ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

दुर्घटनानमा ९ जनाको मृत्यु

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

महेश के.सी/ चुमा आचार्य
रुकुम (पुर्व) /लमही , २ साउन  रुकुम (पुर्व)को सिस्ने गाउँपालिमा र दाङ्ग जिल्लाको लमहीमा भएका छुट्टा छुट्टै दुर्घटनामा परी नौ जनाको ज्यान गएको छ ।
रुकुम (पुर्व)को सिस्ने गाउँपालिमा पर्ने जिल्ला सदरमुककाम रुकुमकोटबाट सोही गाउँपालिकाको धौलापैरा तर्फ जादै गरेको लु १ ज २५७३ नम्बरको यात्रुवाहक जीप सिस्ने ५ धारपानीमा बुधबार दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा जिल्लाको एकै गाउँपालिकाका ५ जना रहेको छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नंं १४ कि ३२ बिर्षया सलिना बर्मा, वडा नं. १ का ३५ बर्षिय कुमार पुन, वडा नं. १ कै ३१ बर्षिया वुद्धीराज पुन, वडा नंं. २ का २२ बर्षिय किरण पुन र वडा नं. १२ की ३१ बर्षिया तिर्सना तुलाचन रहेका छन् भने, रुकुम पुर्व भुमे गाउँपालिका वडा नंं ४ का २८ बर्षिय अर्जुन बिक तथा कोहलपुर बाँकेकी २२ बर्षिय ललिता परियार को पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पुर्व)का प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रविणलाल श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप चालक सहित बाँकी चार जनाको अवस्था गम्भिर भएकोले घटना स्थालबाट उद्धार पश्चात हेलिकप्टर मार्फत थप उपचारका लागि बुधबार अपह्रान्ह नै काठमाडौं लगिएको छ ।
सदरमुकामबाट काम सकेर सर्बसाधारण घरतर्फ फर्किदै थिए । केही दिनदेखी निरन्तर परिरहेको बर्षाका कारण बाटो चिप्लो भई जिप चिप्लदा दुर्घटना भएको हुनसक्ने बताईएको भएपनि स्पस्ट कारण भने खुल्न सकेको छैन । घटनाको कारण बारे आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । जिप सडबाट करिव दुई सय मिटर तल खसेको थियो । जिपमा ड्राईभर सहित जम्मा ११ सवार रहेको प्रहरीले बताएको छ । घटना घटेको केही क्षणमा नै प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल सहित स्थानिय उद्धारमा खटेका थिए । मृतकहरु मध्ये चार जनाको घटनास्थालमै मृत्यु भएको थियो भने बाँकी तिन जनाको चाही जिल्ला जनस्वास्थ्य कार्यालय रुकुमकोटमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै
लमही घोराही सडक खण्ड अन्र्तगत लमही नगरपालिका÷ ६ कुलमोडमा मंगलवार राती १ वजे विपरित दिशावाट आएका मोटरसाइलक र ट्र्ड्क एक आपसमा ठोकीदा २ जनाको मृत्यू भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक अरूणकुमार सिङ दिएको जानाकारी अनुसार घोराहीवाट लमही तर्फ आउदै गरेको े लु १ ख ५६३२ नम्वरको मालवाहक ट्रड्क र लमहीवाट घोराही जादै गरेको लु ३० प ९६२८ नम्वरको मोट्रसाइक एक आपसमा ठोकीएका थिए । सो घटनामा परि मोटरसाइक सवार २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा रोल्पा नगरपालिका÷९ का वर्ष ४० का वुद्धिवल घर्ती र घोराही उपनगरपालिका÷१४ का २२ वर्षिय मिन वहादुर पुन रहेको वडा प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा शक्त घाइते भएका दुवैलाइ लमही पुराइ अस्पताल उपचार गर्ने क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको । ट्रड्क सहित ट्रडक चालकलाइ वडा प्रहरी कार्यालय लमहीले आफनो नियन्त्रर्णमा लिएको जनाएको छ । तिव्र गतिमा आएको ट्रड्कले मोटरसाइकल लाइ ठक्कर दिएको हुन सक्ने प्रहरीको प्राराम्भीक अनुसन्धानले वताएको छ ।सोही स्थानमा २ महिना अघाडी ट्रडक र मोटरसाइकल एक आपसमा ठोकीदा २ जना युवाको मृत्यू भएको थियो ।

