© २०२३
बुटवलमा जारी प्रथम स्मृति कप अन्तर विद्यालय नकआउट छात्र फुटवल प्रतियोगिता अन्तर्गत आइतबारको पहिलो खेलमा अक्सफोर्ड मावि विजयी भएको छ ।
एक्सिस स्कूल र अक्सफोर्डबीच भएको खेलमा अक्सफोर्ड ४÷० को भारी गोल अन्तरले विजयी भएको हो । यस्तै कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कूल र देवदह इङलिस बोर्डिङ स्कूलकाबीच भएको दोस्रो खेलमा कुँवरवर्ती ३÷१ गोल अन्तरले विजयी भएको स्मृति स्पोर्टस क्लबका अध्यक्ष महेश खनालले जानकारी दिए ।
प्रतियोगिताका म्यान अफ द म्याच बन्न सफल खेलाडीलाई क्लवको अध्यक्ष खनालले मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत आज सोमबारको पहिलो खेल नविन औद्योगिक कदरबहादुर रीता मावि र सैनामैनाको प्रभात माविबीच हुनेछ । भने, दोस्रो खेल सेन्ट जोसेफ मावि र नमूना बोर्डिङ स्कूल भलुहीकाबीच हुनेछ । प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपंैयाँ मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै द्वितीयले नगद २५ हजार १ सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ । à