढी र बीरगन्जको तापक्रम समान ४३, जनकपुरको ४२ र काठमाडौंको ३१ डिग्री सेल्सियस रहेको छ । आज दिउसो तानसेनको तापक्रम ३८ र मुस्ताङको डिग्री सेल्सियस रहेको एक्कुवेदर डटकमले देखाएको छ ।
काठमाडौंको हावाको गुणस्तर पनि नाजुक (खराब) छ ।

तातो हावाले वायु प्रदुषण हुने र यसले बालबालिका, बृद्धबृद्धा र विरामीको श्वास प्रस्वासमा असर पुर्‍याउने चिकित्सकहरु बताउंछन् ।
यस्तो गर्मीमा अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन, निस्कुनु परे छाता ओढेर हिंड्न र प्रशस्त पानी पिउनुपर्ने सुझाव फिजिसियन डाक्टर नन्दु पाठकको छ ।

बढ्दो गर्मीसंगै झाडा पखाला,लगायतका मौसमी रोगहरुको संक्रमण बढ्ने भएकाले स्वास्थ्यमा विशेष सतर्कता अपनाउनुपर्ने डा. पाठकको सुझाव छ ।
प्रदेश वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक निर्मल चौधरीले अघिल्लो वर्षको तुलनामा यस वर्ष छिटै गर्मी (तापक्रम) बढेको  बताए ।

मानवीय व्यवहार र गतिविधि,उद्योग,कल कारखानाले तापक्रम बृद्धि र वातावरणमा असर गर्ने बताउंछन् । फोहोर मैलाको उचिव व्यवस्थापन नहुंदा पनि हावा प्रदुषित हुने उनले बताए । जंगलमा आगलागीका घटनाले पनि वायु प्रदुषण र तापक्रम बढ्नमा भूमिका खेलेको चौधरीले बताए ।
तीनै तहका सरकारले मौसम र वातावरणीय सचेतनामा उचित ध्यान दिई नागरिकलाई सुरक्षित बनाउन ध्यान दिनुपर्ने चौधरीको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?