ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

तिनाउ खोला बटौलीको छेउ…

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

तिनाउ खोला बटौलीको छेउ,
आउन नजिक बसेर माया गाँिसदेउ ।
यो गीत बुटवलमा चर्चित बनी इतिहास बनाएको गीत हो । जतिखेर पप संगीतले आफ्नो दायरा बढाउँदै थियो त्यतिखेर बुटवलका यूवाहरू व्यान्ड बनाएर गीत संगितमा सक्रिय बने । त्यसबेला बुटवलमा थुप्रै ब्यान्डहरू थिए । सबैले गीत गाउने गर्दथे । त्यसबेला प्रकट व्याण्डको एकखालको आफ्नै स्थान थियो । कुरा २०५२ सालतिरको हो । उक्त व्यान्डका प्रमुख हुन भक्त गलामी ।
२०२६ सालमा गुल्मीको शान्तिपुरमा जन्मिएका भक्त गलामी (मगर) संगितको नशामा बगिरहेका गायक हुन् । सानै देखिको रहर र सोखले उनलाई संगितको क्षेत्रमा डो¥यायो । बुवा स्व. दुर्गा गलामी र आमा नरमाया गलामीको एक्लो सन्तानको रूपमा जन्मिएका हुन् । सानैमा विद्यालयस्तरमा गीत गाउने साथी भाईलाई सुनाएर नै संगितको सोख पुरा गरिएका भक्तले २०४० सालबाट आफ्नो औपचारिक संगितको यात्रा सुरु गरेका हुन् ।
उनी भन्छन्–‘त्यसबेला वाणिज्य कलेजले बुटवलको कान्ति सभागृहमा गरेको सांस्कृतिक कार्यक्रममा गीत गाउने अवसर मिल्यो । त्यहाँ मैले पिरती मनको फुल्छ मनको कुरा खुल्छ भन्ने गीत गाएको थिएँ । त्यतिबेला नै धेरै संगित बुझेका र मेरा साथीहरूले संगितको क्षेत्रमा केही गर्न सक्छन् भनेर मलाई हौसाएकै कारणले म यो क्षेत्रमा अगाडी बढेको थिएँ । त्यसपछि हामीले संगितको क्षेत्रमा केहि गर्न सक्छौं भन्ने साेंचले फेथ नामाकरण गरेर ब्यान्डको स्थापना ग¥यौं । त्यसैबाट हामीले स्थानीयस्तरका साङ्गितिक कार्यक्रमहरूमा सहभागिता जनाएका थियौं । त्यहाँ हामी १५ जना साथी थियौं । सबैको आ–आफ्नै भूमिका थियो ।
पछि हामीलाई हाम्रो ब्यान्डको नामले पनि केहि पहिचान दिन सक्नु पर्दछ भन्ने महसुस भएपछि २०५२ सालमा हामीले नाम परिवर्तन गरेर प्रकट ब्यान्ड बनायांै ।’
त्यसबेला बुटवलमा थुप्रै ब्यान्डहरू थिए । सबैले गीत गाउने गर्दथिए । त्यसबेला एकखालका आफ्नै स्थान थियो ।
हामी पनि त्यही अवस्थामा जन्मिएका थियौं । हामी पनि त्यसबेला प्रकट भलुम १, तिनाउखोला छेउ नाम दिएर पहिलो एल्बम निकालेका थियौं । त्यसबेला हाम्रो एल्बममा ८ वटा गीत समावेश गरेका थियौ । तिनाउ खोला बटौलीको छेउ, आउन नजिक बसेर माया गासिदेउ । यो गीत म, सुरेश सेन्चुरी, भीम विसी र राकेश पौडेलले गीत गाएका थियौं । त्यसमा मेरो आफ्नै शब्द संगित थियो । त्यसै गरी मैले त्यसबेला बसेको छु उनको यादमा, खुत्रुकै पा¥यो, झ्याम झ्याम लगायतका गीत गाए ।
त्यसैगरी छाडी नजाउ मलाई राकेश पौडेलले गाएका थिए । पागल भएछ म यो गीत सुरेश सेन्चुरीको थियो । त्यो बेला अरूका शब्द लयमा गीत गाउने चलन कम थियो । हामी सबै साथीले आफै लेख्ने संगित गर्ने काम गर्ने गर्दथ्यांै । प्रकट ब्यान्डले पहिलो पटक निकालेको गीतहरू निकै चर्चामा पुगे हामीलाई देशका विभिन्न स्थानमा स्टेज कार्यक्रमका लागि भ्याइनभ्याइ थियो । मलाई याद छ त्यसबेला हाम्रो ब्यान्डको पहिलो कार्यक्रम काठमाडौमा थियो तर आयोजक को थियो मलाई ठ्याक्कै याद भएन तर हामीले ५० हजार रुपियाँ पाएका थियौ । त्यो बेला त्यो रकम सानो थिएन । हाम्रा सबै गीतहरू चर्चामा रहे । त्यो मध्ये पनि तिनाउ खोला बटौलीको छेउले सबैको मनमा बस्न सफल भयो । आज पनि पछिल्लो पुस्ताले पनि यो गीतलाई निकै मन