© २०२३
बुटवलमा रहेका बिभिन्न क्षेत्रमा सकृय युवाहरूको संस्था फूलबारी गाइजले हालै हिमालय रोडीज सिजन टु प्रतियोगितामा बिजेता भैरहवाका आयुस श्रेष्ठलाई सम्मान गरेको छ । यस्तै उक्त प्रतियोगीताको टप सेभेनमा पर्न सफल बर्षा श्रेष्ठलाई पनि सम्मान गरेको हो ।
आईतबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी बिजेता आयुष श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रूपन्देहीका निबर्तमान कोषाध्यक्ष तथा बुटवल टुडेका सह सम्पादक बिश्वास ढकालले बिजयी आयुष श्रेष्ठलाई खादा तथा प्रमाणपत्रले सम्मान गरेका हुन् । उनले आयुषको बिजय रूपन्देही जिल्लाकै बिजयी भएको बताए ।
बिजेता आयुस श्रेष्ठले फूलबारी गाईजले आफूलाई सम्झेर सम्मान गरेकोमा धन्यबाद दिँदै आउँदा दिनमा अझै राम्रो गर्न हौसला मिलेको बताए ।
फूलबारी गाईजका अध्यक्ष सिबु रानाले युवाहरूले पनि धेरै कुरा गर्न सक्ने हँुदा सबै युवाहरू आ–आफ्नो ठाउँबाट समाज सुधार्न लाग्नुपर्ने बताए । जसरी आयुषले बिभिन्न चरणको प्रतियोगिता पार गरेर बिजयी भए त्यसरी नै सबै युवाहरू लाग्ने हो भने समाज सुधार्न धेरै समय नलाग्ने, समाजसँगै देशको बिकास हुने अध्यक्ष रानाले बताए । कार्यक्रममा राधाकृष्ण युवा क्लबका अध्यक्ष यम बराल, सरु थापा, यम सिंजाली मगर लगायतले बोलेका थिए ।