© २०२३
कपाल सेताम्मै भएपनि जोश र जाँगर युवा जस्तै । उनको गीतका भावहरूले जो सुकैलाई जुरुक्क उचाल्न प्रेरित गर्छ । जीवन्त गीतका जनबादी गायक जीवन शर्माको परिचय यत्तिले पुग्दैन ।
सिमली छायाँमा बसी भरिया लामो सास फेरेको,
उमेर भई सक्यो असी झन ठूलो दुखले घेरेको,
बाग्लुङ्गको जैमिनी नगरपालिका राङखानीमा २०१६ सालमा जन्मिएका जीवन शर्मा दुई दिदी र दुई बहिनी बीचका एक्लो छोरा हुन् । उनले गाउँले परिवेश भए पनि बाल्य अवस्था रमाईलो र सुखमय बिताउने अवसर पाए । शर्मा भन्छन्–‘म एक्लो छोरा विद्यालय जाने अवसर सानैबाट पाएँ । तर पनि खै किन हो खासै पढाइमा मन गएन । दुई कक्षामा मास्टरले पास गराए तीनमा फेल त्यसपछि गाउँमै गाईबाख्रा चराएर चार वर्ष बित्यो ।
केही समयपछि भिनाजुले पढाइको महŒव बुवालाई बुझाएपछि मैले लामो समय पछि फेरी गाउँकै विद्यालयमा कक्षा सातमा पढ्ने अवसर मिल्यो । तर के पढ्ने केहि आएन, दिमाग पुरै खाली । तर मलाई पढ्नु पर्छ भन्ने चाहिँ थियो । त्यसबेला मैले ग्रामर र हिसाबको किताव यति पढे कि सबै कन्ठ पारँे । त्यसपछि मात्रै कक्षाका किताव पढ्न सक्ने भएँ । ६ महिनामा परीक्षा म फस्ट भएँ । बुवाले गाउँभरिका मानिसलाई सुनाउँदै हिँड्नु भो । मेरो पढाई त्यसरी अघि बढेको हो ।
म पढाईसँग गीत संगितमा रुचि राख्ने मानिस थिएँ । त्यसबेला मेरा बुवाआमाले पनि गीत गुनगुनाउनु हुन्थ्यो । मलाई अझै सम्झना छ । आमाले रेडियो नेपाल सुनेर फत्तेमानको गीत यस्तो पनि हँुदो रहेछ जिन्दगीमा कहिले काहीँ भन्दै गाएको ।
म अध्ययनसँगै गीत पनि गाउने एस एलसी पछि इन्जिनियरिङ्ग पढ्न काठमाडौं आएँ । पुलचोक इन्जिनियरिङ्ग कलेजमा पढ्दै थिएँ । कुरा २०३६ सालको हो त्यसबेला पञ्चायत विरुद्धको आन्दोलन शुरु भयो । म पनि जनबादी गीत गाउँदै समर्थन गर्न थालेँ । त्यसबेला हाम्रो वेदना परिवारको टीम थियो । त्यसबेला हामीले गाएका गीतले जनतालाई जुरुक्क पार्न सक्ने तागत हुन्थ्यो तर प्रहरी प्रशासनले जहाँ भेट्यो त्यहीँ हतकडी लगाउँथ्यो । तर पनि त्यसका विरुद्धमा मेरो आवाज रोकिएन ।
पछि आन्दोलन रोकियो, मेरो पनि बीचमै पढाइ रोकिएपछि म गाउँकै विद्यालयमा हेडमास्टर भएर पढाउन थालेँ । त्यसबेलाको समाज यस्तो थियो कि अहिले सम्झँदा कहाली लाग्छ । साहुको ऋण दियो तिर्न नसकेर कि त गाउँ नै छोड्नु पर्ने कि त जिन्दगी भर नोक्कर बस्नुपर्ने । त्यस्ता सामन्ती विरुद्ध गीत गाउँदा मलाई र मेरो साथीलाई प्रहरीले छोप्यो र तारिकमा छाड्यो १५ दिन १५ दिनमा जानु पर्ने पछि आफूले जनताका लागि गीत गाएर भन्ने लाग्यो र म तारिकमा जान छाडेँ त्यसपछि प्रहरीले फेरी खोज्न थाल्यो । अनि म भूमिगत भएँ । कहिले शहर कहिले भारत बसँे ।
