ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य
विचार

विकृत बन्दै टिकटक

१६ चैत्र २०७९, बिहीबार
१६ चैत्र २०७९, बिहीबार

वर्तमान समयमा हरेक मान्छे सामाजिक सञ्जालसँग जोडिएका छन् । अझै भन्नुपर्दा त सामाजिक सञ्जाल गास, बास, कपास जस्तै जीवन जिउने आधारभूत माध्यम बन्न गएको छ । मानिस एकपल पनि सामाजिक संजालबाट टाढा हुँदा उसलाई छटपटी हुने जस्ता समस्या व्यापक रुपमा देखिन थालेका छन् । हरेक कुरा सामाजिक संजालमा खोज्न र देखाउन खोज्ने प्रवृत्ति बढ्दै गएकोले सामाजिक संजालको प्रयोग मानिसमा एक लत जस्तै बनेको छ । कतिपय ठाउँमा सामाजिक संजालले सहयोग गरेको पाइन्छ त कतिपय समय यसले मानिसप्रति प्रतिकुल असर गरेको पाइन्छ । सामाजिक सञ्जालले गर्दा अहिले एकै परिवारमा पनि दुरी उत्पन्न भएको देख्न सकिन्छ । यसले सबै मानिसलाई मानसिक रुपबाट कमजोर बनाउँदै आएको छ । अहिले मानिसले सानो भन्दा सानो समस्याको हल पनि सामाजिक सञ्जाल मार्फत खोज्छन्, जसले गर्दा मानिसको आफ्नै बौद्धिक क्षमतामा पनि गिरावट आएको पाइन्छ । सामाजिक सञ्जाल ज्ञानगुनका कुरा आदान प्रदान गर्न सृजना गरिएता पनि मानिसले यसलाई आफ्नो मनोरञ्जनको एक माध्यम बनाएका छन् । सामाजिक सञ्जालले कतिपय मानिसलाई पलभरमै भाइरल गराउँछ त पलभरमै गिराउन पनि सक्छ । अहिले मानिसमा छिटो समयमा चर्चित हुने भोग चढेको छ । जसको सजिलो माध्यम सामाजिक संजाल बन्न पुगेको छ । सामाजिक संजालमा निकै छिटो समयमा चर्चित बनाउने र मनोरञ्जनको अनुभुती गराउने एक माध्यम हो टिकटक ।

सन् २०१६ मा यो एप सन् २०१६ मा चिनियाँ प्रविधि कम्पनी Bytedance द्वारा पहिलो पटक सञ्चलानमा आएको थियो । यो पहिलो पटक सार्वजनिक हँुदा भने यसलाई musically भनेर चिनिने गरिन्थ्यो । तर पछि यसको नाम परिवर्तन गरेर टिकटक रखियो । सुरु सुरुमा टिकटकको खासै प्रचार प्रसार भने देखिदैन थियो । समयको माग सँगै टिकटकले पनि चर्चा पाउन थाल्यो । जब संसार कोरोनाको महामारीबाट ग्रसित थियो तब टिकटक कोरोना संक्रमण भए जसरी यो दुनिया भर फैलिएको थियो । सन् २०१९ देखि २०२० सम्म यसले बिश्वभर आफ्नो बजार बिस्तार गरिसकेको थियो । लकडाउनमा घर भित्रै बस्नु परेको बेला टिकटक समय बिताउने एक उत्कृष्ट माध्यम बन्न पुग्यो । यो एप मर्फत कतिपयले जानकारी तथा समाचार प्रदान गर्थे भने कतिपयले मनोरञ्जनका भिडियो बनाएर प्रसारण गर्ने गर्थे । यसको प्रयोगकर्ता ह्वात्तै बढेसँगै यसलाई प्रयोग गर्ने प्रयोगकर्ता रातारात चर्चित हुन थाले । सुरु सुरुमा समाचार आदान प्रदान गर्ने, मनोरञ्जनको माध्यम बनेको टिकटकको कुनै प्रतिकुल असर देखिएको थिएन । समयमा बिस्तारै सुधार आउँदै गयो, कोरोनाको महामारी पनि सकिदै गयो तर मानिसलाई टिकटकप्रति लत बसिसकेको थियो, जो समयसँगै परिवर्तन हुन सकेन । बेरोजगारीले सताइरहेका युवा वर्गलाई टिकटक फेरि समय बिताउने एक माध्यमको रुपमा स्थापित भयो । यसको प्रयोग गरेर कतिपय प्रयोगकर्ता आफ्नो सफलताको बाटोतर्फ लम्किने अवसर पाए । दुनियाँको अगाडि नदेखिएका कलाहरुले प्रष्फुटन हुने अवसर पाए र मानिस चर्चित भैरहने अवस्था भने रहिरह्यो ।