पराएका उदाहरण हामीले विभिन्न कार्यक्रममा देखेका छौं । त्यो बेला हाम्रो ब्यान्ड यस क्षेत्रमा मात्र नभएर देश मै चर्चामा थियो । त्यस पछि दोस्रो एल्बम हामीले प्रकट भलुम २ हिमालको चिसो हावा नाम दिएर २०५४ सालमा निकालेका थियांै । यसले पनि हाम्रो ब्यान्डको उचाईलाई माथि पु¥यायो । हिमालको चिसो हावा, पल पल सपनी ,ऐ माया जाउ हिड खस्यौली, नौ डाडा माथी, अब तिमी ओझल लगायतका गीतहरू गाएका थियौं । हाम्रा गीतहरूमा हाम्रा ठाउँको पहिचान एउटा गीतमा जोड्ने काम पनि थियो । गीत संगितको माध्यमबाट ठाउँलाई पनि परिचित बनाउने हाम्रो उद्देश्य पनि थियो ।
उनी थप्छन्–‘त्यसबेला हाम्रो माग यति बढ्यो कि हाम्रो गीत मन नपराउने कोहि हुँदैन थिए । गाउँ टोल टोलमा हाम्रा गीत बज्दथे ।
त्यसबेला संगितको क्षेत्रलाई त्यति सजिलो थिएन । हामीलाई नै एउटा एल्बम निकाल्न कम्तीमा तीन महिना लाग्दथियो । सुचना र प्रविभिको विकास थिएन । अहिलेका कलाकारलाई जस्तो एउटा पेनडाइभमा ट्याक लिएर गएर गीत गाए जस्तो सजिलो थिएन । हामी त सबैलाई लिएर हिँड्नु पर्ने एउटाको समस्या आयो भने सबैलाई असर पर्ने बेला थियो । हाम्रो ब्यान्डमा बाजा बजाउने, मुरली बजाउने, मादल बजाउने, कङ्गो, ढोलक लगायतका सबै बजाउने छुट्टाछुट्टै साथीहरू थिए । हाम्रो कार्यक्रम सफल बनाउने सबै साथीहरूको आआफ्नै महत्वपुर्ण भुमिका हुन्थ्यो । त्यसबेला सबै ब्यान्ड बीच स्वच्छ प्रतिस्प्रर्धा थियो । गीत संगिले राम्रा सन्देश दिने खालका थिए । त्यसका साथै माया प्रेमलाई पनि जोड्ने प्रचलन थियो । हामी नेपालमा मात्र होईन विदेशमा पनि कार्यक्रमका लागि एक पटक २०५३ सालमा ब्यान्ड नै ह­·कङ्ग गएका थियौ । त्यसपछि दुई पटक सम्म एक्लै गीत गाउनका लागि ह·कङ्ग पुगेको छु । त्यहाँ अरू ब्यान्डका साथीहरूसँग गीग गाउने अवसर पाए ।
अहिलेको कुरा गर्दा १५ जना साथीहरू सबै आआफ्नै व्यवसायमा व्यतm छन् । केटी साथीहरू विवाह पछि व्यतm भए । अरू कोहि विदेश छन् । कोहि यहि छन् । सुरेश सेन्चुरीले संगिलाय नै चलाएका छन् । म पनि संगितबाट टाढा छैन । व्यवसाय पनि यसैसँग जोडेर तामरिङ्ग म्यूजिक सेन्टर सञ्चालन गरेको छु । यहाँबाट संगितलाई आवश्यक पर्ने सामग्रीहरू पाउन सकिन्छ ।
लामो समय संगितमा बिताए भक्तलाई आजभोलीको गीत संगितमा आएको बिकृतिले मनलाई नमिठो बनाईदिन्छ । उनी भन्छन–‘संगितले मानिसको मनलाई शान्त पार्न सक्नु पर्दछ तर नाम चलाउने होडबाजीले संगितको क्षेत्रलाई पछि पार्ने बुझाई छ ।
अहिलेको पुस्तालाई धेरै सहज समय भएको भन्दै त्यसलाई सही प्रयोग गर्ने सके संगितकर्मीहरूको भविष्य उज्जवल रहेको बताए । तर यो क्षेत्रमा सफल हुनका लागि निरन्तर मिहनेत र सहनशीलता अति आवश्यक रहेको यनको भनाइ छ । पछिल्लो पुस्ताले आफनो गीतलाई विभिन्न कार्यक्रम गाएको सुन्दा निकै खुशी लागेको बताईरहँदा गाउने बेलामा सुजना गरेको मान्छेको नाम भन्नु पर्ने बताए । कतिले त सोध्छन् कतिले गाउँदा सम्म पनि कस्को गीत भन्ने पत्तो पाउँदैनन । बुटवलको पछिल्लो पुस्ताको बीचमा लुकेको अनुहार भक्तको पनि अब छिटै आफना पुराना स्रोताका लागि गीत बजारमा ल्याउने तयारीमा रहेका छन् । कि पिउँछु मैले तीन पानी, रक्सी कि पिउँदै पिउँदिन कि लाउँछु माया मैले जुग जाने पिरती कि लाउँदै लाउँदिन यस्तै शब्दले भरिएको माया प्रेमले ओतप्रोत गीत बजारमा ल्याउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?