त्यसबेला मैले जे देखँे त्यसैलाई गीत बनाएँ । गाउँमा श्रीमती नकुट्ने श्रीमानलाई नामर्दको उपमा दिइथ्यो । श्रीमती बोल्यो भने पिटिहाल्नु पर्ने संस्कार थियो । महिलाहरू त यति पीडित थिए कि अहिले सम्झँदा डर लाग्छ । कति महिलाहरू श्रीमानको पिटाईबाट मृत्यु हुने अवस्था आएपनि श्रीमान श्रीमतीको झगडा भन्ने प्रचलनले महिलाहरू धेरै पीडामा थिए । मैले तिनै अवस्थालाई शब्दमा कोरेर गीत बनाउँथेँ । त्यसबेला गरिबका गीत गाउने भनेर मलाई पुलिसले समात्ने गर्दथ्यो । समय यस्तो थियो कि मैले गाउने गीत सुन्न मानिस डराउँथे, मलाई बास बस्न दिँदैन थिए । त्यस्तो एकपटक होईन सयांै पटक मेरो जीवनमा भोगेको छु ।
तर बिस्तारै समय बदलिएको छ । धेरै कुरामा परिवर्तन आएको छ । जनताले बोल्न लेख्न पाउने अवस्था छ । तर पनि राजनीतिले देशको मुहार फेर्न सकेको छैन । स्वच्छ राजनेता जन्माउन सकेको छैन त्यो हामी सबै नेपालीको दुर्भाग्य हो । युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् ।
यहाँ जनता महङ्गीको मारले च्यापेर मर्न लागेका छन् त्यसलाई कसैले बुझ्न सकेको छैन ।
जहिले सम्म यो अवस्थाबाट जनताले मुतिm पाउँदैनन् तब सम्म यो देशले मुहार फेर्न सक्दैन ।
गीत संगितको कुरा गर्दा पछिल्लो समयमा पैसाको भरमा कलाकार बन्नेको संख्या धेरै छ यस्ले साच्ँचै भन्ने हो भने संगितको क्षेत्र धमिल्याएको छ । अहिलेका गीतहरूले साँच्चै मानिसको मन कम मात्र छोएको छ । गीत संगितबाट राजनैतिक र आर्थिक पाटाहरू बदल्ने आफ्नो सोंच केहि प्रतिशत मात्र पुरा भएको बताउने शर्माले अझै पनि समाजमा नदेखिने गरी विभिन्न प्रकारका विभेदहरू रहेको बताए । जीवनमा अत्यन्त लोकप्रिय बनेको गीत सिमली छायाँमा बसी गुनगुनाउँदै शर्मा भन्दछन्–‘साँच्चै नै यो गीत २०४२÷०४३ साल तिरको हो । मलाई ठ्याक्कै मिति याद भएन तर त्यो बेला महिना पनि बैशाक जेठ महिना हुनुपर्छ ।
स्याङ्गजाको कार्कीनेटा भन्ने ठाउँमा बाटोमा हिँड्दै गर्दा एउटा भरिया भेटँे जो गर्मीमा फाटेको टोपीले पसिना पुस्दै सिमलको छहारीमा बसेका थिए । उमेरले नेटो काटेको, अनुहार भरी चाउरी परिसकेका ति मानिस साँच्चै माया लाग्दा थिए । मैले गीत बनाउनलाई ती मानिससँग कुरा गरेको पक्कै थिईनँ तर कुरा गर्दै जाँदा मनले आफै गीत रचना गर्न पुग्यो । करिव ४५ मिनेटको बसाईले यो जीवन्त गीत सृजना गरेको हो । अहिले जस्तो मोबाईलमा रेकर्डको चलन थिएन । मैले आफुले ति बृद्धलाई सम्झदै शब्द कोरेँ र लय भरेर गीत बनाएँ । ति भरिया दाईको जीवनको कथा हो सिमली छायाँ । उनको जीवनमा घटेका सबै यथार्थ कुराहरू छन् । एउटा मासिले जीवनलाई कसरी पार गरेको छ भन्ने कुरा गीतले बोकेको छ । मेरो यो गीतका नायक ति भरिया यो संसारमा नरहे पनि गीतले उनका जीवनका भोगाईलाई जीवन्त राखेको छ ।
