ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

प्रथम थारु सांस्कृतिक नृत्य र पाँचौं डान्स आइडल

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

 यही मंसिर ६ गतेदेखि शुरु हुन लागेको पाँचौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा प्रमुख आकर्षणको रूपमा थारु सांस्कृतिक नृत्य प्रतियोगिता र पाँचौं डान्स आइडललाई मानिएको छ ।
दर्शकलाई भरपूर मनोरञ्जनका साथै आकर्षित पार्ने थारु नृत्य र डान्स आइडललाई महोत्सवको प्रमुख आकर्षणको रूपमा लिइएको हो । थारु सांस्कृतिक नृत्य र डान्स आइडललाई अझ परिष्कृत गरी अगाडि बढाउन प्रथम चरणको अडिसनबाट उत्कृष्ट प्रतियोगी र समूह छनौट गरिएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने थारु समुदायको पोशाक, भाषा, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा थप टेवा पुग्ने उद्देश्यले पहिलो पटक शुरुवात गरिएको प्रथम थारु सांस्कृतिक नृत्य प्रतियोगितामा १२ वटा टिम छनौटमा परेका छन् ।अडिसनबाट शिवराज ५, दक्षिण रहटकोलको ब्राइट राइजिङ युवा क्लब, वाणगंगा ९, पश्चिम जिनवाको सूर्योदय युवा क्लब, वाणगंगा ८, चप्परगाउँको थारु सांस्कृतिक संरक्षण तथा सम्बद्र्धन सभा, वाणगंगा ७, मोतीपुरको नव जनशक्ति युवा संगठन छनौटमा परेका छन् । यसैगरी शिवराज ५, पूर्व रहटकोलको जागृति युवा क्लब, शिवराज २, डोंगरडिहवाको लुम्बिनी बाल तथा युवा क्लब, शिवराज १, शिवपुरको न्यू बाल अनुशासन टिम, बाणगंगा २, तेनुइयाको नवप्रतिभा युवा क्लब प्रथम अडिसनबाट छनौट भएका छन् । यसका साथै अडिसनबाट शिवराज २, बालापुरको नमूना समानता बालक्लब, विजयनगर गापा २, लोहरौलाको सूर्योदय सामाजिक सेवा संघ, शिवराज २, मदरहवाको आदर्श युवा क्लब र शिवराज ९, भगवानपुरको भगवानपुर गाउँ समाज समिति छनौटमा परेको बताइएको छ ।
यसैबीच पाँचौं डान्स आइडलको प्रथम अडिसनबाट समेत १२ जना प्रतियोगी छनौटमा परेको आइडल संयोजक सुमन पौडेलले जानकारी दिएका छन् । कूल १५ जना सहभागी रहेको प्रथम अडिसनबाट उत्कृष्ट १२ जनालाई छनौट गरिएको आइडल संयोजक पौडेलको भनाई छ ।
पाँचौं आइडलको लागि छनौटमा परेका प्रतियोगीमध्ये एम.एस. गर्ल, सिर्जना रोकामगर, सम्झना जिसी, अन्जली गौतम, बालिका पाण्डे, कविता सुनार, पदम व्याचलर, सुजता श्रेष्ठ, उत्कृष्ट क्षेत्री, राखी श्रेष्ठ, अस्मिता पौडेल र मनिष सुनार रहेका छन् । छनौटमा परेका प्रतियोगीले महोत्सव स्थलमा आफ्नो प्रस्तुति देखाउन पाउने छन् ।“कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मुलनाराका साथ हुन लागेको पाँचौ चन्द्रौटा महोत्सवकोे तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवमा २६० स्टलहरूमा करीब ९७ प्रतिशत स्टल बुकिङ भइसकेको स्टल संयोजक नवराज न्यौपानेले जानकारी दिएका छन् । साथै स्थानीय ब्यापारीहरूका लागि स्टलमा बिशेष छुटको ब्यवस्था रहेको न्यौपानेले बताए ।
कपिलबस्तुका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा शिवराज नगरपालिकाभित्रका बर्थिङ सेन्टरहरूलाई प्रति टिकट रु १ सहयोग गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको ब्यापार संघका अध्यक्ष महादेव पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?