ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

शुक्रबार बढि अपराध !

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

बुटवल आससापमा शुक्रबारको दिन र असार महिनामा बढि अपराधजन्य क्रियाकलाप हुने गरेको रोचक तथ्यांक पाइएको छ । ईलाका प्रहरी कार्यालय बुठवलका अनुसार सबैभन्दा अपराधजन्य क्रियाकलपाहरु असार महिनामा बढि र बारको विश्लेषण गर्दा शुक्रबारको दिन बढि अपराध हुने गरेको पाइएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी डिल बहादुर मल्लका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ मा सबैभन्दा बढि असार महिनमा १ सय २० वटा अपराध जन्य क्रियाकलाप भएको जानकारी दिए । अउनका अनुसार शुक्रवारको दिनमा बर्षभरीमा कुल १ सय ३ वटा त्यसत्ो प्रकृतिको अपारध हुने गरेको हो ।
यस्तै सोही आर्थिक बर्षमा बैशाख महिनमा ५४, जेठमा ४३, असारमा १२०, साउनमा ४३, भदौमा ३९, असोजमा ५६, कार्तिकमा ७३, मंसिमा ३०, पुसमा ३३, माघमा ४२, फागुनमा ५५, चैत महिनमा ४० वटा अपराधजन्य क्रियाकलाप भएका छन् ।
यस्तै बार अनुसारको विश्लेषण गर्दा आईतबारको दिन कुल ८४ वटा, सोमारको दिन ८९ वटा, मंगलबारको दिन ८६ वटा, बुधबारको दिन ९२ वटा, विहिवार दिन ९३ वटा, शुक्रबारको दिन १ सय ३ वटा र शनिवारको दिन जम्मा ८१ वटा अपराधहरु भएको पाइएको छ ।
बुटवल–आसपासमा लागु औषधको कारोबार गर्नेहरु विस्तारै बढ्दै गएको पाइएको छ । रुपन्देहीमा भारत संग जोडिएको बेलहिया नाका, नवलपरासी जिल्लाको महेशपुर नाका र कपिलवस्तु जिल्लाको कृष्ण नगर नाका बाट बुटवललाई ट्रान्जिट गरेर लागू औषको कारोबार हुने गरेको तथ्यांक खुलेको हो । ईलाका प्रहरी कार्यालयको चालु अवस्थमा रहेका मुद्धाहरुको प्रकृति हेर्दा सबैभन्दा बढि लागु औषधका मुद्धाहरु बढि रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी डिल बहादुर मल्लका अनुसार कुल २७ वटा मुद्धा लागु औषधका रहेका छन् । अहिले चालु अवस्थमा रहेका मुद्धाहरु कुल ५१ वटा रहेकोमा २७ वटा लागु औषधका मुद्धाहरु हुन । उनका अनुसार जसमा कुल ४९ जना पुरुष र ३ जना महिला समेत संलग्न रहेका पाइएको हो ।
यस्तै बुटवल क्षेत्रमा लागु औषध पछि सवारी ज्यानका मुद्धा दोस्रो नम्बरमा रहेका छन् । जसमा ७ वटा रहेका छन्, जुन चालु अवस्थामा रहेका मुद्धाहरु हुन । यस्तै हातहतिार खरखजानमा १ वटा, सार्वजनिक मा ७ वटा, कर्तव्य ज्यानमा १ वटा, चोरी मा ३ वटा, जवरजस्ती करणी उद्योगमा १ वटा, जवरजस्ती करणीमा २ वटा, ज्यान मार्ने उद्योगमा १ वटा र मानवबेचविखनमा १ वटा मुद्धा चालु अवस्थमा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलमा गत आर्थिक बर्ष २०७४/०७५ मा विभिन्न प्रकृतिका ६ सय ३० वटा मुद्धा दर्ता गरेको छ । जसमा कुल ३ सय ८६ वटा मुद्धा फस्र्याैट भएका छन् भने मुल २ सय ४४ वटा मुद्धा फस्र्र्याैट हुन बाँकी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय फरार सूचीमा रहेका ११ जना लाई गत आर्थिक बर्षमा पक्राउ गर्न सफल भएको छ । कर्तव्य ज्यान मुद्धामा फरार ४ जान, लागु औषधका ४ जना, ज्यान मार्ने उद्योगका ४ जना, ठगीका १ जना, मानव बेचविखन तथा ओसार पसारका ३ जना, सार्वजनिक अपराधका १ जना र खुन डाँका २ जना गरी १९ जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी डिल्ला बहादुर मल्लका अनुसार मुद्धा फस्र्यौटमा सीमित साधन र श्रोतका कारण काम गर्न असहज भएको छ । यस्तै साधनहरूको सीमित उपलव्धता, उपलव्ध भएका साधन श्रोतहरू मर्मतको लागी बजेटको अभाव, जनघनत्व अनुसार प्रहरी कर्मचारी नहुंदा कार्य सम्पादन गर्न कठीन रहेको छ । उनी भन्छन्–‘समयानुकूल साधनहरू उपलव्ध नहुंदा अनुसन्धान कार्यमा कठीनाई भएको छ भने सर्व साधारण जनतामा चेतनाको कमीले गर्दा सूचना संकलन गर्न कठीनाई भएको छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?