ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

सात लाख विरुवा उत्पादन

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

सार्वजनिक, निजि र खाली बाझो जग्गामा वृक्षारोपण अभियान चलाउन जिल्लामा ७ लाख विरुवा उत्पादन गरिदैछ । त्यसका लागि विभिन्न जातका ७ लाख विरुवा उत्पादन गर्ने काम अन्तिम चरणमा पुगेकोछ । जिल्ला वन कार्यालय, पाँच वटा साझेदारी वन र निजी वन समुह मिलेर विरुवा उत्पादन गरिदैछ । जिल्ला, सेक्टर तथा ईलाका वनका विभिन्न १४ नर्सरीमा विरुवा हुर्किरहेका छन् । वन दशक सफल पार्न जिल्लामा वृक्षारोपण अभियान चलाईने भएकोछ । गत मंसिरबाटै नर्सरीमा विरुवा हुर्काउन थालिएको थियो । अब एक साता सम्ममा विरुवा वितरण गर्न योग्य हुने बताईएकोछ । असार चौथों सातामा वितरण गर्ने तयारी थालिएकोछ । वृक्ष सुधार तथा वृक्षारोपण कार्यक्रम र राष्ट्रपति चुरे तराई मधेश कार्यक्रम अन्तर्गत निजि वन प्रबर्धनकालागि विरुवा निःशुल्क बाडिनेछ । उत्पादित विरुवा ७० हेक्टर चुरे क्षेत्र र ४० हेक्टर अतिक्रमण हटाएईकोे वन क्षेत्रमा बृक्षारोपण गरिने वन कार्यालयले जनाएकोछ । वनको पहुचबाट टाढा रहेका समुदायलाई सार्वजनिक, पर्ति तथा निजि जग्गामा वृक्षारोपणकालागि प्रोत्साहन गर्न विरुवा उत्पादन गरिएको वन कार्यालयका सहायक वन अधिकृत मदनमोहन सान्डिल्यले बताए । त्यस्तै चुरे क्षेत्रका खाली स्थान, नदी कटान, उकास क्षेत्रमा समेत वृक्षारोपण गर्न विरुवा वितरण गरिने उनले जानकारी दिए । उत्पादित विरुवा व्यवस्थित रुपमा वृक्षारोपण गरेर २ सय हेक्टर उजाड क्षेत्र हरियाली बनाईने कार्यालयले जनाएकोछ । विशेष गरि दक्षिणी क्षेत्रमा निजी वन प्रर्वद्धन गर्न वन दशक अभियान मार्फत गत वर्षदेखि नै वृक्षारोपण र त्यस्को संरक्षणको सघन रुपमा अघि बढाईएकोछ । प्रति विरुवा ९ रुपैया लगानी पर्न गएकोछ जिल्ला वन अधिकृत कृष्णदत्त भट्टले भने ‘त्यही भएर विरुवा गुणस्तरीय र छिटै हुर्कने क्षमताको छ ।’ जिल्ला वन कार्यालयले ३ लाख, राष्ट्रपति चुरे तराई मधेश कार्यक्रमले १ लाख ५० हजार विरुवा उत्पादन गरेका छन् । त्यस्तै जिल्लाका ५ साझेदारी वनले २ लाख ५० हजार विरुवा उत्पादन गरेका छन् । यस वर्ष वन र साझेदारीको गरि ६३ लाखको विरुवा उत्पादन गरिएकोछ । उक्त वनले निःशुल्क विरुवा वितरण गर्ने कार्यक्रम छ । उपभोक्ता, निजी, ऐलानी र सार्वजनिक जग्गामा वृक्षारोपण क्षेत्र बढाउन निःशुल्क विरुवा वितरण गर्न ५० हजार विरुवा तयार भएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका संयोजक गंगेशनाथ तिवारीले बताए । ‘मनसुन कुरेका छौं’ उनले भने, ‘२÷३ दिन भित्रै बाड्न सुरु गछौं ।’ वन मन्त्रालयले निजी वनबाट उत्पादित काठ दाउरा कटान र वितरणमा सहज निति ल्याएसंगै जिल्लामा निजी वन लगाउनेको संख्या बढेकोछ । यस्ले वृक्षरोपण क्षेत्र बढदै गएको छ । संशोधित वन नितिले २३ प्रजातिका काठ दाउरा कटानमा सहुलियत दिएको छ । जसका कारण निजी वन दर्ता गर्ने र विरुवा लगाउनेको संख्या गत बर्षको भन्दा बढेको वन अधिकृत भट्टले बताए । विरुवा उत्पादन काममा २ सय जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । गत वर्ष वितरण गरि रोपिएका विरुवाको अवस्था अध्ययन गर्न तथा यस बर्ष वितरण गरिने विरुवाहरुको अवस्था समेत हेर्न कार्यालयले विशेष अभियान चलाउने बताएकाछ । ‘वितरण गरेका विरुवा कति रोपिए, हुर्किए र संरक्षण गरिए तिनको अवस्था कस्तो छ अनुगमन गर्छौ’ वन कार्यालय प्रमुख भट्टले भने । निजी वनमा वितरण गरिएको विरुवा ८० प्रतिशतसम्म जोगिई हुर्कने गरेकोछ । अन्य क्षेत्रमा भने ६० प्रतिशत सम्म हुर्कने गरेका छन् । यहा सिसौ, मसला, सगुन, सेतो श्रीस, कदम, अमला र अर्जुन लगायतका विरुवा उत्पादन हुने क्रममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?