© २०२३
वि योङ्ग एकेडमी बुटवलको आयोजानमा रुपन्देहीमा हुन लागेको मेकअफ एण्ड हेयर कार्याशालाको तयारी पुरा भएको छ । बुटवलको मिलनचौकमा रहेको ईन्द्रेणी फुड ल्याण्डमा यहि साउन ४, ५ र ७ गते हुने कार्यशालमा पहिलो पटक अन्तराष्ट्रिय स्तरमा मेकअफ र हेयर स्टाईलीम ग्रेजुयुसन गरेका राजेश घिमिरेले कार्यशालामा सहजीकरण गर्ने छन् । बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्था वि योङ्ग एकेडमीकी सञ्चालक रारती रानाले पहिलो दिन बि योङ्ग एकेडमीको विहिवार बार्षिकउत्सव कार्याक्रम मनाउने र सुक्रबार, शनिबार र आईतबार कार्यशाला अयोजना हुने जानकारी दिईन् । उनका अनुसार कार्याशालामा ५० जना विभिन्न स्थानमा मेकअप आर्टिसहरुको सहभागीता हुने छ । कार्यक्रम संयोजक तुलसी सिंहका अनुसार अन्तरष्ट्रिय स्तरमा गेज्युसन गरेका राजेश घिमिरे दोस्रो पटक बुटवलमा आउन लागेका हुन । कार्यशालामा सहभागीहरुबाट निश्चित रकम रजिष्टेशन शुल्क समेत निर्धारण गरिएको छ । कार्यशालामा मेकअपका विभिन्न विधाहरुको बारेमा पुर्णरुपमा व्यवाहारिक रुपमा तालिम प्रदान गरिने छ ।