ट्रेंडिंग:

>> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

गुल्मीको सिर्सेनिमा बृहत निःशुल्क स्वास्थ्य शिविर,६सय बढीले सेवा लिए

२९ फाल्गुन २०७९, सोमबार
२९ फाल्गुन २०७९, सोमबार

गुल्मी,२९ फागुन । गुल्मी सिर्सेनि समाज रूपन्देहिले गुल्मीको सिर्सेनिमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको छ । जसमा ६ सय जना बढीले सेवा लिएका छन् । सिमलि फाउण्डेसन नेपाल प्रालिले मुख्य प्रायोजन गरेको शिविरमा अन्य एघार वटा स्वास्थ्य संस्थाले पनि स्वास्थ्य सामग्री प्रदान गरेर सहयोग गरेका थिए । यसमा नेपाली सेनाको मेडिकल टोलिले समेत सहयोग गरेको समाजका अध्यक्ष भिष्म अर्यालले बताए । कार्यक्रमको ब्यवस्थापन मदाने गाउंपालिकाको कार्यालय,मदाने गाँउपालिकाको तिन नम्बर वडा कार्यालय सिर्सेनी र नेपाली सेनाको सग्राम शार्दुल गुल्म गुल्मीले गरेको थियो । सिमलि फाउण्डेसनले सञ्चालिका स्वर्गीय लिला अर्यालको स्मृतिमा मुख्य प्रायोजन गरेको सिमलिका सञ्चालक महेन्द्र अर्यालले बताए । शिविरमा महिला तिन सय पचास र पुरुष दुइ सय सन्ताउन्न गरी छ सय सात जनाले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये जनरल फिजिसियन तर्फ ३१० जना , दन्तसेवा तिर २१० जना,आँखा सम्बन्धि १८५ जना, हाडजोर्नि तथा फिजियो थेरापि ९५ जना,भिडियो एक्सरे १८० जना र मधुमेह जाँच एकसय जनाले गराएको अध्यक्ष अर्यालले जानकारी दिए् । एकजनाले एकभन्दा धेरै सेवाहरु समेत ल्याएको उनले बताए । शिविरको मुख्य प्रायोजन गरेका अर्यालले स्वर्गिय पत्नीको सम्झनामा आफुले पढेको रियाले मावि सिर्सेनीमा दुइ लाख रुपैयाको अक्षयकोषको समेत स्थापना गरेका छन् । उनले यसलाई छिटै दस लाख पु¥याउने लक्ष्य राखेको बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिती गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहँुचबाट टाढा रहेका सर्वसाधारण लाई स्वास्थ्य सेवाको अवसर प्रदान गरेकोले यस्ता कार्यक्रमले अबका दिनमा निरन्तरता पाउनु पर्ने बताए । कार्यक्रममा समाजका उपाध्यक्ष ऋषि भट्टराईले समाजको उद्देश्य र लक्ष्य बारे प्रष्ट पार्दै उदार र मनकारी संघ संस्था सँग जोडिएर समाजमा सेवा तथा बिभिन्न बिषयमा सचेतना प्रवाह गर्ने प्रष्ट पारेका छन्् । कार्यक्रममा मदाने गाँउपालिकाका प्रमुख महेन्द्र बहादुर कुँवर , धुर्कोट गाँउपालिकाका प्रमुख भुपाल पोख्रेल, मदाने गाँउपालिकाकी उप प्रमुख सरिता खड्का ,पुर्व जिल्ला शिक्षा अधिकारी डबल बहादुर बिसि , नेपाली सेनाका जिल्ला प्रमुख लगायतले यस्ता शिविरलाई अन्यत्र पनि विस्तार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?