© २०२३
“चौका छक्का लगाऔं , बालविवाह तथा लैङ्गिक हिंसाको अन्त्य गरौ ।” भन्ने मुल नाराका कपिलवस्तुको तौलिहवामा सम्पन्न किशोरी क्रिकेट प्रतियोगिताको उपाधी सिर्जनशिल किशोरी समुहले ५ बिकेट अन्तरले जितेको छ ।
१६ ओभर निर्धारित प्रतियोगिताको पहिलो ईनिङ्गमा नवज्योती किशोरी समुहले अलआउट हुदै ६९ रन जोडेको थियो । ब्याटिङ्ग तर्फ नव ज्योतीका राजकुमारी यादव र उषा यादवले समान १०÷१० रन जोडेका थिए भने सिर्जनसिलकी पुजा थारुले ४ बिकेट लिएकी थिईन । ७० रनको लक्ष्यले मैदानमा उत्रिएको सिर्जनसिलले ११ ओभर ५ बलमा ५ बिकेट गुमाउदै ७० रन जोडेको थियो ।
सिर्जनसिलकी बविता बिकले सर्वाधिक २७ रन जोडेकी थिईन । प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई क्रमश १० हजार र ५ हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, युएनएफपिएकी केन्द्रिय प्रतिनिधी अपेक्षा राणा र क्रिकेट संघका जिल्ला अध्यक्ष प्रकाश गैरे लगायतले प्रतियोगीताकी म्यान अफ द म्याच हुन सफल बविता बिक, म्यान अफ द सिरिज तथा वेष्ट बलर पुजा थारु र वेष्ट ब्याटस ओमन राम कुमारी यादवलाई शिल्ड र प्रमाणपत्र हस्तान्तरण गरेका थिए । युएनएफपिए, नेपाल परिवार नियोजन संघ र कपिलवस्तु नगरपालिकाको आर्थिक सहयोग तथा कपिलवस्तु क्रिकेट संघको आयोजनामा तिन दिन सम्म सञ्चालित प्रतियोगितामा चार किशोरी टोली सहभागी रहेका थिए । पुरस्कार समारोहमा आयोजित कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले खेलका माध्यमबाट लैङ्गिक हिंसा न्युनिकरणमा सचेतना प्रवाह भएको बताईन । किशोरी र महिलाको शसक्तिकरण र पुरुषमा संवेदशिलता बृद्धि भएको हिंसा न्युनिकरण हुदै जाने उनको भनाई थियो ।
जिल्लाका सरोकारवालाहरू बिचको सहकार्यमा प्रभावकारी रूपमा प्रतियोगिता आयोजना गरेर किशोरीलाई शसक्त बनाउने कार्य उदाहरणीय भएको युएनएफपिएकी केन्द्रिय प्रतिनिधी अपेक्षा राणाको भनाई थियो । आफुहरूले बिगतका बर्षमा समेत किशोरी खेलाडी उत्पादन सगै लैङ्गिक हिंसा न्युनिकरणका लागी बिभिन्न खेलकुदको आयोजना गर्दै आएको स्मरण गराउदै भविष्यमा समेत यस्ता खेलकुदका कार्यक्रमलाई प्राथमिकता दिने कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैरेले प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा महिला अधिकारका लागी क्रियाशिल १६ जना महिलालाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो ।