© २०२३
न्यु होराइजन अंग्रेजी आबासीय मावि बुटवलमा अन्तरसदनात्मक परम्परागत पोशाक प्रदर्शन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयमा कक्षा ८,९ र १० बाट १ सय ५० बिद्यार्थीले सहभागिता जनाएका थिए । कार्यक्रममा न्यु होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले विद्यार्थीहरूको धर्म संस्कृतिको संरक्षण र संबद्र्धन गर्नका लागि गरेको यसप्रकारको कार्यक्रमले उर्जा थपेको बताए । उनले न्यु होराईजन सामाजिक तथा सांस्कृतिक क्लबले आयोजना गरेको कार्यक्रमको प्रशंसा गरे ।
कार्यक्रममा न्यु होराइजनका उपप्राचार्य बालकृष्ण भण्डारी, अर्का उपप्राचार्य बासुदेब अर्याल, राजीब श्रेष्ठ, कार्यक्रम संयोजक कल्पना पाण्डे, क्लबका अध्यक्ष सुदिप पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा निर्णायकहरू दुर्गा गुरूङ, एलिजा तुलाधर, लोकेन्द्र शाह र जगत राना रहेका थिए । सबै धर्म समुदायको संस्कृति झल्काउने गरि स्कुलमा पहिलो पटक यसप्रकारको कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक कल्पना पाण्डेले बताइन् ।
प्रतियोगितामा गंगालाल सदन प्रथम, शुक्रराज सदन द्वितिय र दशरथ सदनले तेस्रो स्थान हासील गरेको बिद्यालयका शिक्षक प्रकाश गौतमले बताए । बिजेता बनेका गंगालाल सदनबाट रितिका यादब बिद्या बलाल, स्नेहा पुन, शुक्रराज सदनबाट सकिरा थकाली, क्रितेश काफ्ले, इरूप बानु, रजनी बलामी र दरशथ सदनबाट लक्ष्मी श्रेष्ठ, आरजी लम्साल, सुप्रिया गौतम, हिमानी श्रेष्ठलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । सर्बोत्कृष्ट पोशाकमा बिद्या बलाललाई पुरस्कृत गरिएको थियो ।