© २०२३
बुटवल,२४ चैत । न्यू होराइजन इङ्लिस सेकेन्डरी बोर्डिङ स्कूल बुटवलमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई बिदाई गरिएको छ ।
सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका प्रमुख रमाकान्त तिवारीले न्यु होराइजन शैक्षिक गुणस्तरमा देशमै अब्बल संस्था भएकाले यसले उत्पादन गरेका विद्यार्थीले विदेश मात्र ताक्ने नभई स्वदेशमै काम गरेर देशलाई माया गर्नुपर्ने बताए ।
विद्यालयका अध्यक्ष ज्ञानेन्द्र कसजूले सक्षम युवा र विद्यार्थी विदेश जाने परिपाटीले देश बन्न नसक्ने भन्दै अबको विद्यार्थीहरु विदेश जाने नभई जान खोज्नेलाई पनि स्वदेशमै रोक्ने दायित्व भएको बताए ।
विद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले अवसरको खोजीमा विदेश नभई देशमै दक्षता प्रस्तुत गर्नुपर्ने बताए ।
कार्यक्रममा विद्यालयका सहप्राचार्य बालकृष्ण भण्डारीले देशको शैक्षिक विकासमा होराइजनको ठूलो योगदान रहेको बताए ।
कक्षा ११ का विद्यार्थीले कक्षा १२ का विद्यार्थीको आगामी शैक्षिक यात्राको उज्जवल भविश्यको कामना गर्दै शुक्रबार टाइगर प्यालेस रिसोर्टमा बिदाई कार्यक्रम गरेका हुन् । सो अवसरमा चर्चित आधुनिक गायिका प्रविशा अधिकारीले आफ्ना गीतमार्फत विद्यार्थीलाई भरपूर मनोरन्जन दिलाएकी थिइन् ।
विदाई हुने विद्यार्थी कक्षा १२ का विज्ञान र व्यवस्थापन संकायका ३७२ जना रहेका विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले बताए ।
कार्यक्रममा विद्यार्थीहरु समिप पौडेल, इशा अर्याल, असिम पाण्डे र अनुराग घिमिरे बोलेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थी सुशान्त श्रेष्ठ, इच्छा ज्ञवाली, प्राप्ती ढकाल र विशेषता रानाले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।