दुर्घटना न्युनिकरण गर्न अभियान चलाउदै प्रहरी
रेमु थापा
कावासोती, २ साउन
दुर्घटना जिल्लाको रुपमा परिचित गण्डकी प्रदेशको नवलपुरमा दुर्घटना न्युनिकरण गर्ने उद्देश्यले प्रहरीले अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना सम्बन्धी सचेतना मूलक कार्यक्रम शुरु गरेको हो । दाउन्ने क्षेत्रको १४ किलोमिटरको दुरीमा सबै भन्दा बढि, त्यसपछि दुम्किवास, चोरमारा, अरुणखोला, कावासोतीको खरकट्टा जंगल र गैडाकोटको जंगल क्षेत्रमा दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एंव प्रहरी निरिक्षक लक्ष्मण बहादुर शाहि बताउँछन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा साप्ताहिक स्टिकर टाँस्ने र ट्राफिक सचेतनाका बोर्ड राख्ने काम भइरहेको छ । पुर्वपश्चिम रार्जमागमा सचेतनामुलक र दुर्घटनाको साङ्केतिक जानकारी दिने गरी सामग्रीहरु राखिएको प्रहरीको भनाई छ । बिग्रीएको र कुच्चिएको मोटरसाइकल राख्दै ट्राफिक प्रहरीले सचेत बनाउन खोजेको छ । सवारी चालकहरुलाई सचेत गराउने उद्देश्यले पुर्व पश्चिम राजमार्गमा चल्ने सबैखाले सवारी साधानमा सचेतनामुक स्टिकर टास्ने, नगर क्षेत्र भित्र अनावश्यक हर्न नबजाउन अनुरोध गर्ने, सवारी साधनको सिट क्षमता भन्दा बढी यात्री नराख्न अनुरोध गरिएको छ । यसका साथै सवारी साधन रोक्नु पर्दा इशरा गरी सडक किनारमा रोकौ, हेल्मेटको फिता तथा सिटवेल्ट अनिवार्यल बाधौ, विचबाटोमा यात्रु चढाउने र ओराल्ने नगरौ, सवारी साधन प्रयोग गर्दा मोवाईल फोनको प्रयोग नगरौ, हतारमा, मानसिक तनाबमा, थकानमा, चिन्तीत र अन्यन्तै खुशिमा सवारी साधन नचलाऔ, लगायत साथै सडक प्रयोग कर्ताहरुलाई पनि सडक प्रयोग गर्दा फुटपाथ तथा सडक पेटीमा मात्र हिड्ने गरौ, रोकी राखेको सवारी साधनको अगाडि पछाडिबाट बाटो नकाटौ, बाटो क्रस गर्दा सधै जेब्राक्रसीङ्गको प्रयोग गरौ, बसमा उभिएर, छतमा बसेर, ढोकामा झुन्डिएर जोखिमपूर्ण यात्रा नगरौ, लगायतका अनुरोध लेखिएका प्रचार सामग्री वितरण समेत गरीएको छ ।
स्टिकर टास्ने कार्यक्रम अन्तरगत बुधबार मात्रै १ सय ९२ वटा सवारी साधनमा स्टिकर टांसीएको सयौं पर्चा पप्लेट वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका प्रमुख शाहिले जानकारी दिए । सवारी साधनमा स्टिकर टांस्ने र पर्चा पम्प्लेप वितरण कार्य विहान ८ वजे देखी ११ वजे सम्म र वेलुकाको ४ देखी ७ वजेसम्म गरिदैं आएको छ ।
जिल्लामा २०७४ साल श्रावण महिना देखि २०७५ असार सम्मको दुर्घटनामा १ सय ५७ वटा सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यलय नवलपुरका जवान जनक पन्तले जानकारी दिए । यस मध्ये ट्रक ३० वटा, बस १९ वटा, जिपकार १४ वटा, टेक्टर ११ वटा, मोटरसाईकल ३५ वटा, शारिरिक शक्तीबाट संचालीत साधन ७ वटा र अन्य ४ वटा गरी १ सय ५७ वटा सवारी साधन परेको जानकारी दिए । यसमा मृत्यू हुनेको संख्या ६१ जना रहेको छ भने पुरुष ५१ जना, महिला ७ जना, बालक ३ जना रहेका छन् । गम्भीर घाईते पुरुष ६३ जना, महिला १८ जना र बालक २ जना गरी जम्म ८३ जना परेका छन् । सामान्य घाईतेमा पुरुष ५२ जना, महिला २५ जना र बालीका २ जना गरी जम्म ७९ जना रहेका छन् । यसमा चौपाया मृत्यू संख्या ८० हरेको समेत जवान पन्तले जानकारी दिए । २०७४ साल श्रावण महिना देखि २०७५ असार सम्मको अवधिमा १६ हजार ५ सय सवारी साधनबाट ९९ लाख ९५ हजार ५ सय राजस्व संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?