ट्रेंडिंग:

>> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’

दाङमा क्षयरोगको जोखिम उच्च, बिरामीको संख्या बढ्दै

११ चैत्र २०७९, शनिबार
११ चैत्र २०७९, शनिबार

दाङ, ११ चैत । घोराही १४ का बिकाश भट्टराइलाई एक वर्षअघि क्षयरोग लाग्यो । शुरुमा अरु समस्या होला भन्ने लागेर स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपनि स्वास्थ्य परिक्षण गरेपछि क्षयरोग पुष्टि भयो । हल्का खोकी लागिरहने, शरीर दुब्लाएर हाड र छाला मात्रै भईसकेको अवस्थामा उनलाई क्षयरोग लागेको पुष्टि भएपनि चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गरे । ६ महिना लगातार चिकित्सकको निगरानीमा डट्स विधिबाट औषधी सेवन गरेपछि सन्चो भएको छ ।
घोराही ६ का गोमती वलीले धुम्रपान सेवन गरेको धेरै भएको थियो । गत असारमा महिना अघि उनलाई खोकी लाग्ने, ज्वरो आउने, खान मन नलाग्ने, शरीर कमजोर हुँदै जाने समस्या बढ्दै गयो । गर्दागर्दा खकारमा रगत पनि देखिएपछि उनले स्वास्थ्य परिक्षण गराउँदा क्षयरोग लागेको पुष्टि भयो । चिकित्सको सल्लाहमा ६ महिना डटस विधि अर्थात चिकित्सकको प्रत्यक्ष निगरानीमा औषधी सेवन गरेपछि निको हुनुभयो ।
दाङमा विभिन्न कारणले क्षयरोगको सिकार हुने क्रम बढ्दो छ । वर्षेनी क्षयरोगीहरु फेला पर्ने गरेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समयमै उपचारका लागि अस्पताल पुगेको र चिकित्सकको निगरानीमा सही रुपमा औषधी सेवन गरेका कारण बिरामी निको हुनेक्रम बढेको छ तर, कतिपय क्षयरोगीहरु अस्पतालसम्म नपुग्ने, लापरवाही गर्ने बानीले ज्यानसमेत गुमाउने गरेका उदाहरण छन् ।
दाङमा वर्षेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । चालु आर्थिक वर्ष २०७९–०८० को बितेको ६ महिनामा मात्रै दाङमा क्षयरोगबाट २१ जनाले मृत्युवरण गरीसकेका स्वास्थ्य कार्यालय दाङका क्षयरोग फोकलपर्सन देवीलाल डाँगीले जानकारी दिए ।
क्षयरोगका लक्षणहरुमा दुई वा सोभन्दा बढी खोकी लाग्ने, सँगसँगै ज्वरो आउने, रातिमा पसिना आउने, दुब्लाउँदै जाने, खान मन नलाग्ने, खकारमा रगत देखिने जस्ता हुन्छन् । दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षण पनि देखिन्छन् । ग्रन्थीमा क्षयरोग भएमा ग्रन्थीमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन्छन् ।
उनका अनुसार दंगीशरण र राप्ती गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित चार दशमलव आठ प्रतिशतको मृत्यु भएको छ । तुलसीपुरमा तीन दशमलव पाँच, बबईमा तीन दशमलव दुई, घोराहीमा तीन र लमहीमा दुई दशमलव एक प्रतिशत संक्रमितको मृत्यु भएको छ ।
जिल्लामा क्षयरोग निको हुने दर ९३ प्रतिशत छ भने रोगका कारण मृत्यु हुने जिल्लामा तीन प्रतिशत छन् । स्वास्थ्य कार्यालय दाङले तयार पारेको तथ्यांक नियाल्दा समुदायमा क्षयरोगको समस्या यथावत छ । आर्थिक वर्ष २०७४–७५ देखि २०७९–०८० माघसम्मको क्षयरोग संक्रमणको दर हेर्दा घटेको देखिदैन । आर्थिक वर्ष २०७४–०७५ मा दाङमा ९ सय ४४ जना नयाँ बिरामी फेला परेका थिए । आर्थिक वर्ष २०७५–०७६ मा ८ सय २८ जना नयाँ बिरामी फेला परेका तथ्यांक छ । आर्थिक वर्ष २०७६–०७७ मा यो संख्या बढेर नयाँ संक्रमित ९ सय १५ पुगेको थियो । यसैगरी, आर्थिक वर्ष २०७७–०७८ मा ९ सय दुई जना नयाँ बिरामी फेला परेको तथ्यांक छ भने आर्थिक वर्ष २०७८–०७९ मा यो संख्या अस्वाभाविक रुपमा बढेर १ हजार ४ सय ५३ जना पुगेको थियो । यो वर्षको बितेको ६ महिनामा ६ सय ७५ जना नयाँ क्षयरोगका विरामी फेला परिसकेका छन् ।
गत आर्थिक वर्षमा मात्रै दाङमा ७३ जनामा पुनः क्षयरोग देखिएको थियो । नयाँ संक्रमणको हिसावले लुम्बिनीमै दाङ दोस्रो रहेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको रेकर्ड हेर्दा जिल्लामा पाँच सय ९९ जना नयाँ क्षयरोगका बिरामी फेला परिसकेका छन् । जसमा सबै भन्दा धेरै घोराही उपमहानगरपालिकामा दुई सय १६ जना, तुलसीपुर उपमहानगरपालिकामा एक सय ६७ जना, बंगलाचुली गाउँपालिकामा २३ जना, शान्तिनगर र बबई गाउँपालिकामा समान २४–२४ जना, दंगीशरणमा २५जना, लमही नगरपालिकामा ३८ जना, राप्ती गाउँपालिकामा ३७ जना, गढवामा ३५ जना र राजपुरमा १० जनामा क्षयरोग पुष्टि भएको छ ।
दाङमा क्षयरोगीहरुको उपचारका लागि ५० वटा डट्स केन्द्र, ३२ माईक्रोस्कोपी केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा जीन एक्सपर्ट केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डिआर केन्द्र, लमही अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डिआर सव केन्द्र रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमही अस्पतालमा मात्रै जीनएक्सपर्ट केन्द्र रहेकोमा प्रादेशिक अस्पताल तुलसीपुरमा समेत जीन एक्सपर्ट केन्द स्थापनाको तयारी भएको स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुँवरले जानकारी दिए ।
उनका अनुसार, छोटो समयका लागि निगरानीमा (डट्स) ६ महिना खाए पुग्छ तर पूरा निगरानीमा खुवाउनुपर्छ । ‘यसका साईड इफेक्ट हुनेभएकाले निगरानी अनिवार्य छ । प्रकृया नपुगेमा विरामीको मृत्युपनि हुनसक्ने सम्भावना हुन्छ’ उनले भने ।
तस्वीर : गुगल

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?