युवा वर्गमा चर्चित हुने भोग चलिरहेको थियो । आफू कसरी चर्चित हुने भन्दै यसका प्रयोगकर्ताले अनेक उपाय लगाउन लागे । कोही आफ्नो कला तथा आफुले उठान गरेको बिषयबस्तुका कारण चर्चित भए त कतिपय अश्लिल तथा छाडा भिडियो बनाएर चर्चित बने । यसरी चर्चित हुने भोगले बिश्वभर समस्या निम्त्याएको थियो । यो समस्याले समाजमा जरा नगाडोस् भन्दै बिश्वका कतिपय देशहरुले टिकटकमाथि प्रतिबन्ध लगाए । हाम्रै छिमेकी देश भारतमा पनि टिकटकमा प्रतिबन्ध लागेको छ । बिश्वका कतिपय ठुला राष्ट्रमा टिकटकमाथि प्रतिबन्ध लागेपनि यसका प्रयोगकर्ता लगभग १ बिलियनको हाराहारीमा रहेका छन् ।

टिकटकले नेपालमा पनि धेरै प्रभाव पारेको छ । यो नेपाली समाजको परिवर्तनको कारण बन्न पुगेको छ । अजकल यसलाई चर्चित हुने माध्यमका रुपमा प्रयोग गरिदै आइएको छ । चर्चित हुने भोग यो सम्म पुगेको छ कि मानिसहरु विशेष गरेर महिलाहरु आफ्नो यौन अंग देखाउन समेत पछि हट्दैनन् । स–साना बालबालिकाको प्रयोग गरेर उनीहरुको इच्छा विपरित गएर भिडियो बनाइएको पाइन्छ त कतिपय आमाबुबाले आफुसँगै बालबालिकालाई अश्लिल तथा समाजले स्वीकार गर्न नसक्ने शब्दको प्रयोग गरेर भिडियो बनाउन लगाउँछन् । सरसर्ती हेर्दा टिकटकबाट चर्चित भएका कतिपय यसका प्रयोगकर्ता डुबेका पनि छन् र खान समेत धौ–धौ पर्ने स्थितिमा गएका छन् । त कतिपयले बिगतमा छाडा विषयवस्तु उठान गरेको कारण समाजबाट तिरस्कृत हुने गरेका छन् । वर्तमान समयमा मानिस सफलता प्राप्त गर्न भन्दा पनि सफलता प्राप्त गरेजस्तो देखाउन लागेका छन् । आफ्ना भिडियो मार्फत झुटो सफलताको पाठ देखाउँदा अन्य दर्शकको मानसिकतामा हानी पर्न जान्छ । स–साना बालबालिकालाई प्रयोग गरेर भिडियो बनाउँदा उनीहरुको हक अधिकार हनन भएको हुन्छ । अहिले टिकटकमा छाडा विषयवस्तुको उठान व्यापक रुपमा देख्न सकिन्छ । यसले सानादेखि ठुला सबै मानिसमा प्रभाव परेको छ । टिकटकमा आफ्ना गोप्य अंग देखाउने र आफू चर्चित हुने भन्ने भ्रमले समाजमा बलात्कार तथा महिला हिंसालाई समर्थन गरेको पाइन्छ । अझै विद्यालयको पोशाक लगाएर नै त्यस्ता क्रियाकलाप गरेको पाइन्छ जसले उक्त विद्यालयले समेत बदनामी सहन बाध्य भएको हुन्छ । समाजमा पनि उक्त ब्यक्ति तथा उसको परिवारले यसको प्रभाव भोग्नु परेको हुन्छ । यो एक समस्या बनेको छ जो समाजमा जरो गाडेर नकारात्मक प्रभाव पार्दै विभिन्न अपराध निम्त्याएको छ ।

समय बदिलदै जान्छ तर बिगतमा गरेका कामले निकै लामो समय सम्म प्रभाव पार्ने हुन्छ । पहिले टिकटकमा अभद्र भिडियो बनाउने टिकटक प्रयोगकर्ता अहिले समजमा अपहेलित भएर आत्महत्या गर्न बाध्य भएका छन् । वर्तमान समयमा हेर्ने हो भने त्यस्ता भिडियो बनाउने व्यापक रुपमा रहेका छन् जसको अगामी दिनमा आत्महत्याको संख्यामा वृद्धि निम्त्याउन सक्छ । त्यसकारण सरोकारवाला र सम्बन्धित निकाय अलि सकृय रहेमा निकट भविष्यमा आत्महत्याको संख्यालाई रोक्न सकिन्छ । कि त प्रतिबन्ध लगाउने नत्र कडा नियम लागू नगरेसम्म यो समस्याले समाजबाट जरो निकाल्ने छैन । आफ्ना घरपरिवार पनि कतै यस्तै सस्तो फेम पाउने चक्करमा समाजले पचाउन नसक्ने क्रियाकलाप त गरेका छैनन् भनेर हेर्नू सबैको कर्तव्य रहने छ ।

(लेखकः कालिका मानवज्ञान मावि, बुटवल कक्षा ११ मा कानुन संकायका विद्यार्थी हुन् )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?