ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

‘मालि गाई’ लिएर आएर सञ्चारकर्मी विरेन्द्र कुँवर

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

सञ्चारकर्मी विरेन्द्र कुँवर र कुलेन्द्र विश्वकर्माको तीज गीत ‘माली गाई’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । राष्ट्रिय लोक तथा दोहरी गित प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एंव प्रदेश नम्बर ५ अध्यक्ष लक्ष्मण खड्काले बुधबार एक समारोहका विच भिडियोको सार्वजनिक गरेका हुन ।
रिर्पोटस क्लब नेपाल प्रदेश ५ वुटवलमा गरिएको सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले तीज गितमा केहि विकृतिहरु देखिएकाले त्यसलाई सुधार गर्दै मौलीक परम्परा बोकेका गितलाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्ने बताए । उनले सञ्चारकर्मी विरेन्द्र कुँवर सहितका साथीहरुले माली गाई तिज गित बजारमा ल्याएकोमा बधाई दिदै गीतको सफलतको शूभकामना दिए । ‘मौलीक पहिरन र नेपालीपन बोकेका गीतलाई सञ्चारमाध्यमले पनि प्राथमिकता दिनुपर्छ’ उनले भने ‘पश्चिमा सस्कृति बोकेका, छोटा लुगा लगाएका भिडियोलाई प्रशारण नगरौं ।’ उनले लोक क्षेत्रमा देखिएका विकृति अन्त्य गर्नका लागि सबैको प्रयास आवश्यक रहेको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले परम्परागत गीत संगितलाई सर्जकहरुले वाहिर ल्याउनुपर्ने बताए । उनले माली गाई तीज गीतको सफलताको शूभकामना दिए । नेपाल प्रेस यूनियन रुपन्देहीका सभापति विक्रम खड्काले तीजका नाममा विकृति मौलाउँदै गएकाले त्यसको अन्त्य गर्न लोक कलाकारहरु नै लाग्नुपर्ने बताए । एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख दामोदर खनालले तिजका नाममा पार्टी प्यालेसहरुमा हुने खर्च तथा गित संगितमा देखिएको छाडापन रोक्न तर्फ लाग्नुपर्ने बताए ।
प्रेस सेन्टर प्रदेश ५ उपाध्यक्ष रुद्रहरि कुँवरले माली गाई मौलीक तीज गीत भएको भन्दै सफलताको शूभकामना दिए । कार्यक्रममा शब्द रचनाकार विरेन्द्र कुँवरले आफूले एक दशकदेखि पुस्तकका रुपमा तिजका गित प्रकाशन गर्दै आएकोमा यो पटक भने म्यूजिक भिडयो नै निर्माण गरेको बताए । उनले तीज गीत अहिले बजारमा चलेको जस्तो उताउलो नभएको भन्दै यसले गाउँको कथालाई समेटेको बताए । ‘एउटा प्रेमी र प्रेमीका कथामा तीजको महत्वलाई दर्शाइएको छ’ उनले भने । उनले माली गाई एउटा मौलीक गीत भएकाले यसलाई माया गरिदिन समेत आग्रह गरे । म्यूजिक भिडियोको निर्देशन विष्णु भट्टराईले गरेका हुन ।

विरेन्द्र कुँवरको शब्द, कुलेन्द्र विश्वकर्मा र पार्वता पाण्डेको स्वर गीतमा छ । गीतको लय गायक वसन्त लम्साल र संगित विश्वास नेपालले गरेका हुन । म्यूजिक भिडियोमा कुसुम थापा मगर, तिलक नेपाली, रोश्नी खड्का, जीवन थापा, ज्योती गिरीले अभिनय गरेका छन । भिडियोको कोरियो ग्राफर बुटवलका किशोर थापाले गरेका हुन । यसअघि कुँवरले मालारानी हाम्रो बोलको गित बजारमा ल्याएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?