यो गीत रचना गर्दा म पनि जवान थिएँ, अहिले म च्याउ जस्तो भए पनि यो गीत रसिलो स्याउ जस्तो छ । हुनत त्यस बेला चरी उड्यो भुरुरु, गरिव उठे जुरुरु जस्ता गीत थिए ति गीत सुन्दा साँच्चै गरिवको छोरो जुरुक्क उठ्थ्थे । त्यो सँगै आमाप्रतिको सम्मानमा गीतहरू गाईन्थ्यो । आमा तिमीलाई भेट्न सात समुन्द्र तरी जान्न तिमीलाई एक्लै गाउँमा छोडी ।
त्यस्तै जीवनमा निकै मन छोएको गीत हो झरनाको चिसो पानी । यो गीत मैले एउटा बालक जसले सकि नसकी ढुङ्गाको भारी बोकेको थियो । बाग्लुङ्गको शिरुबारी भुते खोला भन्ने स्थानमा देखेको निकै मार्मिक दृष्य थियो । त्यहाँसँगै उनकी आमा र पारी डाँडामा उनका बाबा थिए । ढुङ्गाको भारी बिसाएर बसेका थिए ।
यही बास्तविकतालाई गीतमा उतारेँ ‘सुकेर जाँदैन रोकर रोकिँदैन भारी खेप्ने खेताला यही हो जिन्दगानीमा झरनाको चिसो पानी, वारी छ माईला दाई पुस्दै पसिना पारी माईली भाउजु भिज्दै पसिना, सानै छ भुन्टे तर पिठ्यु ँमाथि भारी डरै डरले टपै टप हिँड्दै छ बरै ।’ त्यस बेला यो दृष्य यस्तो मार्मिक थियो कि ८ वर्षको बालक त्यस माथि त्यो ढुङ्गाको भारी छिटो हिँड्न नसक्दा आमाले पातलो लौरीले पिटेको दृष्यले मेरो मनलाई अमिलो बनाएको थियो ।
बास्तवमा मैले यसरी नै गीतहरू सृजना गरेको छु । मेरा गीतहरूले पक्कै पनि सामाजिक परिर्वतन गरेका छन् । हिजो गाउँमा हलो जोत्नेले आफनै भाग्यलाई दोष दिन्थे तर आज उनीहरूले आफु माथिको अत्याचारलाई बुझेर बिद्रोह गरेका छन् । त्यसले समाज परिवर्तनको संकेत गरेको हो । मेरा गीतले गरिबहरूलाई आफनो श्रम खोज्न हौसला प्रदान गरेको छ । त्यसैले पनि हिजो जस्तै आज पनि लोकप्रिय छन् । उनी भन्छन्–मेरा आफुसँगैका साथीभाईहरू देश निर्माणमा पुगेका छन् उनीहरूका लागि पनि मैले गीत रचना गरेको छु ‘कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा हलो जोत्नु गिट्टी कुट्नु वेश, बितोस् मेरो जीवन पसिना चाहिँदैन मलाई चमेलीको बास यसै राम्रो छ मलाई चाहिँदैन सम्पतिको रास ’।
समयसँगै सम्झौता गर संघर्ष गर आउँछन् हजारौं चुनौती स्वीकार गर संघर्ष सुख र दुखका दृष्टीले जीवनको बाटो खन्दछ, हजारौं चोटी रहेर पत्थर त्यो मुतिm बन्दछ । २०५५ सालमा रचना गरेको यो गीतले धेरैको मन छोएको छ । यस्ता धेरै सामाजका दृष्यहरूलाई हेरेर गीत रचना गर्ने गायक शर्मा आज पनि त्यतिकै लोकप्रिय छन् ।
मानवशास्त्र र अंग्रेजीमा मास्टर पास गरेका जनताहरूका लागि उर्जाशील व्यतिm जनवादी गायक शर्मा अहिले पनि गीत गाउँदा उत्तिकै जोस र जाँगरमा देखिन्छन् । जिन्दगी रमाईलो क्या राम्रो पश्चाताप गर्ने कुनै ठाउँ नरहेको बताउने शर्माले यदि गायक नभएर अरू कुनै पेशा व्यवसाय गरेको भए दुईचारवटा घर हुन्थे तर जनताको गायक जीवन शर्मा नहुने उनको तर्क छ । घर सम्पत्ति धेरैले जोडे पनि जनतासँगको मन मात्र जीवन शर्माले जोडेका छन् ।