ट्रेंडिंग:

>> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता

ओखरकोटमा डोको बुन्ने प्रतियोगिता

२ बैशाख २०८०, शनिबार
२ बैशाख २०८०, शनिबार

बुटवल,२ बैसाख । नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोको बुन्ने प्रतियोगिता, परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता सम्पन भएको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्षका साथ परम्परागत घरेलु सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
ओखरकोट चोयाचित्र उद्योगले आयोजना गरेको डोको बुन्ने प्रतियोगिता परम्परागत घरेलु सामग्री प्रदर्शन तथा लोकनृत्य प्रतियोगिता कार्यक्रममा डोको बुन्ने कार्यक्रम विशेष आकर्षक बनेको छ । जिल्ला समन्वय समिति प्युठानका अध्यक्ष धरमबहादुर जीसीले स्थानीय उद्योगले तयार पारेका सामग्रीहरु स्थानीय तहहरुले कार्यालय प्रयोजन तथा अन्य कामका लागि खरिद गरी सहयोग गर्न आग्रह गरे । स्थानीय उत्पादन बाँसको सदुपयोग गर्ने उद्देश्यले यसअघि पनि चैत्र २४ गतेदेखि चोयाचित्रबाट विभिन्न सामग्री बनाउने तालिम सञ्चालन गरिएको थियो। एक हप्ताको छोटो तयारीमा पनि आकर्षक सामाग्रीहरु बनाउएर प्रदर्शन गरिएको छ ।
चोयाचित्रा तालिम ४५ दिनसम्म सञ्चालन हुने समितिका अध्यक्ष प्रदिप जी सी ले जानकारी दिए । सहभागी तालिमका क्रममा डोको, मान्द्रो, डाला, सुपो, बास्केट, ढाकि, प्रिङगो, ढडिया, मुडा, स्टुल बेन्च टेबुल, चियादानी, ट्रे, ओरो, सिङ्के कुचो, बाकस तथा विभिन्न चरा तथा फूलका आकर्षक चित्रहरु बनाउन सफल भएका छन्।
तालिमका प्रमुख प्रशिक्षक धनकुटा निवासी तुलमान राईले तालिम दिइरहेका छन् । उनका अनुसार ओखरकोटमा रहेका बाँसले सिङ्गो नेपाललाई पुग्ने सामग्री उत्पादन गर्न सकिने छ । तालिममा स्थानीयहरुले निकै चासो दिएर सामग्री निमार्ण गरी आम्दानी गर्न थालेको राईले बताए ।
डोको बुन्ने प्रतियोगितामा स्थानीय आठ जनाले सहभागीता जनाएका थिए । ५० वर्षीय रामबहादुर बिकले ५९ मिनेटमै ९५ डिग्रिको कोणमा १८ ईन्च गोलाईमा १८ ईन्च डायमिटरको डोको तयार पारे । त्यस्तै सोही साईजमा ६५ मिनेटमा डोको तयार पारी स्थानीय अर्जुन बिक दोस्रो र गंगाबहादुर सुनारले आकर्षक डोको तयार गरी तेस्रो स्थान जित्न सफल भए ।
प्रतियोगिले प्रथम पुरस्कार बापत तीन हजार नगद, दोस्रोका लागि दुई हजार नगद र तेस्रो हुनेका लागि एक हजार, सान्त्वनाले एक हजार र प्रमाणपत्र प्राप्त गरे । डोको बुन्ने प्रतियोगितामा भाग लिने सहभागी सबैलाई ओखरकोट चोयाचित्र उद्योगका अध्यक्ष प्रदिप जिसीले नगद पाँच सयका दरले पुरस्कार उपलब्ध गराए ।

लोकनृत्यतर्फ चौध जनाले सहभागिता जनाएका छन् । त्यसमा प्रथम अस्मिता थापा जी सी, दोस्रो मनिसा पुन मगर, तेस्रो सबिना जी सी, सान्त्वना बिना र शिक्षाको जोडी भएका छन् बिजेता हुनेले क्रमश: तीन हजार, दुई हजार, एक हजार र पाँच हजार नगदसहित प्रमाणपत्र प्राप्त गरे । कार्यक्रमको लागि झिम्रुक गाऊँपालिकाको आर्थिक सहयोग संगै ईन्जिनियर दिनेश पोखरेल, कृष्ण जी सी काठमाडौं , गौमुखी सेकेण्डरी इङ्गलिस स्कुल मच्छी, वडा सचिव भगवता शर्मा, वडा नं ८ का अध्यक्ष तुलस बस्नेत, पत्रकार लोकेन्द्र सुनारको सहयोग रहेको कार्यक्रम संयोजक राम बहादुर जी सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?