ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

रङ्गमा रमाउँदै शितल

१५ मंसिर २०७५, शनिबार
१५ मंसिर २०७५, शनिबार

लामो समय रूपन्देहीलाई कर्मथलो बनाएर संगितको क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउने व्यक्ति हुन शितल शर्मा । उनी सबै संगित प्रेमीको ढुकढुकी छिन् । डम्म परेको जीउडाल, काली हिस्सी परेकी, मिठो स्वरकी धनी शितलको मिठो स्वर स्टेज चढेपछि सुन्न सकिन्छ ।
धेरैजसो देशभरि हुने मेला महोत्वसमा देखिने शितल स्टेज चढे पछि जस्तोसुकै चिसो मौसम पनि तात्न थाल्छ । स्टेज अगाडि रहेका दर्शक स्रोताले ताली बजाउँदै शितलको मिठो स्वरको प्रशंसा गर्न थालेपछि माहोल नै भिन्न बनिदिन्छ । बुटवलमा लाग्ने बुटवल महोत्सवबाट आफ्नो स्टेज यात्रा शुरु गरेकी शर्मालाई आजभोलि कार्यक्रम सञ्चालन एकलौटी जस्तो रूपमा देख्न सकिन्छ । देशका विभिन्न स्थान सहित विदेशी भूमिमा समेत स्टेजमा पुग्ने गर्छिन् ।
नाम शितल भए पनि स्टेज चढे सबै दर्शकलाई तताउने खुबीका कारणले अहिले देश विदेशको यात्रामा भ्याई नभ्याई छ उनलाई । बाग्लुङको ढोरपाटन नगरपालिकामा कान्छी सन्तानको रूपमा जन्मिएकी शितलले सानैमा सञ्चार माध्यम प्रतिको मोहले अहिलेको स्थानमा पु¥याएको बताउँछिन् ।

२०६१ सालबाट स्टेज उद्घोषक रूपमा चर्चा कमाउन सुरु गरेकी शितलले आफनो सानैको रहरलाई पुरा गर्ने क्रममा जोडिएको पेशा भन्छिन् । बुटवलको तिनाउ एफएम, बुद्ध टेलिभिजन लगायतका सञ्चार माध्यममा काम गर्दै गर्दा स्टेज चढ्न शुरु गरेकी शितलले रहरले आफूलाई अहिलेकी व्यस्त उद्घोषिका बनाएको बताईन ।
विभिन्न बाधा र समस्यासँगै जुधेर अघि बढ्नुको बिकल्प नभएको भन्दै पछिल्लो समयमा हुने मेला महोत्सवमा आफू आयोजकको पहिलो रोजाईमा रहे पनि धेरै समस्या हुने गरेको बताईन । पहिलो कुरा अस्वस्थ प्रतिस्पर्धा, नातवाद अहिले त एकदमै हुने गरेको र पार्टीबादले त भनै कलाकारको कलालाई नै मार्ने काम भएको छ ।
अहिले सम्म देशका धेरै ठाउँ सहित कतार, दुवै, मलेशिया र जापानमा कार्यक्रम सञ्चानका लागि पुगेकी छिन । विभिन्न समयमा हुने मेला महोत्सव र चाडवाडका बेलामा निकै व्यस्त देखिने शितलले एक वर्ष करिव एक सय वटा कार्यक्रम सञ्चालन गरेको बताईन । उनी भन्छिन् कलाकारिता गरेर बाँच्न सकिने अवस्था मात्र होईन राम्ररी जीवन चलाउन सकिने अवस्था छ, त्यसका लागि आफूले कडा परिश्रम गर्नुपर्ने तर्क छ उनको । पानी जहाज गीत गाएर गायिकाको उपमा थपेकी शितलले क्रमश आर्थिक समृद्धि, नमुना जोडी, महारानी, कुटुमा कुटु गीत गाईसकेकी छन् । उद्घोषण क्षेत्र आफैमा निकै सुन्दर क्षेत्र यहाँ आएर यो पेशामा रमाउन नसक्नेहरूले बद्नाम गर्ने गरेको गुनासो छ उनीसँग । धेरै क्षेत्रमा धेरै संस्कार र प्रकृतिमा मानिसहरूसँग भेट गराउने माध्यम हो उद्घोषण । १५ वर्षको रूपन्देही बसाईलाई छाडेर यतिबेला ठुलो शहर काठमाडौमा सघर्ष गरिहेकी शर्मा लोक संगितको क्षेत्रमा भित्रिएका नकारात्मक पक्षलाई समस्याको रूपमा लिँदै आफूले सके सम्म समाजका यथार्थलाई गीत मार्फत सन्देश दिन खोजेको बताउँछिन् । हुन पनि उनका अहिले सम्मका गीतहरूलाई हेर्ने हो भने यो कुरा पुष्टी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?