ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

गुल्मीमा ‘एक घर एक धारा’

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

चुनावको समयमा विभिन्न दलहरुवाट उमेद्वार बनेका सबैजसो उमेद्वारहरुको प्राय एउटै नारा बनेको थियो ‘एक घर एक धारा’ । यही नारालाई अघि सारेर स्थानीयहरुको मत कसरी आफुतिर तान्ने भनेर दलका उमेद्वारहरुलाई चुनावी अभियानमा निकै कसरत गर्नु परेको थियो । गत वर्ष सम्पन्न तीन वटै तहका चुनावका उमेद्वारहरुको प्रमुख नारा पनि यही नै थियो
उनीहरुको यो नारावाट धेरै नागरिकहरु आशावादी बन्दै उक्त नारावाट प्रभावित पनि भए । सधै खाईपिइ आएको धारामा पानी खस्ने नखस्ने शंका र आशंकाकाबिच यो नारा पुरा गर्न जनप्रतिनिधीका लागि यतिवेला निकै चुनौतीको बिषय भएको छ । तर केहि स्थानीय तहमा यो नारा पुरा हुँदै जान थालेपछि नागरिकका मनमा आजभोली थप आशा पलाउन थालेको छ ।
नागरिकले लामो समय स्थानीय सरकार र जनप्रतिनिधिको अनुभुति गर्न पाएनन् । जसका कारण गाउँको विकास सोचे अनुसार अगाडी बढ्न सकेन् । अहिले स्थानीय तहहरु योजनाका साथ योजना र बजेट अगाडी बढाईरहेका छन् । चुनावको समयमा जनतासँग गरेका वाचाहरुलाई सम्झदै जनप्रतिनिधिहरु उक्त वाचा पुरागर्न शुरु गरेका छन् ।
मालिका गाउँपालिकाले घमिरको वार्ड नम्बर ७ अन्र्तगत कुमाल गाउँबाट यो अभियान शुरु गरेको थियो । अहिले भर्खरै कुमाल गाउँ खानेपानी योजना माार्फत ४५ घरधुरीमा धारा निर्माण गरी खानेपानी पु¥याएका वडाध्यक्ष बेद प्रसाद पन्थीले बताए । सोहि गाउँपालिकाको वडा नं ४ अर्खबाङ्गको घडेरीमा घडेरी खानेपानी आयोजना सुरु भई हाल ४९ वटा धारा बनिसकेका छन् ।
आर्थिक बर्ष ०७५÷७६ मा खानेपानीको क्षेत्रमा मात्रै गाउँपालीकाले ७० लाखभन्दा बढी रकम विनियोजन गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष शोभाखर गिरीले जानकारी दिएका छन् । घरमै पानी आएपछि सोहि स्थानकी माया कुमाल आफैमा यतिवेला दंङ्ग छन् । ‘खोलामा गएर पानी ल्याउँथे, धारामा पानी थाप्दा पिटापिट समेत हुन्थ्यो,’ उनले भनिन्,‘घरमै धारो खस्ला भनेर सोचेकी पनि थिईन ।’
त्यस्तै धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकमा जैसिथोक लिफ्टिङ्ग खानेपानी आयोजना मार्फत ९३ घरमा एक घर एक धारा जडान गरिएको छ । भने वडा नं ६ धुर्कोट रजस्थल चौरका २३ घरमा एक घर एक धारा र कमेरे पानीमा २७ घरधुरिमा खानेपानी पुगेको छ, भने एक सय ३३ घरधुरीलाई पुग्ने गरी अर्को योजना छिट्टै संचालनमा आउने पोखरेलले जानकारी दिएका छन् ।
आर्थिक बर्ष ०७५÷७६ मा गाउँपालिकाले यो अभियानकै पूर्णताका लागि एक करोड ५० लाख विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत लोकहरी थापाले बताए ।
मुसिकोट नगरपालिका वडा नम्बर ६ स्वाँरामा गोर्खा वेल फेयरको सहयोगमा ४२ घरमा धारा पहिलेदेखि नै संचालनमा छन् । वडा नम्बर ९ उर्लेनीमा पहिलेदेखि नै पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको सहयोगमा ३५ घरधुरीमा सेवाले घरघरमै खानेपानी पिउँदै आएको नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत घनश्याम न्यौपानेले बताएका छन् ।
नगरपालिकाले वार्ड नम्बर २ देउरालीको सौरपाटामा एक सय ८१ घरधुरीलाई पुग्ने गरी खानेपानी योजना संचालनमा ल्याएको छ । आउँदो असोजमा निर्माण सकिने छरधारा बाङ्गे खिफ्टिङ खानेपानी योजना निर्माण भैरहेको छ । जसबाट एक सय ८४ घरधुरि लाभाम्बित हुने मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए ।
त्यस्तै वडा नम्बर ६ भुवाचिदिमा बेल्टारी भुवाचिदि खानेपानी योजना, ठूलापधेरा दासिकोट खानेपानी योजना र खस्थोक खानेपानी योजना निर्माणको काम पनि भैरहेको सापकोटाले जानकारी दिनु भयो । उक्त योजना सम्पन्न हुँदा तीन सय ४३ घर परिवारमा खानेपानी पुग्ने लक्ष्य नगरपालिकाको छ
आर्थिक बर्ष ०७५÷०७६ मा खानेपानीका लागि नगरपालिकाले तीन करोड रकम बिनियोजन गरेको छ । जिल्लाका रेसुंगा नगरपालिका इस्मा, मदाने लगायतका गाउँपालिकाले पनि एक घर एक धारा अभियान अन्र्तगत ५० लाखदेखि तीन करोड रुपैंयासम्म बजेट बिनियोजन गरेर काम गरिरहेको बताईएको छ ।

Photo: File sourse Google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?