© २०२३
चुमा आचार्य
लमही ३२ असार ।
गढवा गाँउपालिका २ की अनिता केसी सोमवार दिउसो कस्मेटिक पसलमा भेटिइन । उनि हरियो चुरा रोज्दै थिइन । उनको हात चुरा लगाउन भन्दा पहिले उनका दुवै हातहरु रातो मेहेन्दीले रंगिइ सकेका थिए । उनि जस्तै लमही नगरपालिका ÷५ की रमा चौधरी उषा आचार्य पनि हरियो चुरा लगाउन लमहीको अर्को कस्मेटिक पसलमा जादै थिइन ।
मेहेन्दी लगाएर मात्र नपुगेपछि उनिहरु हरियो चुराका लागि कस्मेटिक पसलमा पुगेका थिए । उनीहरुले चुरा छान्न नपाउदै उक्त पसल खचाखच भयो हरियो चुरा र मेहेन्दी किन्ने महिलाहरुको भिड भाड सुरु भयो । भिड पनि निक्कै भयो कि साहजनीलाइ अडर लिन पनि हम्मेहम्मे परेको थियो । एक हातले पसिना पुच्दै भ्याइ नभ्याइ ग्राहकहरुको माग पुरा गरेका देखिन्थे पसले । सोमवार देउखुरीका सवै कस्मेटिक पसलहरुमा वर्षको एक दिनमै वर्षभरीको व्यापार भएका जस्तो देखिन्यो ।
कस्मेटिक पसलहरुमा १० वर्षे किशोरी देखि उमेरले पाका महिलाहरुसम्म देखिन्थे । पसलेलाइ हरियो चुरा बेच्न भ्याइ नभ्याइ थियो । केही वर्ष यता साउन महिनाको सुरुवातसंगै हरियो चुरा र मेहेन्दीको लगाउने प्रचालन निक्कै मौलाएको छ । तर किन लगाइन्छ भन्नेवारेमा महिलाहरु भने अनविज्ञ छन ।
फेसन वा देखासिकी, हरेक वजार तथा ग्रामिणका महिलाहरु सवैमा साउनभरी हरियो चुरा र मेहेन्दी लगाउने लहर चलेको छ । विवाहित महिलाहरुले हरियो चुरा हातमा मेहेन्दी लगायमा श्रीमानको आयु वढ्ने तथा दिघायूको कामना र अविवाहितले योग्य श्रीमान प्राप्त गर्नका लागि हरियो चुरा र महेन्दी लगाउने गरेको केही महिलाहरु वताउँछन ।
पौराणि किम्मदन्ती अनुसार साउन महिला भगवान महादेवले सवै भन्दा मनपराउने महिनाको रुमा लिने गरेको उल्लेख गरिन्छ । भने पार्वतीले महादेव पति पाउना लागि साउनभर हरियो वस्त्र हरियो चुरा लगायर सोमवारको वत्त वसेकोले महादेव पतिको रुपमा पाएको किम्मदन्ती रहेको छ । त्यसैलाइ आधार मानेर विवाहित महिलाहरु साउन महिलाको सोमवार निहार वत्त वस्ने पूजा पाठ गर्ने तथा हरियो वस्त्र सहित चुरा ,महेन्दी लगाउने गरेको पाइन्छ ।
पछिल्लो समयमा आउदा यो लहर नयाँ युवा अविवाहित एवं किसोरी देखि वालिकाहरुमा समेत आएको पाइन्छ । लमहीकी १५ वर्षिय रिता थापा भन्छिन मलाइ केही थाहा छैन अरुले लगायएको देखेर लगाए खै के का लागी हो थाहा भएन । उनि जस्तै प्राथमिक कक्षा े मावि होउस वा क्याम्पस पढ्ने महिलाहरु सवैलाइ हरियो चुरा र रातो मेहेन्दीले सवैलाइ छोएको छ । तर साउनमै मात्र हरियो चुरा र मेहेन्दीको किन लगाइन्छ भन्ने बारे प्रष्ट जवाफ छैन । नागरीक समाज देउखुरीकी उपाध्यक्ष समाजसेवी जया रावल भन्छिन । यो एउटा भ्रम मात्र हो र चुरा कम्पनीले आफ्नो कम्पनीवाट मुनाफा कमाउन गरिएको जाल हो । उनले यसलाइ महिलाले चिर्नु पर्नेमा पछिल्लो पिडीहरुले समेत प्रोत्साहन दिएको बताइन । समाजसेवी महिला मानव अधिकार रक्षकहरुको क्षेत्रिय सञ्जाल लमहीका अध्यक्ष द्रौपती पौडेल भन्छिन महिलाहरुलाइ अझै पनि गुमराहमा पारिएको छ । महिलाहरु अशिक्षीत भएका कारण व्यापारउनको तर्क छ ।